After SEE Portal

नयाँ पाठ्यक्रम विरुद्धको मुद्दाको सुनुवाइ हुँदै

Bridge Course

भागवता अर्यालका नाममा गत असोजमा दायर गरिएको नयाँ पाठ्यक्रम प्रारुप सम्बन्धी मुद्दाको सुनुवाई  सर्वोच्च अदालतले सुरु गरेको छ । न्यायाधीशद्वोय  तेज बहादुर केसी र प्रकाश कुमार ढुंगानाको संयुक्त इजलासमा सो मुद्दाको सुनुवाई सुरु भएको हो ।

मुद्दा दर्ता भएदेखि गत कार्तिक १९ गते अन्तरिम आदेश जारी गरेर तत्काल कार्यान्वयन नगर्न आदेश दिएको अदालतले गत २० गतेको इजलासमा दुवै पक्षलाई कागजात सहित उपस्थित हुन आदेश दिएको थियो ।

असोज  २८ मुद्दा दर्ता

असोज ३० स्थगित

कार्तिक १० अल्पकालीन अन्तरिम आदेश

कार्तिक २६ हेर्न नभ्याएको

 मंसिर ४ स्थगित

पुस ६ हेर्न नभ्याइने

पुस १३ गते

पुस २० कागजात पेस गर्न  आदेश

पुस २७ सुनुवाई हुँदै 

करिब सातौं पटक स्थगित र दुई पटक सामान्य सुनुवाइ भएको सो मुद्दाको किनारा लगाएर विद्यार्थीलाई नयाँ र पुरानो पाठ्यक्रमको अन्योलबाट मुक्त गराउने विश्वास सरोकारवालाको छ ।

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले गणित विषय अनिवार्य विषयको सूचीबाट हटाएको, गणितलाई अवमूल्यन गरेको लगायतका आरोप लगाउँदै मुद्दा दर्ता गराएका थिए ।

प्रारुपले कक्षा ११ मा सामाजिक तथा जीवनोपयोगी शिक्षा अनिवार्य गरेको छ । यसैगरी कक्षा ११ मा तीनवटा विषय अनिवार्य गरिएको र पाँच सयको पूर्णाङ्क बढाएर सात सय बनाइएको छ । एकातिर पाठ्यभार थपिने अर्कोतिर के पढ्ने भन्ने अन्योलमा लामो समय विद्यार्थी अलमलमा  पर्दा शिक्षा क्षेत्रनै भोलि अस्तव्यस्त हुने आंशका विज्ञको छ ।

A Levels MA