शिक्षा र एआईको अन्तरसम्बन्ध

जीवनमा गर्ने सबै भन्दा ठुला आयोजना मध्ये एक हो बिवहा। एउटा बिवहाको आयोजना गर्ने कति धेरै समय र जनशक्तिको आवस्यकता पर्दछ। हामी आफ्नो घरको बिहेमा कति धेरै आफन्त र छरछिमेकको साहयता लिने गर्दछौ। तर के तपाई पत्याउनु हुन्छ कि तपाईले अब फोनमा बोलेकै भरमा बिहेका अधिकांस कामहरु गर्न सक्नु हुनेछ।तपाईको फेसबुक, इमेल र फोनमा भएको सम्पर्कहरुकै आधारमा प्रविधीका सहायताले पाहुनाहरुको तालिका बनाउन सक्नु हुनेछ। त्यसै प्रविधिका मद्दतले तपाईले बोलेकै आधारमा ति पाहुनाहरुलाई वहाँहरु कै मन पर्ने भाषामा निम्तो पठाउन सक्नु हुनेछ। त्यहि प्रविधिले क्याटिरिङ्ग्गको मेनु बनाएर तपाईको प्रतिनिध्व गरेर इमेल वा फोन गरेर बुक गर्दिन सक्छ र सम्भवत तपाईको बैंकबाट क्याटरिङ्ग्गको खातामा पैसा पनि पठाईदिन सक्छ। तपाईले किन्न पर्ने सबै खाले सामाग्रीको तालिका बनाई किनी पनि दिन सक्छ र यो सब गर्न तपाईले बोले मात्र पुग्छ। यो साइफ़ाइ फिल्मको दृश्य जस्तो लाग्ने सिन आउने दिनमा सम्भव छ। यस्तो अप्राकृतिक बौद्धिकतालाई भन्छन आर्टीफ़िसियल इन्टिलिजेन्स (एआई) अर्थात कित्रिम बौद्धिकता।

यदि तपाई प्रविधिबारे जिज्ञासु हुनुहुन्छ भने तपाईले पक्कै सुन्नु भएको विषय हो आर्टीफ़िसियल इन्टिलिजेन्स (एआई)। गुगलका प्रवन्ध निर्धेश सुन्दर पिचाईले एक कार्यक्रममा भने जस्तै, एआई मानव जातीले अहिले सम्म गरेको सबैभन्दा महत्वपुर्ण उपलब्धि हुन सक्छ। आज सम्मका एआईमा भएका उपलब्धिहरुलाई नजिकबाट नियाल्दा र आउदा दिनहरुमा हुनसक्ने एआईका आविष्कारबारे पढ्दा पिचाईको भनाई सत प्रतिसत सहि देखिन्छ। यस किसिमको उत्साहजनक प्राविधिक बिकासले मानवताको बिकासमा नयाँ उर्जा दिनेमा शंकै रहेन तर एआईको विकासक्रमबारे मनग्य चिन्ता पनि व्याप्त रहेको पाइन्छ। एआईले मानवहरु जस्तै सोच्न सक्ने क्षमता बिकास गर्दै जान सक्ने र यस्तो बिकासले मानव जातिकै अस्तित्वमा खतरा हुनसक्ने चेतावनीहरु पनि प्रसस्तै सुनिन थालिएको छ। तर यस्तो चिन्ता नौलो भने हैन। सबै खाले प्राविधिक बिकास पछि पनि यस्ता भाष्यहरु निर्माण भएकै हुन्। तर आजको दिनको एआईको बिकासक्रम पछिल्ला दिनहरुमा भएका प्राविधिक बिकास भन्दा हजारौ गुणाको प्राविधिक छलांग हो र यसले सम्भावना सगै चुनौती पनि प्रयाप्त ल्याउने नै छ।

गत वर्ष च्याटजीपीटीको सुरुवात हुँदा हामी सबैलाई आएको पहिलो सोच थियो कि विद्यार्थीहरूले आफ्ना गृहकार्यमा यसलाई प्रयोग गर्नेछन। तर हामी मध्ये धेरैले च्याटजीपीटीको प्रयोग गर्यौ । हामीले च्याटजीपीटी र त्यस्तै प्रविधिहरूको मद्दतले इमेल लेख्यौं, प्रतिवेदनहरू बनायौ, यहाँसम्म कि कविताहरू र गीतहरू पनि लेख्यौं।आजका दिन तपाईं एआईको मद्दतले गीत बनाउन सक्नुहुन्छ। प्रारम्भिक रोग पहिचानको लागि भविष्यवाणी गर्ने एआई व्यापक रूपमा प्रयोग भइरहेको छ। दृष्टि-आधारित एआई प्रविधिहरूको प्रयोग गरि कारखानाहरुले आफ्ना संचालनमा गुणात्मक उपलब्धि हासिल गरेका छन्। हामीसँग एआई वकिलहरू छन् जसले प्रशासनिक प्रक्रियाहरू र कानुनी धाराहरू सुझाव दिन सक्छन्। यी सबै एआईले गर्न सक्ने असंख्य कुराहरू मध्येका केहि उदाहरण हुन्। सिमाको रक्षाका लागि, रोगको उपचार र नयाँ औषधि पत्ता लगाउन, तथ्यांकका आधारमा भविष्यवाणी गर्ने र सिफारिस गर्ने, कोड लेख्ने जस्तै गरि आजको दिनमा मनोरञ्जन, जीवनशैली, र शिक्षामा समेत एआई अत्याधिक मात्रामा प्रयोग भई रहेको छ। यी सबै खाले प्रोयोगहरुको सुरुवात मात्र हुन् र आउदा दिनमा यसको प्रयोगका असंख्य उदाहरण हामीले देख्दै जानेछौ ।

कल्पना गर्नुहोस् काठमाडौंको एउटा कक्षाकोठामा हरेक विद्यार्थीको व्यक्तिगत एआई-संचालित ट्याब्लेट छ । दश वर्ष पुगेकि अदिती गणितमा संघर्ष गर्छिन् तर नेपाली कथाहरू पढ्न मन पराउँछिन्। जब उनी कक्षाकोठामा प्रवेश गर्छिन्, उनको एआई शिक्षक, जसलाई उनले सुशील सर भनि नाम दिएकि छन, उनलाई मैत्रीपूर्ण स्वरमा “शुभप्रभात, अदिती ! अर्को रोमाञ्चक सिकाइको दिनको लागि तयार छौ?” भन्छ। एआई सुशील सरले अघिल्लो दिनको अदितीको प्रदर्शनको आधारमा आजको पाठ योजना तयार गरेको छ।

आज,सुशील सरले अदितीलाई वास्तविक जीवनको परिदृश्यहरू जस्तै आफ्नो परिवारका सदस्यहरूमा रोटी बाँड्ने जस्ता गणित खेलहरू प्रयोग गरेर एकाईका नियमहरू बुझ्न मद्दत गर्नको लागि एक रोमाञ्चक खेल तयार गरेको छ। अदिती उत्साहित छिन् र उनी जटिल अवधारणाहरू सिकिरहेकी छिन् भन्ने कुरा उनलाई महसुस नै हुँदैन।

त्यसै समयमा, कोठाको अर्को छेउमा रमेश फरक पाठमा डुबिरहेका छन्। उनलाई अन्तरिक्ष अन्वेषणको बारेमा धेरै चासो छ, त्यसैले उनको एआई शिक्षकले नवीनतम चन्द्रयान मिशनको बारेमा एक परियोजना अनुकूलित गरेको छ। रमेशका पाठहरू अन्तरक्रियात्मक भिडियोहरू, सिमुलेशनहरू, र इसरोबाट वास्तविक-समय अद्यावधिकहरू सहित समावेश छन्। उनको एआई शिक्षकले चन्द्रयान मिशनमा काम गरिरहेको वैज्ञानिकसँग भर्चुअल बैठकको व्यवस्था समेत गर्छ, जो संग उ आफ्ना जिज्ञासाहरु सोध्न सक्छ।

दिनको अन्त्यमा, एआई शिक्षकहरूले प्रत्येक विद्यार्थीको प्रगति संकलन गर्छन् र शिक्षकलाई विस्तृत प्रतिवेदनहरू पठाउँछन्। प्रतिवेदनहरूले विद्यार्थीहरूले राम्रो गरेको क्षेत्रहरू र उनीहरूलाई थप सहायताको आवश्यकतामा रहेका क्षेत्रहरूमा प्रकाश पार्छन्। शिक्षकले यसपछि अर्को दिनको गतिविधिहरू यी आवश्यकताहरूलाई सम्बोधन गर्न पाठहरुको योजना तर्जुमा गर्न सक्छन् ।

यो सपना होइन; यो अहिले संसारका केही सबैभन्दा नवीन स्कूलहरूमा भइरहेको छ प्रोयोग हो । एआई केवल एक उपकरण मात्र होइन, यो एक परिवर्तनकारी प्रविधि हो हो जसले शिक्षालाई व्यक्तिगत बनाउँदैछ र हरेक विद्यार्थीको लागि सिकाइलाई रोमाञ्चक साहसिक यात्रा बनाउँदैछ।

मानवताको बिकास संगै मानिसहरूले लामो समयदेखि विभिन्न रूपहरूमा आफु भन्दा पछिका पीढीहरुलाई आफ्नो ज्ञान हस्तान्तरण गर्दै आएका छन्। यो मानव बिकासको सामान्य प्रक्रिया नै हो। घरमा सिकाउने देखि समूहमा अध्ययन गराउने सम्म; हामीले ज्ञान हस्तान्तरण गर्ने र यसलाई निर्माण गर्ने विभिन्न बिधिहरू निर्माण गरेका छौं। यसरि नै निर्माण भएका ज्ञानका आधारमा आज सम्मको हाम्रो सामाजिक र आर्थिक संरचना बिकास हुदै आएको हो ।मुद्रण प्रेसको आविष्कार एउटा यसतै प्रकार प्राविधिक छलाङ्ग थियो जसका प्रभावले ज्ञानको प्रसारले तिब्रता पायो । प्रेसको आविष्कारले हाम्रो सामाजिक र राजनीतिक संरचनाहरूलाई रूपान्तरण गर्यो र संसारभरि नयाँ शासन पद्धतिको उदय भयो। तर हिजो भएका यस्ता परिवर्तन चामत्कारिक थिएनन। प्राविधिक र आर्थिककारणले यस्ता प्रविधिको प्रसय हुन समय र पैसा आवस्यक पर्थ्यो र त्यस कारण यस्ता प्रविधिले निम्त्याउने परिवर्तन विश्वभरि फैलिन केहि समय लाग्यो तर कम्प्युटरको प्रयोग र पछिला दिनमा इन्टरनेट र मोबाइलको प्रयोग भने विश्व भरि केहि दशक भित्रै गतिशील रुपमा अगाडि बढ्यो र यसले ल्याउने सामाजिक तथा आर्थिक परिवर्तन पनि चाडै नै समाजमा देखा परेका छन्।यसरि नै उत्पादन भएका ज्ञान मध्ये पछिल्ला दिनहरुमा भएको एआईको प्रगतिले भने हामीले आर्जन गरेका सबै ज्ञानहरु भन्दा ठूलो प्रभावले सामाजिक र आर्थिक संरचनालाई परिवर्तन गर्ने क्षमता राख्दछ । त्यस कारण पनि यस बारे आर्थिक-सामाजिक बसह हुने आवस्यक छ।

यस्तो मानव उपयोगी र रोमाञ्चक प्रविधि भए ता पनि यसको प्रयोग बारे भने प्रारम्भिक शंकाहरू उत्पन्न भएका छन् । हामी मानव इतिहासमा पहिलो पटक चिन्तित छौं कि कतै हामीले एउटा नयाँ प्रजाति सिर्जना गरि त् रहेका छैनौ। केहि साइफ़ाइ फिल्महरुमा देखाए जस्तो कतै हामि मेसिन भगवानको आधारशिला निर्माण त गरिरहेका छैनौ ? तर यी सबै खाले चिन्तनहरूको बीचमा हामीले स्वीकार्नै पर्ने तथ्य के हो भने एआई हाम्रो जीवनशैलीको अभिन्न अंग भई रकेको छ र यो अपरिहार्य रहनेछ । हाम्रो सिकाई, काम गर्ने तरिका, जीवनशैली, र सामाजिक परिवेशमामा अपेक्षित भन्दा धेरै कम अवधिमा नाटकीय परिवर्तन हुनेछ र यसको तयारि हामीले आजै बाट थालनी गरि हाल्नु पर्ने भएको छ।

औद्योगिक क्रान्ति भन्दा पहिले अधिकांस मानिसहरूको क्षमता भनेको उनीहरूले काम गर्नमा प्रयोग गर्न सक्ने मांसपेशी ऊर्जा थियो। मानवजातिको अर्को क्षमता भनेको हाम्रो बुद्धिमत्ता र सृजनशीलता पनि हो। तर यसभन्दा पनि ठुलो क्षमता भनेको हामिले निर्माण गर्न सक्ने मास जनसंपर्क हो जसका माध्यमले हामीले यो विश्वमा अधिपत्य जमाउन सफल भयौ ।मेसिनरी, ऊर्जा र ईंधनको आविष्कार र प्रयोगले मांसपेशी शक्ति मानिसहरूको लागि अप्रासंगिक बन्यो। सयौं मानिसहरू लाग्ने कामहरू एउटा मेशिनहरूले प्रतिस्थापन गरे। यस्ता आविष्कारले मानिसहरुले गर्दै आएको कामहरु प्रतिस्थापन त गर्यो नै तर यस्तै प्राविधिक प्रयोगले हामीले मानव शक्ति प्रयोग गरेर कहिल्यै हासिल गर्न नसक्ने चीजहरू निर्माण गर्नका लागि मार्गप्रसस्त पनि गरि दिएको छ। चिनले एकै दिनमा रेलेव ट्रयाक बनाउने सक्ने चमत्कार मेसिन बिना सम्भव नै छैन। तर मेसिनले मानिसहरुको उपयोगिता कम भने गरेको हैन बरु मेशिनहरूको प्रयोगले हामीलाई थप सक्षम बनायो र थप महत्वपूर्ण चीजहरूमा ध्यान केन्द्रित गर्न मद्दत पुर्याएको छ । हामीलाई सृजनशील हुने पर्याप्त समय र उर्जा दिएको छ।तर अहिले विकासक्रममा रहेको एआईले भने हाम्रो बुद्धिमता र सृजनशिलतालाई समेत अप्रासंगिक बनाई दिन सक्ने गरि बिकास भई रहेको छ। कतै मानवजाति जस्तै आर्को अप्राकृतिक जातिको सृजना भई मानव सभ्यतामा नै खतरा उत्पन्न हुने त हेने भन्ने चिन्तन भै रहेकै बेला यस्ता प्रविधिले मानवलाई अझ बढी सृजनाशील बनाउने सक्ने बारेमा पनि उत्तिकै वकालत भै रहेको छ।

औद्योगिक क्रान्तिको युगमा सयौं मानिसहरूले उत्पन्न गरेको शक्ति मेशिनहरूमा रूपान्तरण गरियो र हामीले ट्रेन र प्लेनमा यात्रा गर्न सक्यौ, अब एआईले हामीलाई लाखौं मस्तिष्कहरूको बुद्धि प्रदान गरेको छ। तपाईं च्याटजीपीटीलाई शिक्षक, परामर्शदाता, सहायक, लेखक र जो चाहिन्छ सो बनाउँन सक्नुहुन्छ। यो रोमाञ्चक तर रहस्यमय समय हो र यदि तपाईंले यी प्रविधिहरूले तपाईंको जीवनलाई कसरी असर गर्न सक्छ भनेर पत्ता लगाउनुभएको छैन भने, तपाईं एक्लो हुनुहुन्न।

के हो एआई?

एआई भनेको मेसिनको यस्तो प्राविधिक क्षमता हो, जसले मानव मस्तिष्कसँग सम्बन्धित संज्ञानात्मक कार्यहरू गर्न सक्छ, जस्तै कि बुझ्ने, तर्क गर्ने, सिक्ने, वातावरणसँग अन्तर्क्रिया गर्ने, समस्या समाधान गर्ने, र सृजनात्मकताको अभ्यास गर्ने। यो यस्ता अभ्यास हुन् जुन अहिले मानवहरुले प्रदर्शन गर्ने संज्ञानात्मक क्षमता बरावर छ। यो एक निर्माणाधिन सचेत मेसिन हो भन्दा फरक पर्दैन।

प्राविधिक रूपमा, कृत्रिम बुद्धिमत्ताको अवधारणा भनेको एक मोडल हो जसले विशेष समस्या समाधान गर्न वा विशेष सेवा प्रदान गर्न बनाइएको हुन्छ। च्याटजीपीटी जस्ता एप्लिकेसनहरूलाई शक्ति प्रदान गर्ने प्रविधि हो एआई। तर अहिले निर्माण भई रहेको च्याटजीपीटी लगायतको एप्लिकेसनले च्याट कसरी राम्रो गर्ने भनेर सिक्दैछ भने यो भन्दा बाहिरको अन्य कार्यहरू त्यहि एप्लिकेशनले सिक्न सक्दैन। यसलाई कित्रिम बौद्धिकता भनेर बुझ्न सकिन्छ तर यसको विपरीत, आर्टिफिसियल गेनेरल इण्टिलिजेन्स (एजीआई) अर्थात कृत्रिम सामान्य बुद्धिमत्ता को अवधारणा भनेको कुनै पनि कार्य वा विषय सिक्न सक्षम सफ्टवेयर हो। यो भनेको झन्डै मानवले गर्न सक्ने जतिको काम गर्न सक्ने प्रविधिको निर्माण हो। एजीआई अहिलेसम्म अस्तित्वमा छैन — कम्प्युटिङ उद्योगमा यसलाई कसरी सिर्जना गर्ने, र यो वास्तवमै सिर्जना गर्न सकिन्छ वा सकिदैन भन्ने बारेमा गहिरो बहस चलिरहेको छ।

तर एआईको प्राविधिक परिभाषा भन्दा पर, हामीले एआईलाई प्रविधिको रूपमा बुझ्नुपर्छ। हामी मध्ये हरेकले पहिलो पटक कम्प्युटरहरू प्रयोग गर्न थाल्दा परिचित गराइएको पहिलो चीजमध्ये एक भनेको विन्डोज थियो। विन्डोजले त्यतिबेला कम्प्युटर प्रणाली भित्रका एप्लिकेसनहरू होस्ट गर्न सक्थ्यो र धेरै कामहरू गर्न सक्थ्यो। हामीले प्रयोग गरेका अपरेटिङ सिस्टमहरू प्लेटफर्महरू थिए। यी प्लेटफर्महरूले विशिष्ट कार्यहरू गर्नका लागि निर्माण गरिएका एप्लिकेसनहरू होस्ट गर्न सक्थे। VLC मिडिया प्लेयरले गीतहरू बजाउन सक्थ्यो, Ms. Word हाम्रो कागजातहरू मस्यौदा गर्ने ठाउँ थियो र फोटोशपहरू ग्राफिक्स सिर्जना गर्ने ठाउँ थियो।

अलिक पछि नेटवर्कको रूपमा एप्लिकेसनहरूको उदय हाम्रो लागि परिचित भयो। हामी मध्ये धेरैको लागि पहिलो त्यस्तो नेटवर्क फेसबुक थियो जहाँ मानिसहरू इमेलहरूमा मात्र नभएर तुरुन्त सन्देश आदानप्रदान गर्न र आफ्नो स्थिति साझा गर्न सक्थे। सम्झनुहोस् कसरी हामीले लकडाउनको समयमा फेसबुकको मेसेन्जरमा लुडो खेलेका थियौ । अहिले यस्ता नेटवर्कहरु प्रयोग गरि हामी विभिन्न कार्यहरु यस्तै नेटवर्कका माध्यम बाट गर्छौ। गुगल वर्कस्पेसको आविष्कार संगै हामीले सहकार्यात्मक कागजातहरू मस्यौदा गर्न सुरु गरेका छौ। क्यानभा जस्ता एप्लिकेसन मार्फत हामीले वास्तविक समयमै एकआर्का संग जोडिएर डिजाइन गर्न सक्षम भएका छौ। यसले COVID-19 लकडाउनको समयमा हाम्रो जीवनलाई कति सजिलो बनायो। पश्चिममा मुलुकमा उबर र नेपालमा टुटलका साथ यातायातका लागि यस्तै नेटवर्कहरू सिर्जना गरियो। यी अद्भुत आविष्कारहरू थिए जहाँ हामीले वास्तविक समयमै सहकार्य गर्न र एउटै नेटवर्क मार्फत धेरै गतिविधिहरू गर्न सक्थ्यौं।हाम्रो जीवनको अधिकांश समयका लागि हामीले कम्प्युटरलाई हरेक कदममा के गर्ने भनेर अर्हाएका थियौ र यसका लागि हामीलाई सामान्य भए पनि प्राविधिक र अझ अंग्रेजीको ज्ञान आवश्यक हुन्थ्यो। पछिल्ला दिनहरुमा भने हामीले Google Docs मा कुनै कागजातहरु मस्यौदा गर्न सक्थ्यौं, तर Google Docs ले कसलाई इमेल पठाउने भनेर जान्दैन, र तपाईंले लेखिरहनु भएको इमेलमा स्वचालित रूपमा संलग्न हुँदैन। त्यसरी नै Google Docs ले भ्वाइस नोट राख्न सक्दैनन् वा डाटा विश्लेषण पनि गर्न सक्दैनन्। Google Docs मा तपाईलाई चाहिने अर्को हप्ताको किराना सामाग्री सूचीबद्ध त गर्न सक्नु हुन्छ तर यसले तपाईको लागि ईकमर्स वेबसाइटमा गएर खरीद गरि दिन सक्दैन। यद्यपि यी नेटवर्कहरूले केही समयदेखि सिफारिस र भविष्यवाणी प्रविधिहरू प्रयोग गर्दै आएका छन् र यी प्रविधि संग हाम्रो बारेमा हाम्रो साथीभन्दा बढी व्यक्तिगत जानकारी पनि छ। तर यस्ता नेटवर्क संग भएको जानकारी प्रयोग गरि तपाईंको लागि कस्टम कार्यहरू गर्न यो प्रविधि संग सीमित क्षमता मात्र छ।

अब एआईको उदयसँगै, हामी एजेन्टहरूको नयाँ युगमा प्रवेश गर्दैछौं। च्याटजीपीटी जस्ता कम्पनीहरूले एजेन्टहरू निर्माण गर्दैछन् र अब एजेन्टले कुनै मानवीय हस्तक्षेप बिना नै विद्यमान प्रविधिहरूसँग एकीकृत गर्दै धेरै कार्यहरू गर्न सक्छन्। आज बाट मात्र केही वर्ष भित्र भने हामीले प्रविधिसँग अन्तरक्रिया गर्ने तरिकामा परिमाणात्मक परिवर्तन हुनेछ। तपाईंले सम्भवतः कानमा राख्ने इयरबड वा लगाउने चस्मा हुनेछ जसले तपाईंको लागि हामीले बोल्ने प्राकृतिक भाषामा सबै कार्यहरू सम्पन्न गर्न सक्दछ। यसले तपाईंलाई कार्य पूरा गर्न आवश्यक पर्ने एप्लिकेसनहरू चयन गर्नेछ। तपाईलाई एआईले तपाईको प्रिय साथिको जन्मदिन सम्झाई दिनेछ।उसकालागि तपाईको तर्फबाट मिठा शब्दहरुमा व्यक्तिगत संदेश सृजना गरि उसलाई मनपर्ने ग्राफिक्समा बनाएर पठाई दिन सक्छ। तपाईको साथिलाई मनपर्ने खालको केक र गिफ्ट खरिद पनि गरिदिन सक्छ र रेस्टुरेन्ट पनि बुक गरिदिन सक्छ। यो प्रविधिले तपाईको सबै भन्दा राम्रो साथिको रुपमा तपाईका हरेक काममा सघाउन सक्छ। धेरै छिट्टै अनलाइन भएका जो कोहीसँग आजको प्रविधिभन्दा धेरै परको कृत्रिम बुद्धिमत्ताबाट संचालित व्यक्तिगत सहायक हुनेछ। यी सबै कुरा फिल्म हेर्दाको फ्यान्टासी जस्तो लाग्थ्यो। तर यो आजको सपना भन्दा परको कुरा होईन। यो च्याटजीपीटी ४० को सुरुवात पछिको वास्तविकता हो।यस प्रकारको सफ्टवेयर जसले प्राकृतिक भाषामा प्रतिक्रिया दिने र प्रयोगकर्ताहरुले बोलेकै आधारमा विभिन्न कार्यहरू सम्पन्न गर्न सक्ने कुरा — लाई एजेन्ट भनिन्छ।

हामी एउटा युगमा प्रवेश गर्दैछौं जहाँ अपरेटिङ सिस्टमहरू प्लेटफर्म वा नेटवर्कलाई पछाडि छोडेर एजेन्टहरू हुनेछन्। यो नयाँ युगको प्रारम्भ बिन्दु हो। यसरि निर्माण भै रहेको एआई प्रविधिले सबै खाले काम र प्रक्रियाहरुमा परिवर्तन ल्याउने क्रम जारि नै छ तर यसले सबै भन्दा धेरै प्ररिवतर्न गर्ने काम मध्ये हो शिक्षा र शिक्षण बिधि। आज हामी कसरि एआईले हाम्रो शिकाई प्रक्रियालाई जादुई रुपमा परिवर्तन गर्न सक्ने छ भन्ने बारे केहि चर्चा गर्ने छौ।

शिक्षामा व्यापक अनुकूलनको युग

एआई र शिक्षामा थप लेख्नु अघि हामीले हाम्रो विद्यमान विद्यालय प्रणालीलाई बुझ्न आवश्यक छ। शिक्षा बारे लेखिएको पुस्तकहरू मध्येमा मलाई मनपर्ने पुस्तक हो जोन टेलर गट्टो लिखित “Weapons of Mass Instruction” । तपाई र हामी सबैले बच्चा हुँदा पक्कै सोचेको हुन पर्छ विद्यालय बिना जीवन कस्तो हुन्थ्यो होला। किन भने बिद्यालयहरुले हामीलाइ जिज्ञासु बनाउन मद्दत गरेनन बरु बिद्यालयले हामीलाई आज्ञाकारी हुन र जानकारी दिन बाहेक केहि गर्न सकेन। मेरो स्कुले जीवनमा भारतमा पढ्दै गर्दा हामीलाई सिकाइएको थियो कि सगरमाथा भारतमा अवस्थित छ। मैले प्रतिवाद गरे र सजाय पाए। हामीलाई ज्ञान दिइएन बरु हाम्रा शिक्षकहरूलाई मान्यता दिन सिकाइयो। गट्टोको पुस्तकमा तर्क गरिएको छ कि विद्यालय प्रणालीको प्राथमिक कार्य शिक्षा होइन तर सामाजिक नियन्त्रण भएको छ । हामी सबैलाई थाहा छ कि हामीले हाल अभ्यास गरिरहेको शिक्षा प्रणालीको उद्देश्य आज्ञाकारी कार्यबल सिर्जना गर्नु हो जुन नियन्त्रित वातावरण अनुकूलन काम गर्न सकोस। यो सिर्जनात्मकता र स्वतन्त्र सोचको लागि प्रतिकूल छ। एक आकार शिक्षण प्रणालि सबैका लागि फिट हुन्छ भन्ने शिक्षा मोडेलले पुस्तान्तर हामीलाई असफल बनाएको छ। मानकीकृत पाठ्यक्रम र मानकीकृत परीक्षणहरूले सिक्ने क्षमताहरूलाई संकुचित बनाएको छ र “परीक्षणको लागि पढाउने” मानसिकतालाई प्रेरित गरेको छ। जबकि शिक्षा एक स्वैच्छिक गतिविधि हो जहाँ विद्यार्थीहरूले आफ्नो सिकाइमा नियन्त्रण लिनुपर्छ, हामीले यसलाई एक अनैच्छिक गतिविधि बनाएका छौं जसले विद्यार्थीहरूलाई सीमित स्वतन्त्रता मात्र प्रदान गर्दछ।

शिक्षण पेसामा संलग्न साथिहरुले सुनेकै नाम हो बेन्जामिन ब्लूम। शिक्षण मनोबैज्ञानिक ब्लूमद्वारा एडुकेसन रिसर्चर जर्नलमा सन् १९८४ मा प्रकासित लेखमा उनले २ सिग्मा समस्याबारे लेखेका छन। यस लेखमा ब्लूमले गरेको सोधबारे लेखेका छन् कि एकल ट्युटरिङ गरिएको औसत विद्यार्थीले कक्षाकोठा वातावरणमा जान्ने विद्यार्थीहरू भन्दा दुई मानक विचलन राम्रो प्रदर्शन गर्दछन। त्यसैले त हामी बच्चाहरुलाई ट्युसन पढाउछौ। तर यसरि प्रत्यक बच्चाहरुलाई एउटा शिक्षक दिन खर्चिलो र असम्भव प्राय छ। त्यसकारण हामीलाई शिकाई प्रणालीको समस्या थाहा हुँदा हुदै पनि परिवर्तन गर्न सक्ने क्षमता हामी संग छैन। यसका धेरै कारण मध्ये एक हो हामीले सृजना गरेको संकुचित शिक्षा प्रणालि।विश्वविद्यालय र सीमित स्रोतहरूले निर्माण गरेका सीमाहरूका कारण शिक्षा व्यक्तिगत बनाउनु हाम्रो लागि सधैं चुनौतीपुर्ण र असम्भव प्राय भएको भएको छ। हामीले मासमा आज्ञाकारी जनशक्ति निर्माण गर्नका लागि हाम्रा शिक्षण बिधिहरु निर्माण गरेका छौ। विद्यार्थीहरूले सक्रिय सिकाइ मोड्युलहरू मार्फत जानुपर्छ भन्ने ज्ञानको बाबजुद, शिक्षण बिधिलाइ पुरा गर्न चाहिने शिक्षण सहयोगीको सीमितता, समयको अभाव र परिक्षण मुखी शिक्षणले गर्दा सिकाइलाई प्राथमिकता दिन सकिएको छैन।

एक पटक कल्पना गर्नुहोस् त एक जना शिक्षकको दिन चर्या कस्तो हुन्छ होला। एक जना शिक्षकले कक्षामा पढाउने भन्दा अरु धेरै कामहरु एकै साथ गर्नु पर्ने बाध्यता छ। नियमित रुपमा शिक्षकहरुले आफुले पढाउने सत्रको योजना बनाउने पर्ने, त्यस सत्र अनुसार तयारि गर्नु पर्ने, दैनिक हाजिरी हेर्नु पर्ने, कक्षाकार्य र गृहकार्य निर्माण र परिक्षण गर्ने, उनिहरुले गर्ने प्रोजेक्टहरुमा सहयोग गर्ने, र प्रत्येक विद्यार्थीको सिकाइ स्तरलाई मूल्याङ्कन गर्न र उनीहरूलाई प्रतिक्रिया दिने त आवस्यक हुने नै भयो। अझ त्यस भन्दा पर गएर शिक्षकले कतिपया मामिलामा बिद्यार्थीहरुका लागि सल्लाहकार र परामर्शदाताको रुपमा पनि भूमिका खेल्न पर्ने हुन्छ। यो सब एक जना शिक्षकको पेशाकर्म भित्र पर्छ। अब बिचार गरि हेर्नुस त एकजना शिक्षकले दिनमा जम्मा चार वटा कक्षा मात्र लिने हो भने पनि र एक कक्षामा ३० जना बिद्यार्थीका दरले मात्र बिद्यार्थी छन् भने पनि एक जना शिक्षकले झन्डै १२० जना बिद्यार्थीबारे सोच्न पर्ने हुन्छ, त्यो पनि बिना कुनै किसिमको सहायकको मद्दतले। त्यसैले यदि तपाईले कुनै शिक्षकलाई सोध्नु भयो भने कि तपाई कसरी यी सबै व्यवस्थापन गरिरहनुभएको छ ; सरल उत्तर हो कि हामी त्यस्तो केहि गरि रहेका छैनौ । त्यसैले त हामी स्ट्याण्डर्डाइज्ड अर्थात मानकीकृत अभ्यासमा छौं। पूर्व-निर्मित नोटहरू र स्लाइडहरू, पूर्व-निर्मित मूल्याङ्कनहरू, र थोरै वा नाइँ बराबरको प्रतिक्रिया दिनु सामान्य छन्। हामीले विद्यार्थीहरूलाई उनीहरूलाई सिर्जनशील र जिज्ञासु बन्नको लागि आवश्यक शिक्षा प्रदान गर्न असफल भएका छौं। यदि हामीले उनीहरूलाई जिज्ञासु बनाएका थियौं भने, उनीहरू जीवनभरका शिक्षार्थीहरू बन्न सक्थे र वास्तवमा, परिवर्तनशील वातावरणमा सान्दर्भिक बन्न सक्थे। तर हाम्रो ध्यान बच्चाहरुलाई अनुसासित र आज्ञाकारी बनाउने मै सिमित रहयो। हामी शिक्षामा भन्दा सुधारकेन्द्र बन्नमा सिमित रहयौ।

पहिलो औद्योगिक क्रान्तिपछि हामीलाई कर्मचारीहरूमा एकखाले सीप र अनुसासन मात्र चाहिएको थियो र यसकै उपजमा हामीले हाम्रो शिक्षा प्रणालिको बिकास गर्यौ । हामीले हाम्रो विद्यालय र शिक्षा प्रणालीलाई बजारको सेवार्थ निर्माण गर्दै गयौ र फ्याक्ट्रीमा बनाएको सामाग्री बराबर बच्चाहरु उत्पादन गर्न तर्फ ध्यान दियौ। मानकीकरणको माग थियो, हामीले त्यहि पस्केर दियौ। जबकि शिक्षा अत्यन्तै व्यतिगत बिषय हो र यो निजको नियन्त्रणमा रहनु पर्छ। यसका लागि शिक्षकहरु सहायक र बिद्यालयहरु श्रोतका रुपमा काम गर्नु पर्ने हो तर अफसोस आजको दिन त्यस्तो छैन।आखिर, हामी सबै उस्तै ठूलो उत्पादनको उप-उत्पादन हौं र यसरी नै हामी आफ्नै “जाति” सिर्जना गर्दैछौं।

सूचना युगको बिकाससँगै हामीले संसारका कम्तिमा विकसित भागहरूमा शिक्षा प्रणालीमा केहि परिवर्तनहरू पक्कै देखेका छौं। यी प्रगति, तथापि, धेरै सीमित र नगण्य छन्। इन्टरनेटको प्रसार भए पछि अनलाइन शिक्षाको बिकास त भएको छ तर हामीले यसको सम्भावनालाई अस्वीकार गर्यौं। यद्यपि विद्यार्थीहरू कक्षामा सिकिरहेको भन्दा YouTube भिडियोहरूबाट धेरै सिकिरहेका छन्। हामीले लकडाउनको पूर्वसन्ध्यामा समेत यसका सम्भावनाहरुलाई अस्वीकार गर्यौं। केही महिनाहरू पछि मात्र विश्वविद्यालयहरूले केहि साहसी कदम चाले। तर यो केहि महिना चल्यो र सामान्य अवस्था आए पछि हामीले अनलाइन शिक्षालाई पुर्ण अस्विकार गर्यौ र निष्कर्ष निकाल्यौ कि अनलाईन शिक्षाले विद्यार्थीहरूलाई पढाउने क्षमताराख्दैन। म कुनै शिक्षाविद हैन र म संग कुनै डाटापनि छैन तर मेरो विश्वास हो कि दोष शिक्षाको मोडमा हैन बरु जिज्ञासा हो जुन हामीले उत्पन्न गर्न सकेनौं। दोष निरन्तर प्रतिक्रिया प्रणालीमा छ जुन हामीले काम गर्न सकेनौं। बिद्यार्थीहरुको आवश्यकता व्यक्तिगतरण थियो जुन हामीले प्रदान गरेनौं।

हामी सबैलाई महसुस भएकै कुरा के हो भने मानकीकृत शिक्षा वितरण असफल भएको छ तर आजको दिनसम्म हामीले यसमा परिवर्तन ल्याउने क्षमता हामी संग असाध्यै कम छ। विश्वविद्यालय र कलेजहरूमा व्याप्त सीमितताहरूमा थप छलफल नगरी हामीले विद्यार्थीहरूको लागि कसरी व्यापक अनुकूलन सिर्जना गर्न सक्छौं भन्ने छलफल गर्यौ भने त्यो आफैमा अपूर्ण हुन्छ। खेलकुदमा रुचि भएका विद्यार्थीका लागि भौतिक विज्ञान र एरोस्पेसमा रुचि भएका बिद्यार्थीलाई पढाउनु पर्ने भौतिक बिज्ञानका सिधान्तहरु एउटै होलान तर बिधि र प्रक्रिया अत्यन्त फरक हुन सक्छन। कुनै अर्थशास्त्रमा रुचि भएका विद्यार्थीलाई र भौतिक विज्ञानमा रुचि भएको विद्यार्थीले पूर्ण रूपमा फरक तरिकामा डिफरेन्सियल समीकरणहरू सिक्न सक्छन। तर कसरी दिनमा १२० विद्यार्थीहरूलाई पढाउने शिक्षकले विद्यार्थीहरूको सटीक चासो थाहा पाउन सक्छन् र एउटै कक्षामा बसेका विद्यार्थीहरूको व्यक्तिगत चासोलाई पूरा गर्नका लागि उदाहरणहरू र अभ्यासहरू प्रदान गर्न सक्छन्? शिक्षकले कसरी सोही कक्षामा उपस्थित सबै विद्यार्थीहरूलाई उनीहरूको असाइनमेन्टको प्रत्येक चरणमा निरन्तर प्रतिक्रिया दिन सक्छन् र तिनीहरूलाई प्रगतिशील सिकाइमा मद्दत गर्न सक्छन्? हामीसँग भएका सीमित स्रोतहरूका साथ यो केवल कठिन मात्र होइन तर असम्भव छ।

हामी संग भएको सिमित साधनहरुमा हामीलाई धेरै बिद्यार्थीहरु उत्पादन गर्नु पर्ने छ। कम खर्चमा गुणस्तरीय शिक्षा हरेक नेपालीलाई प्रदान गर्नु छ। आजको शिक्षाको आवश्यकता भनेको सिकाइ अनुभवहरू र सेवाहरू निर्माण गर्नु हो जसले अनुकूलित उत्पादनहरूको लचकता र व्यक्तिगतरणलाई मास उत्पादनसँग सम्बन्धित कम एकाइ लागतसँग जोड्दछ। लेख्दा सामान्य लाग्ने तर आज सम्म हामीलाई गाह्रो भै रहेको बिषय यहि हो। सिमित जनशक्ति र श्रोतका आधारमा यो उपलब्धि हासिल गर्नु असम्भव प्राय थियो।तर अब एआई प्रविधिहरूको प्रगतिलाई नजिकबाट नियालेर हेर्ने हो भने अब का केहि महिना वा वर्ष भित्रमा शिक्षण र सिकाइको लागि ब्लूमको २ सिग्मा प्रोब्लेम अबका दिनमा रहने छैनन् र एआईका माध्यम बाट व्यक्तिगत शिक्षणलाई किफायत र पहुच्योग्य बनाउन सकिने छ।

बिद्यालयहरुले बिषय पिछेका एजेण्टहरु मार्फत बिद्यार्थीहरुको सिकाइको हरेक कदममा कस्टम एजेण्टमार्फत सेवा प्रदान गर्न सक्नेछन्। त्यस्ता प्राविधिक एजेण्टहरुले उनीहरूको सिकाइ क्षमताहरू र चासोलाई मूल्याङ्कन गर्न सक्छ र तिनीहरूको आवश्यकताहरू अनुसार सामग्रीलाई अनुकूलित गर्न सक्छ। उनीहरूको बुझाइ अनुसार सिकाइ चुनौतीहरू सिर्जना गर्नु सक्ने छ। शिक्षकहरूका लागि त यसले एक सहायक कर्मचारीका रुपमा काम गर्दिन सक्ने छ। हाजिरी लिने, कक्षाको लागि कक्षाकार्यहरूको सुझाव दिने, मूल्याङ्कनका लागि प्रश्नहरु निर्माण गर्ने, विद्यार्थीहरूको शिक्षण यात्रा भरि मार्गदर्शन गर्ने र तिनीहरूलाई मूल्याङ्कन वा ग्रेड पनि गर्न सक्छ। यो शिक्षा वितरणमा सबैभन्दा ठूलो उपलब्धि हुनेछ जुन हामीले केहि वर्ष भित्रै अवलोकन र अनुभव गर्नेछौं। हामीले च्याटजीपीटी-४० को लन्च कार्यक्रममा यसको झलक देखि सकेका छौ। OpenAI ले च्याटजीपीटी फोर एजुकेशन पनि घोषणा गरि सकेको छ।

मानवताको इतिहासमा यो पहिलो पटक हो कि हामीसँग व्यक्तिगत चासो, प्राथमिकता, र बुझाइका आधारमा मिल्दोजुल्दो सामग्री प्रदान गर्ने क्षमता छ र यो हासिल गर्न सार्है नै किफायत पर्ने छ।शिक्षाको लागि व्यापक अनुकूलनलाई अझ विस्तारमा बुझ्नका लागि म तपाईलाई खान एकेडेमीका संस्थापक सलमान खानको TED टक “How AI Could Save (Not Destroy) Education” हेर्न सिफारिस गर्दछु जसले हालै एआई आधारित शिक्षण स्टार्टप खानमिगो सुरु गर्नुभएको छ।

शिक्षामा कृत्रिम बुद्धिमत्ता (एआई) भनेको मेशिन लर्निङ र प्राकृतिक भाषा प्रशोधन जस्ता प्रविधिहरूलाई सिकाइ अनुभवहरू सुधार गर्न, प्रशासनिक कार्यहरू स्वचालित गर्न, र शैक्षिक सेटिङहरूमा डेटा-आधारित अन्तर्दृष्टि प्रदान गर्न प्रयोग गर्नु हो। शिक्षामा एआईको एकीकरण सबै स्तरका शिक्षकहरूका लागि एक विकल्प वा विलासिता मात्र नभई अनिवार्यता हुँदैछ। विभिन्न विश्वविद्यालय र कलेजहरूले एआईलाई विभिन्न उद्देश्यहरूको लागि अपनाइरहेका छन्, जस्तै एआईद्वारा उत्पन्न निबन्धहरूको आलोचना गर्ने, प्रश्नहरूको क्विज सिर्जना गर्ने, र नयाँ उत्पादनहरू डिजाइन गर्ने। यी उदाहरणहरूले सूचना साक्षरता सिकाउन, संलग्न सिकाइ अनुभवहरू सिर्जना गर्न, र व्यक्तिगत शिक्षालाई समर्थन गर्न एआईको सम्भावना देखाउँछन्।

विद्यार्थीहरूले आफ्ना रुचि, शक्तिहरू, कमजोरीहरू, र तालिकाहरू एआई प्लेटफर्महरूमा इनपुट गर्न सक्छन् ताकि एआईका मद्दतले उनीहरूको अध्ययन योजनाहरू, पाठ्यक्रम सामग्रीहरू, र परियोजनाका विचारहरूलाई अनुकूलित गर्न सक्नेछन। एआई उपकरणहरूले अनुसन्धान गर्न सान्दर्भिक सामाग्रीहरू पत्ता लगाउन, लेखहरू सारांशित गर्न, र उद्धरणहरू उत्पन्न गर्न मद्दत गर्न सक्छ। यसका अतिरिक्त, खान एकेडेमी र कोर्सेरा जस्ता एआई-संचालित प्लेटफर्महरूले अन्तरक्रियात्मक र संलग्न सिकाइ अनुभवहरू प्रदान गर्छन्। यसले विद्यार्थीहरूलाई आफ्नै शिक्षाको नियन्त्रण लिन, सिकाइको दक्षता र पहुँच सुधार गर्न सशक्त बनाउँछ।

शिक्षकहरूले पाठ योजना, ग्रेडिङ, र प्रशासनिक कार्यहरूको साथ मद्दत गर्ने शक्तिशाली सहायकको रूपमा एआईबाट लाभ लिन सक्छन्। ग्रेडस्कोप जस्ता एआई उपकरणहरूले ग्रेडिङ गर्ने समय घटाउन सक्छन्, जबकि ग्रामरली जस्ता प्लेटफर्महरूले लेखन मूल्याङ्कनमा सहयोग पुर्‍याउँछन्। एआईले क्विजहरू सिर्जना गर्न, कार्यप्रवाहहरू व्यवस्थापन गर्न, र विद्यार्थीहरूलाई व्यक्तिगत फिडब्याक प्रदान गर्न पनि मद्दत गर्न सक्छ। पुनरावृत्त कार्यहरू स्वचालित गरेर, एआईले शिक्षकहरूलाई सिर्जनात्मक प्रयासहरू र व्यक्तिगत विद्यार्थीमा ध्यान केन्द्रित गर्न समय दिन्छ। एआई-संचालित उपकरणहरूले विद्यार्थीको डेटा विश्लेषण गर्न र व्यक्तिगत सिफारिसहरू गर्न सक्छन्, कमजोर विद्यार्थीहरूको प्रारम्भिक पहिचान गर्न र उनीहरुलाई चाहिने अतिरिक्त सेवाहरू अनुकूलित गर्न मद्दत पुर्‍याउँछ। साथै, एआईले कक्षा तालिका र अन्य तालिकाहरू अनुकूलित गर्न सक्छ, समय र स्रोतहरूको कुशल प्रयोग सुनिश्चित गर्न सक्छ। एआई प्रयोग गरेर स्वचालित हाजिरी प्रणालीहरू र पूर्वानुमानात्मक विश्लेषणले विद्यार्थीको डेटा आधारमा व्यक्तिगत सिकाइका पथहरू अनुकूलित गर्न सक्छ। यी प्रगतिहरूले शिक्षालाई रूपान्तरण गर्न र अधिक कुशल र समावेशी सिकाइको वातावरण सिर्जना गर्न सक्छ।

जसरी एआई विकसित हुँदै जान्छ, शिक्षकहरूले जिम्मेवारी पूर्वक यी प्रविधिहरूलाई अपनाउन र एकीकृत गर्न आवश्यक छ। विद्यार्थीहरूलाई प्रभावकारी र नैतिक रूपमा एआई प्रयोग गर्ने तरिका सिकाउनुले उनीहरूलाई व्यावसायिक सफलता प्राप्त गर्न तयार गर्न सक्छ। प्रोम्प्ट इन्जिनियरिङ आज शिक्षकहरूले सिकाउन सुरु गर्न सक्ने व्यावहारिक सीप हो। एआईको क्षमताहरूलाई उपयोग गरेर, शिक्षकहरूले शिक्षण र सिकाइ अनुभवहरूलाई प्रभावकारी बनाउन सक्छन्। शिक्षा क्षेत्रमा एआईको अभूतपूर्व सम्भावनाहरू छन्, र अहिले नै हाम्रो शैक्षिक प्रणालीहरूमा यी प्रविधिहरूलाई एकीकृत गर्न सुरु गर्ने उपयुक्त समय हो।

विश्व भरि शैक्षिक क्षेत्रमा धेरै ध्यान पाएको पछिल्लो प्रविधि भनेको एआई हो, जसले उच्च शिक्षामा पनि ठूलो परिवर्तन ल्याउन सक्दछ। नेपालको सन्दर्भमा, विश्वविद्यालयहरूले प्रतिस्पर्धी र सान्दर्भिक रहनको लागि एआई अपनाउन तत्काल आवश्यक छ। एआई एकीकरण कम्प्युटर विज्ञानभन्दा पर धेरै विषयहरूमा विस्तार गर्नुपर्छ, विशेष गरी सार्वजनिक नीति, कानून, व्यवसाय, र अन्य बिषयहरुमा। एआई प्रयोग गरेर अनुसन्धान पहलकदमीहरूले महत्वपूर्ण प्रगति गर्न सक्छन्। थप रूपमा स्थानीय सन्दर्भहरूको लागि अनुकूलित एआई डेटासेटहरू विकास गर्दा एआईमा आउने पूर्वाग्रहहरू समाधान गर्न र प्रविधिको शुद्धता सुधार गर्न सकिन्छ। यो हामीलाइ अत्यावश्यक पनि छ। विश्वविद्यालयहरूले नैतिक एआई प्रयोगका लागि नीतिहरू मस्यौदा गर्न, संकायलाई तालिम दिन, र विकसित शैक्षिक परिदृश्य पूरा गर्न मिश्रित सिकाइ मोडेलहरूको अन्वेषण गर्नुपर्छ । यो हाम्रो लागि अपरिहार्य भै सकेको छ।

सरकारले डिजिटल पूर्वाधारमा लगानी गरेर, एआई स्टार्टअपहरूका लागि प्रोत्साहन प्रदान गरेर, र राष्ट्रिय एआई नीतिहरू स्थापना गरेर शिक्षामा एआई एकीकरणको सुविधा प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ। डेटाका गोपनीयता, सुरक्षा, र एआई मोडेलमा पूर्वाग्रह जस्ता चुनौतीहरूको समाधान गर्न आवश्यक छ। थप रूपमा, प्राथमिक तहदेखि नै STEM शिक्षा बढाउने र माइक्रो-क्रेडेन्सियलहरू र निरन्तर सिकाइ कार्यक्रमहरूको माध्यमबाट वर्तमान जनशक्तिलाई पुन: सीप प्रदान गर्नाले राष्ट्रलाई भविष्यको मागको लागि तयार पार्नेछ। शिक्षामा एआईलाई अपनाउँदा समृद्ध डिजिटल अर्थतन्त्र र सुधारिएको शैक्षिक परिणामहरू सुनिश्चित गर्न सकिन्छ, तर यसका लागि सबै सरोकारवालाहरूको सहकार्य तत्काल आवश्यक छ।

जसरी एआई विकास हुँदै गई रहेको छ, यस बारे हामी सबै सूचित र सक्रिय रहनु महत्वपूर्ण छ। तपाईं विद्यार्थी हुनुहोस, शिक्षक हुनुहोस वा नीति निर्माता, एआईलाई कसरी उपयोग गरी सिकाइ अनुभव र नतिजा सुधार्न सकिन्छ भन्ने बारे आजै बाट विचार र बहस गर्नु आवस्यक छ।यो परिवर्तनको यात्रा सुरु गर्ने समय आजै हो।