A Levels MA

विश्वविद्यालयको पर्खालको शिलान्यास

 मध्यपश्चिम विश्वविद्यालयले विश्वविद्यालयको केन्द्रीय परिसरमा घेराबारा गर्न थालेको छ ।

विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले कुइनेपानी स्थित केन्द्रीय प्रशासनिक कार्यालयको पर्खाल निर्माण कार्यको शिलान्यास गरेका हुन् ।

उक्त कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार, डीन, कार्यकारी निर्देशक, प्राचार्य, सचिवालय सदस्यहरु, कर्मचारी तथा सो निर्माण कार्यमा संलग्न मजदुर कन्स्ट्रक्सन प्रालिका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । कुइनेपानीमा रहेका सम्पूर्ण कार्यालयहरु समेट्ने गरी निर्माण हुने अत्याधुनिक गेट सहितको सो पर्खाल निर्माण कार्य ६ देखि ९ महिना भित्र सम्पन्न गर्ने लक्ष्य सहित अगाडी बढेको छ ।

Thuprai - Books and E-books