केयुको ३१औं स्थापना दिवस विविध कार्यक्रमका विच सम्पन्न

काठमाडौं विश्वविद्यालय (केयु) ले विविध कार्यक्रमका विच आफ्नौ ३१औं स्थापना दिवस आज मनाएको छ ।

केयले आफ्नो पूर्व शिक्षक, कर्मचारी, पूर्व विद्यार्थी र विश्वविद्यालय सम्बद्ध सबैको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

विश्वविद्यालयले सन् २०१४ देखि ‘केयू ओरेसन’ मार्फत हरेक वर्ष  विश्वविद्यालयको संवृद्धिमा सहयोग पुर्याउने व्यक्तिलाई सम्मान गर्दै आएको छ । विश्वविद्यालयले आयोजना गरेको दिवसको अवसरमा ई सुरेशकुमार पुडासैनी (नेपाल’ र प्राध्यापक बी सुब्बा राव (भारत) लाई सम्मान  गरको छ ।

केयुले हरेक वर्ष मङ्सिर २५ गते आफ्नो स्थापना दिवस मनाउने गरेको छ । ‘आजको दिनलाई नेपालको उच्च शिक्षाको क्षेत्रमा एउटा कोसेढुङ्गा राखेको दिनका रूपमा स्मरण गर्दै हामीले त्यस बेलाको सङ्घर्षपूर्ण इतिहासलाई सम्मान गरेर आगामी दिनका लागि मार्गचित्र कोर्ने अवसरमा रूपमा लिनुपर्छ ।’ उपकुलपति प्राडा। भोला थापाले भने, ‘विश्वस्तरको गुणस्तरीय शिक्षा दिएर यो विश्वविद्यालय नेपालकै नमुना शैक्षिक संस्था बन्न सकेको छ । यस संस्थाका उत्पादनहरू विश्वभरि छरिएको पाउँदा हामी गर्वान्वित बनेका छौं ।’

Degrees offered in nepal
Counseling
Bachelors Portal