A Levels MA

ब्रिटिस कलेजको व्यवस्थापनमा बुटवलस्थित नमस्ते एकेडेमी संचालन

काठमाडौँ । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था टीबीसीले लुम्बिनी प्रदेशको बुटवलस्थित नमस्ते एकेडेमीको व्यवस्थापन थालेको छ । सन् २०१२ देखि नेपालमा ब्रिटिस डिग्री प्रदान गरिरहेको कलेजको ‘ब्रिटिस एजुकेशन ग्रुप’ले नमस्ते एकेडेमीको पनि व्यवस्थापन थालेको हो ।

स्थापनाकालदेखि नै अग्रगामी ग्लोबल कलेजको रुपमा खडा भएको टीबीसीले ब्यवस्थापनको साझेदारी गरेसँगै शुक्रबार बुटवलस्थित होटल टुलिपमा भएको एक औपचारिक कार्यक्रममा नमस्तेको शैक्षिक गुणस्तर पनि अन्तर्राष्ट्रियस्तरको हुने संचालकहरुले बताए । कलेजका संस्थापक राजन कँडेलका अनुसार नमस्ते एकेडेमी पनि ब्रिटिस एजुकेशन ग्रुपमा आएकोले आफूहरु नयाँ यात्राको लागि तयार रहेको बताएका छन् । उनले टीबीसीले नमस्तेको व्यवस्थापनाको जिम्मा लिएसँगै आगामी दिनमा अझै राम्रो शिक्षा प्रदान हुने विश्वास व्यक्त गरेका छन् । टीबीसीमा झण्डै एक दशकदेखि गुणस्तरिय शिक्षा प्रदान गरिरहेको ब्यवस्थापन टिमको अनुभव नमस्तेको लागि पनि फलदायी हुने कँडेलको विश्वास छ । यो सहकार्य र सह लगानीले नमस्ते एकेडेमीले विश्वस्तरको प्रोगेशिभ शिक्षा दिने वचन र प्रतिवद्धता पुरा भएको नमस्ते एकेडमीका अध्यक्ष विष्णु भुसालले बताए । साथै, उनले यसै शैक्षिक शत्रमा एसईई उत्रिण भएका २५ विद्यार्थीहरुलाई सम्मान गर्दै आगामी दिनको लागि शुभकामना पनि दिए ।

नमस्तेको व्यवस्थापन द ब्रिटिस कलेजले गर्ने लगभग पक्का भएपछि नै जारी शैक्षिक सत्रमा थुप्रै परिवर्तनहरु भएका छन् । लुम्बिनी प्रदेशमा अंग्रेजी माध्यममा अध्यापन गराई उत्कृष्ट शैक्षिक संस्था बनाउने लक्ष्य दिएको व्यवस्थापन टिमले शैक्षिक क्रियाकलापहरु थप उत्कृष्ट बनाउने उदेश्यले कार्यक्रमहरु थप भएको हो । यसको लागि विद्यालयको एकेडेमिक डाइरेक्टरमा मार्क बार्थोलोमेउलाई नियुक्त गरिएको छ । शैक्षिक व्यवस्थापनमा दख्खल बार्थोलोमउ बेलायती नागरिक हुन् । बेलायतमा धेरै शैक्षिक परियोजनाहरुको नेतृत्व गरेका उनीसँग ब्रिटिस काउन्सिल तथा विश्वको प्रतिष्ठित विश्वविद्यालय क्याम्ब्रिजमा काम गरेको २० वर्षको अनुभव छ ।

‘हाम्रो उदेश्य भनेको गुणस्तरिय र परिमार्जित शिक्षा प्रदान गरेर विद्यार्थीहरुलाई प्रतिस्पर्धी बनाउनु हो । नेपाली समुदायमा गुणस्तरिय सेवा प्रदान गर्नु हो । नेपालकै उत्कृष्ट अंग्रेजी माध्यमको शैक्षिक संस्थाको रुपमा उभ्याउनु हो’ एकेडेमिक डाइरेक्टर बार्थोलोमेउले भने, ‘हामी ज्ञानसँगै अतिरिक्त क्रियाकलापहरु खेलकूद, कला तथा अन्य चाहिने सुविधाहरु प्रदान गरेर विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय स्तरमा नै प्रतिस्पर्धी बनाउन कटिबद्ध छौं । यसका साथै नमस्तेमा विद्यार्थीहरुले प्रयोगात्मक ज्ञानहरु पनि पाउनेछन् ।’

नमस्तेले जारी शैक्षिक सत्रबाट कक्षा ११ को पढाई समेत संचालनमा ल्याएको छ । कार्यक्रममा बोल्दै अध्यक्ष भुसालले कोभिड– १९ को महामारीको समयमा विद्यार्थीहरुलाई उचित ज्ञान दिनको लागि कलेज अझै सक्षम भएकोले विद्यार्थीहरुलाई भर्ना हुनको लागि आह्वान समेत गरेका छन् ।

ब्रिटिस एजुकेशन ग्रुपले नेपालसहित लण्डन तथा दुवईमा पनि कलेजहरु संचालन गर्दै आएको छ ।

Thuprai - Books and E-books