After SEE Portal

२८औँ दीक्षान्त समारोहको सम्पूर्ण तयारी सकियो

Bridge Course

काठमाडौं विश्वविद्यालयले आफ्नो दोस्रो चरणमा हुन लागेको २८औँ दीक्षान्त समारोहको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । सो समारोहमा सर्वोत्कृष्ट अंक प्राप्त गर्न सफल विद्यार्थीलाई पदक तथा पुरस्कार वितरण सहित सम्मान गर्ने जनाएको छ ।

विश्वविद्यालयले स्कुल अफ एजुकेसनबाट स्नातकोत्तर तहमा मास्टर अफ एजुकेसन इन म्याथमेटिक्स एजुकेसनमा (सबैभन्दा बढी)  सीजीपीए चार प्राप्त गर्न सफल सिद्धार्थ रजकलाई चान्सलर पदक, स्कुल अफ एजुकेसनबाट नै स्नताक तहमा व्याचलर अफ एजुकेसन इन चाइनिज ल्याङ्वेज टिचिङमा तीन दशमलव ८९ सजीपीए  प्राप्त गर्न सफल सञ्चिता केसीलाई भाइस चान्सलर स्वर्ण पदक, स्कुल अफ म्यानेजमेन्टको एमबीए तहमा सबैभन्दा बढी सीजीपीए तीन दशमलव ९७ प्राप्त गर्न सफल प्रश्ना भट्टराईलाई जुद्धबहादुर श्रेष्ठ स्वर्ण पदक र स्कुल अफ म्यानेजमेन्टबाट नै एमबीएमा सीजीपीए तीन दशमलव ८५ प्राप्त गरी सर्वोत्कृष्ट भएकी आयुष्मा पोखरेलाई रणबहादुर शाह स्वर्ण पदक प्रदान गर्ने  विश्वविद्यालयले जानकारी दियो ।

दीक्षान्त समारोहमा स्कुल अफ आर्टस्, एजुकेसन, इञ्जीनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विधाका विद्यावारधी गर्ने नौ जना, एमफिल ४१, स्नातकोत्तर तहका ९८ र स्नातक तहका एक हजार ९२ सहित एक हजार दुई सय ४० विद्यार्थी दीक्षित हुने भएका छन् । जसमध्ये  मेडिकल साइन्सेजका ५६५, इञ्जीनियरिङका ३६५, साइन्सका १६७,  एजुकेसनका ५७, म्यानेजमेन्टका ५०, आर्टसका ३५,  ल का एक जना रहने छन् ।

 सो समारोहमा विभिन्न सङ्कायका एक हजार २४० विद्यार्थी दीक्षित हुने भएका छन् । विश्वविद्यालयले आज पत्रकार सम्मेलन गरी जेठ २८ गते आइतबार मा विद्यार्थी दीक्षित हुने विद्यार्थीको नामावली सार्वजनिक गरेको हो ।

काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालय परिसरमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा मुम्बइका अटलास स्किलटेक विश्वविद्यालयका उपकुलपति प्रोफेसर राजन वीलुकरको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह हुने भएको विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले बताए ।

दीक्षान्त समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति अशोककुमार राई र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीसमेतको सहभागिता रहने उनले जानकारी दिए ।

A Levels MA