काउन्सिलले वैकल्पिक माध्यमबाट परीक्षा लिनुपर्ने ए–लेभलका विद्यार्थीहरुको माग

ए–लेभलका विद्यार्थीहरुले ब्रिटिश काउन्सिलले परीक्षा वैकल्पिक माध्यमबाट लिनुपर्ने माग गरेका छन् । कोरोनाको त्रास र नजिकिएको दशैंतिहारलाई ख्याल गरी काउन्सिलले वैकल्पिक माध्यमबाट परीक्षा लिन माग गरेका हुन् ।

आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै विद्यार्थीहरुले विषम परिस्थितिका कारण वैकल्पिक माध्यमबाट परीक्षा लिनुपर्ने माग गरेका हुन् ।  पत्रकार सम्मेलनमा बोल्दै ए–लेभलका विद्यार्थी सुराजन रिजालले यदि भौतिक रुपमा परीक्षा लिने हो भने ब्रिटिश काउन्सिल वा सरकारले विद्यार्थीहरुको जिम्मेवारी लिनुपर्ने बताए । उनले भने,‘वैकल्पिक माध्यमबाट परीक्षा लिन माग गर्दा ब्रिटिश काउन्सिलले कसैको ग्यारेन्टी लिन नसक्ने जवाफ दियो ।’ कोरोना भाइरसको डर र नजिकिँदै गरेको चाडबाडको कारण पनि भौतिक रुपमा परीक्षा दिन सहज नहुने उनको भनाई थियो ।

उनले २ महिनाको लामो अन्तरालमा विद्यार्थीले निर्धक्क भएर परीक्षा दिन पाउनुपर्ने सरकारसँग माग राखे । सरकारले विद्यार्थीलाई प्रवेशपत्रको आधारमा कोरोना खोप लगाउने व्यवस्था गरेपनि अहिले सम्म सबै साथीहरुले प्रवेश पत्र नै नपाएको बताए ।

उनले भने,‘ब्रिटिश काउन्सिलले विद्यार्थीलाई कोरोना लागे के गर्नुहुन्छ भनेर सोध्दा उल्टै पैसा सबै फिर्ता दिन्छु भन्यो ।’ ब्रिटिश काउन्सिलको गैह्र जिम्मेवारीपनले विद्यार्थीहरु थप मानसिक तनावमा परेको समेत बताए ।

कार्यक्रममा ए–लेभलकी छात्रा आभा गौतमले क्याब्रिज विश्वविद्यालयले वैकल्पिक माध्यमलाई मान्यता दिने भन्दै गर्दा पनि ब्रिटिश काउन्सिलले चासो नदिएको आरोप लगाइन् । उनले भनिन्, ‘ब्रिटिस काउन्सिलले आफुहरुलाई कन्सिडर गर्छौ तर पुरै जिम्मेवारी लिन नसक्ने जवाफ दियो ।’ बताइन् । २ महिना लामो परीक्षा दिन विद्यार्थीहरुलाई धेरै नै जोखिम भएको सुनाइन् । उनले सरकारले ब्रिटिश काउन्सिललाई सम्झाउन दिन समेत आग्रह गरिन् ।

अर्का विद्यार्थी दिपेश बास्कोटाले कार्यक्रममा विद्यार्थीहरुलाई कोरोना खोपको व्यवस्था नभएकोले भौतिक परीक्षा रोक्न माग गरे । उनले भने,‘हाम्रा धेरै साथीहरु १८ वर्ष नपुेको कारणले कोरोना विरुद्धको खोप लगाउनबाट बन्चित भएका छन् ।’ यदि परीक्षा यही समयमा लिनै पर्ने हो भने सरकारले जिम्मेवारी लिनुपर्ने उनको भनाई थियो । क्याम्ब्रिज विश्वविद्यालयले वैकल्पिक माध्यमलाई मान्यता दिनेहुँदा ब्रिटिश काउन्सिलले वैकल्पिक माध्यमबाट परीक्षा लिनुपर्ने उनको माग छ ।

 

Thuprai - Books and E-books