A Levels MA

त्रिविका सम्पूर्ण कार्यक्रम साउन ७ गतेदेखि सञ्चालन हुने

त्रिभुवन विश्वविद्यालय सम्बद्ध सबै क्याम्पसहरु साउन ७ गतेदेखि सुचारु हुने भएका छन् । गत चैत्र १० गते देखिविश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को नेपालमा सभावित जोखिम नियन्त्रणका लागि बन्द गरिएका क्याम्पसहरु आजदेखि सञ्चालन हुने भएका हुन् ।

सरकारले साउन ६ गते मध्यरातदेखि लकडाउन अन्त्य गर्ने निर्णय गरेकोले त्रिविका स्थगित सबै कार्यक्रमहरु आजबाट सञ्चालन हुने भएको त्रिविको रजिस्टार कार्यालयले एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

त्रिविको प्रशासन असार १ गतेदेखि खुले पनि प्राध्यापकहरुलाई सार्वजनिक विदा दिँदै आएको थियो । प्राध्यापकहरुको उक्त सार्वजनिक विदा पनि आजैका मितिदेखि सकिएको सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आजदेखि त्रिविका सबै आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा नियमित पठनपाठन, पुस्तकालय सञ्चालनलगायत नेपाल सरकारले निषेध गरेका कार्यहरु बाहेक अन्य सबै कार्यहरु सञ्चालन हुने भएका छन् ।

सरकारले मिति २०७६ चैत्र ११ गतेवाट राष्ट्रव्यापी लकडाउनको घोषणा गरेका कारण लकडाउन कायम रहुञ्जेलसम्मका लागि त्रिविका क्याम्पसहरुको शैक्षिक गतिविधि स्थगित गरिएको थियो ।

विश्वविद्यालयको लागि विशेष सचेतता अपनाई पूर्व तयारी एवं सतर्कता अवलम्बन गर्न आवश्यक रहेकोले  विश्वविद्यालय अन्तर्गतका क्याम्पस र विभागहरुमा सञ्चालित नियमित कक्षा तथा परीक्षा लगायत सम्पूर्ण शैक्षिक गतिविधि स्थगित गरी शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुलाई त्रिविले दिएको विदा आजै देखि सकिएको सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख सूर्यप्रसाद अधिकारीले जानकारी दिए ।

Thuprai - Books and E-books