A Levels MA

काठमाडौं विश्वविद्यालयको २६औं दीक्षान्त समारोह भोलि हुने

काठमाडौं विश्वविद्यालयको २६औं दीक्षान्त समारोह भोलि हुने भएको छ । विश्वविद्यालयले भोलि प्रधानमन्त्रीको सचिवालय बालुवाटारबाट अनलाइन पद्धति मार्फत सो समारोह सञ्चालन गर्ने भएको हो ।

विद्यावारिधि, डिएम, एमसीएच तथा पदक पाउने सम्पूर्ण विद्यार्थीहरुलाई भोलि सोही कार्यक्रमबाट नै प्रमाणपत्र तथा पदक वितरण गरिने विश्वविद्यालयले जानकारी दियो ।

उक्त समारोहमा आबेदन दिने सम्पूर्ण विद्यार्थी अनलाइनमार्फत् सहभागी हुन पाउने भएका छन् । दीक्षान्त समारोहमा दीक्षित हुने अन्य विद्यार्थीहरुको प्रमाणपत्र निर्धारित शुल्क बुझाई सम्बन्धित स्कुल विभाग र सम्बन्धन प्रदत्त कलेजमा २०७७ पुस २६ गते पछि वितरण गरिने विश्वविद्यालयका रजिष्ट्रार प्राडा सुबोध शर्माले जानकारी दिए ।

Thuprai - Books and E-books