After SEE Portal

२६औँ दिनमा तोडियो अनसन

Bridge Course

विषम परिस्थितिका कारण पोखरा विश्वविद्यालयमा विद्यार्थीले गर्दै आएको रिले अनसन आजदेखि तोडेका छन् । विश्वविद्यालयमा विगत १० महिना अगाडिदेखि रिक्त रहेको पदाधिकारी नियुक्तिको माग गर्दै २६औँ दिनदेखि अनशनरत विद्यार्थीले आज अनसन तोडेका हुन् ।

कोभिड १९ को बढ्दै संक्रमणलाई मध्यनजर गर्दै फरकढंगले आन्दोलनलाई अघि बढाउने निष्कर्ष सहित विद्यार्थीहरुले आज अनसन तोडेको नेपाल विद्यार्थी सङ्घले जानकारी दियो । विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति र रजिष्टार नियुक्तिको माग गर्दै नेपाल विद्यार्थी सङ्घले गर्दै आएको रिले अनशन आजदेखि स्थगित गरिएको नेपाल विद्यार्थी सङ्घका अध्यक्ष राजिव ढुङ्गानाले जानकारी दिए ।

'१० महिनादेखि विश्वविद्यालयमा पदाधिकारी नहुनु कहाँको कानुनी राज्यको विशेषता हो ? हामीले यो विषम परिस्थितिमा हाम्रो अभिभावक खोजेका हौं राजनीति होइन । सरकार आफैं लगंडो भएको छ कसैको कुरै सुन्दैन ।', अध्यक्ष ढुङ्गानाले भने , 'हाम्रो लागि सरकार भएन, हजारौं विद्यार्थीको भविष्य अन्धकारतिर धकेलिदियो ।'

विश्वविद्यालय पदाधिकारीविहीन हुँदा यहाँका हरेक शैक्षिक गतिविधिमा असर परेको भन्दै नेविसंघले अनशन थालेको थियो । जायज मागसहित विद्यार्थीले अनशन गरे पनि सरकारले लामो समयसम्म बेवास्था गरेको नेपाल विद्यार्थी सङ्घका महामन्त्री दीपक भट्टराईले बताए ।

कोरोना भाइरसको विश्वव्यापी महामारीले हामीलाई पनि असर पारिरहेको अवस्थालाई दृष्टिगत गरी अनशनको कार्यक्रम केही दिनका लागि स्थगित गरिएको उनले जानकारी दिए । महामन्त्री भट्टराईले सरकार अझै कानमा तेल हालेर बसे फरक किसिमबाट आन्दोलन गर्ने चेतावनी दिए ।

A Levels MA
Thuprai - Books and E-books