इएमबिए प्रोग्राम’ सेप्टेम्बरदेखि सञ्चालन हुने

 द ब्रिटिस कलेज (टीबीसी) ले सेप्टेम्बरदेखि विकेण्ड इएमबिए प्रोग्राम सुरु गर्ने भएको ।

बेलायतको लिड्स बेक्केट विश्वविद्यालयसँग पार्टनरसिपमा  ब्रिटिस विकेण्ड इएमबिए कार्यक्रम सञ्चालन गर्ने  भएको हो ।

आफ्नो काम र व्यक्तिगत जीवनलाई सन्तुलित राख्दै यो डिग्री हासिल गर्न चाहने व्यवसायीका लागि लक्षित गरेर यो  पाठ्यक्रम बनाइएको हो ।

यो प्रोग्रामको करिकुलम निकै लचिलो रहेको कलेजले जनाकारी दियो ।  यसको पठनपाठन यो कार्यक्रम  शुक्रबार साँझ, शनिबार बिहान र दिउँसो र प्रत्येक दोस्रो आइतार कक्षाहरु सञ्चालन  गर्ने तयारी गरिरहेको जानकारी दियो ।

करिब दुई वर्षको व्यवस्थापकीय अनुभव  भएका विद्यार्थीले इएमबिए अध्ययन गर्न सक्ने कलेजले जानकारी दियो । वरिष्ठ व्यवस्थापन र नेतृत्वदायी भूमिका खेल्ने व्यवसायिीलाई  लक्षित गरेर यो र्को तयार गरिएको हो । ब्रिटिस कलेजले आफ्नो नेटवर्कमार्फत विद्यार्थीहरुलाई अवसर समेत प्रदान गर्ने भएको छ ।

ब्रिटिस कलेजमा विकेण्ड इएमबिए प्रोग्रामका लागि भर्ना सुरु भइसकेको छ । साथै, पहिलो इन्टेकमा अध्ययन गर्ने विद्यार्थीहरुले दुवई वा सिंगापुरमा अन्तर्राष्ट्रिय एक्सपोजर पाउनेछन् ।

प्रोगामबारे चर्चा गर्दै विजनेश स्कुलकी प्रमुख सुनिता बस्नेत भन्छिन्,‘पछिल्ले समय प्रतिस्पर्धा बढ्लो छ । विश्वले निरन्तर व्यवसायको स्केलेविलिटीको बारेमा मात्र नभई समाजमा योगदान पुर्याउन सक्ने नेतृत्वको माग गर्दै आइरहेको छ । यसले यो पाठ्यक्रमले नयाँ पुस्ताका लागि बाटो खुलाउनेछ । व्यवसायिक रुपमा काम गर्न यो प्रोग्रामले महत्वपुर्ण भूमिका खेल्नेछ । हामीले सोही कारण यो प्रोग्राम ल्याएका हौँ जसले व्यवस्थापकिय नेतृत्वमा र परिवर्तनको भूमिका खेल्न व्यवसायीको आवश्यकता पुरा गर्दछ ।’

Thuprai - Books and E-books