त्रिविको रजिस्ट्रार कार्यालयको शिलान्यास

भूकम्प प्रभावित त्रिभुवन विश्वविद्यालयको प्रशासकीय भवन (रजिस्ट्रारको कार्यालय) को आज शिलान्यास गरिएको छ । त्रिविको केन्द्रीय कार्यलय रहेकै स्थानमा तीन तले प्रशासकीय भवन बन्न लागेको हो ।

कुल लागत रु. ३९ करोड, ८२ लाख, ६४ हजार, ७६७ रुपियाँ एकहत्तर पैसामा सो भवन बनाउनु पर्ने भएपनि टेण्डार आव्हान गर्दा एक निर्माण कम्पनीले रु.२३ करोड ७५ लाख ६३ हजार ४३३ रुपियाँ २० पैसामा टेण्डर पारी निर्माण गर्न लागेको त्रिविका उपकुलपति धर्मकान्त बास्कोटाले जानकारी दिए ।

भवनको शिलान्यास गर्दै बास्कोटाले अनक कबिन्द्र जे.भि काठमाडौं नामको निर्माण कम्पनीले भ्याट सहित सो लागतमा भवन निर्माण गर्न लागेको बताए ।

Degrees offered in nepal
Counseling
Bachelors Portal