After SEE Portal

निर्देशिकामा गरिएको परिभाषा ज्यादै संकीर्ण

Bridge Course

 नेपाल शैक्षिक परामर्श संघ ईक्यानले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका, २०७९’ का सम्बन्धमा आपत्ति जनाएको छ।

इक्यानले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै उच्च शिक्षा भनेर निर्देशिकामा गरिएको परिभाषा ज्यादै संकीर्ण रहेको तथा प्रचलित अन्तार्राष्ट्रिय मान्यताविपरीत रहेको जनाएको हो।

निर्देशिकाले विद्यालयतहमा अध्ययन गर्न जान चाहने तथा भाषा अध्ययनलाई आधार बनाएर उच्च शिक्षा प्राप्त गर्ने कार्यक्रमहरूमा नो अब्जेक्सन लेटर (एनओसी) जारी नगर्ने विषय अव्यवहारिक रहेको ईक्यानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

वैदेशिक अध्ययन स्वीकृति प्रदान गर्न तयार गरिने विश्वविद्यालय, शैक्षिक संस्था तथा कार्यक्रमको सूची तयार गर्ने व्यवस्थालाई अन्यौलपूर्ण बनाइएको, सरोकारवालासँग छलफल नै नगरी तयार गरिएको विषयमा ईक्यानले आपत्ति जनाएको छ।

ईक्यान महासचिव दिपकराज भुषालले निर्देशिका सरोकारवालासँग छलफल गरेर गम्भीर विषयलाई संवोधन गरेर मात्र निर्देशिका जारी गर्नुपर्ने बताए। उनले भने,‘ केही महत्त्वपूर्ण विषयमा हाम्रो असन्तुष्टि छ। त्यसलाई संसोधन गरेर मात्र निर्देशिका जारी हुनुपर्छ। निर्देशिका नेपाली विद्यार्थी तथा अभिभावकहरूका हितविपरीत छ।’

ईक्यानले निर्देशिका समकालीन विश्व परिवेशमा स्थापित शैक्षिक प्रणाली तथा मापदण्ड अनुकुल नरहेको, नेपाली विद्यार्थी तथा अभिभावकहरूको हितको विषयलाई वेवास्था गर्दै, वैदेशिक शिक्षा प्रणालीका विषयमा ज्यादै न्युन जानकारीका आधारमा तयार गरिएको, विदेशी शिक्षाको नाममा विदेशी मुद्रा बाहिरीने विषयलाई मात्र जोड दिएर अदुरदर्शी रूपमा तयार गरिएको विज्ञप्तिमा उल्लेख छ।

A Levels MA