After SEE Portal

शिक्षा समिति सभापतिका लागि थापाको उम्मेदवारी दर्ता

Bridge Course

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिका लागि नेकपा (एकीकृत समाजवादी) का सांसद अम्मरबहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

आज  थापाले समितिको सभापतिका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ता गराइसकेपछि सञ्चारकर्मीहरूसंग कुरा गर्दै उनले आफू समितिको सभापतिमा सर्वसम्मत हुने विश्वास व्यक्त गरे ।

उनले शिक्षामा रहेका जटिलताहरू समाधान  गर्नेगरी अघि बढ्ने बताए । उनले शिक्षा र स्वास्थ्य जस्तो संवेदनशील कुरामा समितिमा गतिका साथ काम गर्ने प्रतिबद्धता वयक्त गरे ।

‘सर्वसम्मत होस् भन्ने चाहना छ । सबै साथीहरूले मलाई रुचाउनुहुन्छ भन्ने लाग्छ । बाँकी दिनमा शिक्षामा जुन जटिलता छ, त्यो जटिलतालाई कसरी पन्छाएर सहज बनाउने भन्नेमा गम्भीर रूपले लाग्नेछु ।’ उनले भने, ‘शिक्षा र स्वास्थ्य जस्तो संवेदनशील कुरामा मिनी संसद्को हिसावले गतिका साथ अघि बढाउनेछु । देशमा शिक्षाका लागि गुणस्तर ढङ्गले अघि बढाउने पक्षमा छु । शिक्षामा प्रतिस्पर्धा कसरी गराउन सकिन्छ रु यो कानुन कसरी ल्याउन सकिन्छ भन्नेमा म छु । शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नेछु ।’

थापाको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेल, समर्थकमा दीपा शर्मा रहेका छन् । समिति सभापतिको निर्वाचन चैत्र ७ गते हुँदैछ । 

A Levels MA