After SEE Portal

चिकित्सा शिक्षा आयोगले १० जना विद्यार्थीलाई आरक्षणतर्फको योग्यता क्रमबाट हटायो

Bridge Course

सही कागजात पेश नगर्ने  १० जना विद्यार्थीलाई चिकित्सा शिक्षा आयोगको कार्यकारी समितिको हिजो बसेको बैठकले आरक्षण तर्फको योग्यताक्रमको सूचीबाट हटाइएको छ ।

समितिको बैठकबाट चिकित्सा शिक्षा तर्फ स्नातक तहको गत साउन ९ देखि  १३ सम्म सञ्चालित  एकीकृत प्रवेश परीक्षाको नतिजाको योग्यता क्रममा रहेका विद्यार्थीलाई आरक्षण समूहबाट हटाएको हो ।

आयोगमा कक्षा ६ देखी १० सम्म सार्वजनिक विद्यालयमा अध्ययन गरेको प्रमाण पेश गरे पनि छानविनका क्रममा पुष्टि हुन नसकेकाले १० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान नगर्ने भएको छ ।  

आयोगमा एमविविएसतर्फ अमनकुमार चौधरी आदीवासी जनजाती र थारु,बीरेन्द्र धिताल, ग गन प्याकुरेल र सूर्यकिरण जोशी खस आर्य र पिछडिएको क्षेत्रको समूहबाट हटाएको छ । त्यस्तै, लकसन शाही पिछडिएको क्षेत्र, सुजन घिमिरे पिछडिएको क्षेत्र, स्वस्तिका सुन्दास महिला, दलित महिला र दलित, स्मारिका श्रेष्ठ महिला र आदिवासी जनजाती तर्फबाट हटाएको छ ।

त्यसैगरी, विडिएस तर्फ सूर्य किरण जोशीलाई खस आर्य र पिछडिएको क्षेत्रबाट र स्मारिका श्रेष्ठलाई महलिार आदिवासी जानजातिको समूहमा छात्रवृत्ति प्रदान नगर्ने भएको छ ।

आयोगमा सार्वजनिक विद्यालयमा अध्ययन गरेको प्रमाण पेश गरेपनि ४५ प्रतिशत छात्रवृत्तिको योग्यता क्रममा रहेका तर निजहरु उपर सत्य कागजात पेश नगरेको भनी उजुरी परेको थियो । आयोगको छानविन प्रतिवेदन समेतका आधारमा निजहरुले पेश गरेको कागज सही सत्य भन्ने प्रमाणित हुन नसकेकाले हिजोको बैठकले उनीहरुलाई आरक्षण कोटाबाट छात्रवृत्ति प्रदान गर्न नसकिने निर्णय गरेको परीक्षा निर्देश्नालयका उपसचिवद्वारा जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

A Levels MA
Thuprai - Books and E-books