शिक्षा मन्त्रालयले गठन गरेको विज्ञ समितिले आज आइतवारसम्ममा सुझाब प्रतिवेदन बुझाउँदै
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले लकडाउनको आगामी स्वरुप हेरेर मन्त्रालयले तय गर्न लागेका शैक्षिक कार्यक्रम र योजनाबारे जानकारी गराएका छन् ।
शिक्षा मन्त्रालयले गठन गरेको विज्ञ समितिले आज आइतवारसम्ममा सुझाब प्रतिवेदन बुझाउँदै छ । आइतवार मन्त्रिपरिषद्ले १५ बैशाखमा सकिने लकडाउनबारे निर्णय गर्ने र त्यसकैका आधारमा योजना बनाइने मन्त्री पोखरेलले बताए ।
कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वयय समिति, स्वास्थ्य मन्त्रालय र विज्ञ समितिका सुझावका आधारमा शिक्षाका तत्कालीन, मध्य र दीर्घकालीन योजना बनाइने मन्त्री पोखरेलले जानकारी दिएका छन् ।
अनलाइन एजुकेसन र विकल्पहरुका बारेमा सुझाव दिन शिक्षा मन्त्रालयले पूर्वमन्त्री गणेश साहको नेतृत्वमा विज्ञ समिति गठन गरेको छ । सो समितिले अन्य ६ विषयगत समिति पनि गठन गरेको छ । समितिले प्रारम्भिक अवधारणा दिइसकेको र विषयगत उपसमितिसँग पनि छलफल भइरहेको उनले जनाए ।
सयौ विद्यार्थी भेला हुने र कक्षा कोठामा पनि उल्लेख्य संख्या रहने भएकाले सामाजिक दूरी कायम गर्न मुस्किल हुने भएकाले शैक्षिक संस्थाहरु लकडाउनपछि सबैभन्दा अन्तिममा खुल्ने मन्त्री पोखरेलले बताए । अहिले देशभर २ सय ५० विद्यालय र क्याम्पसलाई क्वारेन्टाइन बनाईएकाले पनि तत्काल त्यहाँ कक्षा संचालन गर्न सम्भव देखिदैन । त्यसैले नयाँ ढंगले कक्षा संचालन गर्ने विकल्पको खोजी भईरहेको उनले बताएका छन् । “जेठसम्ममा नयाँ शैक्षिकसत्र सुरु गर्न सके शैक्षिक सत्र भत्किदैन । परिक्षाहरु पनि संचालन हुनसक्छन्” उनी भन्छन् ।
जाडो–गर्मी बिदा, चाडपर्वका बिदा कटाएर साथै अतिरिक्त कक्षालाई बढाएर पनि शैक्षिक सत्र भत्किन नदिने मन्त्री पोखरेलले बताए ।
जाडो–गर्मी बिदा, चाडपर्वका बिदा कटाएर साथै अतिरिक्त कक्षालाई बढाएर पनि शैक्षिक सत्र भत्किन नदिने मन्त्री पोखरेलले बताए ।
शिक्षा क्षेत्रमा क्रियाशील विभिन्न व्यक्तित्वहरुले विपदका बेलामा परीक्षाको सट्टा आन्तरिक मूल्याकंन र अरु विधिबाट कक्षोन्नति गर्न सकिने विकल्प दिइरहेको भए पनि सरकार कोभिड १९ को कारण स्थगित विद्यालय तहको परिक्षा लिने योजनामा रहेको छ ।
अबको एक हप्ताभित्र सबै विद्यालयलाई रिजल्ट निकाल्ने र त्यसपछिको अर्को हप्तामा माथिल्लो कक्षामा भर्ना हुने बाटो खोल्ने गरी विद्यालय तहको शैक्षिक कार्यक्रम अघि बढ्ने उनले बताए ।
कक्षा १२ विद्यालय तहको अन्तिम परिक्षा भएकाले गर्नैपर्ने मन्त्री पोखरेलले बताए ।
स्थिति सामान्य भएको तेस्रो सातामा परिक्षा संचालन गर्न सकिनेगरी राष्टिय परिक्षा बोर्डले तयारी गरेको उनी बताउँछन् । “घरकै खाना खाएर, नजिकैको विद्यालयमा सुरक्षित परीक्षा दिने व्यवस्था मिलाउनेछौ” मन्त्री पोखरेलले भने ।
अबको एक हप्ताभित्र सबै विद्यालयलाई रिजल्ट निकाल्ने र त्यसपछिको अर्को हप्तामा माथिल्लो कक्षामा भर्ना हुने बाटो खोल्ने गरी विद्यालय तहको शैक्षिक कार्यक्रम अघि बढ्ने उनले बताए ।
अवस्था जटिल नबनेको अवस्थामा पनि जाडोको महिनामा कोरोनाको अर्को चरण शुरु हुने भन्ने विज्ञको आंकलनलाई मध्यनजर गर्दा पहिलेको कक्षाकोठाको बसाईका हिसाबले पठन पाठन हुन नसक्ने उनले उल्लेख गरे ।