SEE Result 2082

केयुको ९५ औं सभा सम्पन्न

जेठ २८ गते सम्पन्न हुने काठमाडौँ विश्वविद्यालय (केयु) को २८ औं दीक्षान्त समारोह (दोश्रो चरण) का लागि १२४० जनाको ग्रेस लिष्ट पारित गर्दै ९५ औं सभा सम्पन्न भएको छ ।

समारोह मार्फत दीक्षित हुनेहरुमा स्कुल अफ आर्टसका ३५, स्कुल अफ एजुकेसनका ५७, स्कुल अफ इन्जिनियरिङका ३६५, स्कुल अफ मेनेजमेन्टका ५०, स्कुल अफ मेडिकल साइन्सका ५६५, स्कुल अफ लका एक र स्कुल अफ साइन्सका १६७ गरि कुल १२४० विद्यार्थी रहेका छन् ।

दीक्षित हुनेमा ६२८ अर्थात ५०.६५ प्रतिशत महिला र चार देशका ७३ जना विदेशी विद्यार्थी रहेको बैठकपछि केयुले जारी गरिएको विज्ञप्तिमा उल्लेख गरेको छ । 

दीक्षान्त समारोह जेठ २८ गते आइतबार विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमा हुने भएकाले उक्त प्रयोजनका लागि स्नातकोत्तर तथा स्नातक तहका विभिन्न उपाधिहरू प्रदान गर्न प्राज्ञिक परिषद्ले सिफारिस गरी कार्यकारी परिषद्ले अनुमोदन गरेको ग्रेसलिस्टलाई सभाले पारित गरेको छ ।

सभाले विश्वविद्यालयको आव २०७९–८० को वार्षिक कार्यप्रगति विवरण र आव २०८०–०८१ को वार्षिक कार्यक्रम तथा अनुमानित आय–व्यय (बजेट) सभाले स्वीकृत गरेको छ ।

काठमाडौँ विश्वविद्यालयको आव २०७७–७८ र आव २०७८–७९ को वार्षिक लेखापरीक्षण प्रतिवेदन सभाले पारित गरेको छ । आव २०७९–८० को लेखा परीक्षणका लागि लेखापरीक्षक नियुक्ति समेत नियुक्त गरेको छ ।

+2 School
Counseling
Bachelors Portal