After SEE Portal

विश्वविद्यालयमा वैशाख पछि गरिएको नियुक्ति सात दिन भित्र बदर गर्नुपर्ने, अन्यथा कडा आन्दोलनको चेतावनी

Bridge Course

राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघले आज एक प्रेस विज्ञप्ति जारी गरी विश्वविद्यालयले एकलौटी रुपमा गरेको पदाधिकारी नियुक्ति प्रति  गम्भीर ध्यानाकर्षण  भएको जनाएको छ । संघले २०७८ बैशाख पछि  विभिन्न निकायमा भएका नियुक्ति र सिफारिसप्रति खेद  समेत प्रकट गरेको छ ।

संघले असमावेशी एवं एकलौटी रुपले गरिएका यस प्रकृतिका नियुक्ति र सिफारिस तुरुन्त खारेज गर्न जोडदार माग गरेको हो । समाजिक न्याय, समावेशिता, मौलिक हकको बर्खिलापमा गरिएका यस प्रकृतिका निर्णयलाई खारेज गरी संघका जायज मांगलाई पुनः बेवास्ता गर्ने, आलटाल र नजरअन्दाज गर्ने काम भएमा आन्दोलनका कडाभन्दा कडा कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी दिएको छ ।

संघले विभिन्न समयमा विश्वविद्यालयका पदाधिकारीसँग सम्झौता गरेको भएपनि सोको कार्यान्वयन नभएको विज्ञप्तिमा  उल्लेख गरिएको छ ।  संविधानले सुनिश्चित गरेको समावेशीता, समाजिक न्याय र मौलिक हकको समेत धज्जी उडाउँदै  विश्विद्यालयले गतिविधि सञ्चालन गर्दै आएको छ । यस्ता निर्णय तत्काल बदर गरी संघको  चासो र खबरदारीका वावजुद पनि अटेर आफ्ना जायज मागलाई नजरअन्दाज नगर्न संघले चेतावनी दिएको छ ।

गणतन्त्रको स्थापनापछि नेपालको उच्च शिक्षामा सुधार हुने अपेक्षा गरिए पनि त्यस अनुरूप सुधार हुन हुन नसकेकोमा दुख व्यक्त गरेको छ । विश्वविद्यालयमा रहेको चरम राजनीतिकरण, असमावेशीता र एकलौटी निर्णयकाका कारण विश्वविद्यालयको गुणस्तर सुधार हुन नसकेको हो । यस विषयमासंघले धेरैपटक संघर्षको कार्यक्रम गरी लिखित तथा मौखिक रूपमा गम्भीर ध्यानाकर्षण गराउँदै आएको विज्ञप्तिमा उल्लेख छ ।

A Levels MA