After SEE Portal

कक्षा ४ देखि १० सम्मका पाठ्यपुस्तक पुगिसके: जनक शिक्षा

Bridge Course

जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लाहरुमा कक्षा ४ देखि १० सम्मका पाठ्यपुस्तक पुगिसकेको बताएको छ । जनक शिक्षाले जेठ ५ गतेदेखि नै आफ्ना आधिकारिक बिक्री केन्द्रबाट पाठ्यपुस्तक उपलब्ध गराइरहेको जनाएको छ ।

जनक शिक्षाले सूचना जारी गर्दै विगतमा पाठ्यपुस्तक ढुवानी बिक्री वितरणको सन्दर्भमा कतिपय अवस्थामा स्थानीय बिक्रेताले पाठ्यपुस्तक प्रादेशिक कार्यालयबाट समयमा नै नलैजाने, स्थानीय बिक्रेताकोमा उपलब्ध हुँदाहुँदै पनि विद्यालयले समयमा खरिद नगर्ने जस्ता कारणहरुले विद्यार्थीले समयमा नै पाउनुपर्ने पाठ्यपुस्तकहरु पनि नपाएको देखिएको उल्लेख गरेको छ ।

‘विद्यालयहरुले पाठ्यपुस्तक प्राप्त नगरेको भएमा स्थानीय बिक्रेता मार्फत पाठ्यपुस्तक लिने व्यावस्था मिलाउनुहुन र विद्यालयहरुलाई आवश्यक पर्ने पाठ्यपुस्तकहरु स्थानीय बिक्रेताकोमा उपलब्ध नभएको भएमा कक्षा र विषय खुलाई स्थानीय बिक्रेता मार्फत केन्द्रका प्रादेशिक कार्यलयहरुमा जानकारी गराउन आग्रह गरेको छ ।’ सूचनामा भनिएको छ, ‘यो बाहेक स्थानीय तह, शिक्षा विकास तथा समन्वय एकाइ र केन्द्रीय कार्यालय सानोठिमिमा समेत जानकारी गराउनुहुन आग्रह गरेको छ ।’

पाठ्यक्रम विकास केन्द्रले विद्यालयमा पाठ्यपुस्तक उपलब्ध भए नभएको अनुगमन गर्ने 

पाठ्यक्रम विकास केन्द्रले प्रत्येक शिक्षा विकास तथा समन्वय एकाइले स्थानीय तहसँगको समन्वयमा विद्यालयमा पाठ्यपुस्तक उपलब्ध भए नभएको अनुगमन गर्न निर्देशन दिएको छ ।केन्द्रले एक सूचना प्रकाशन गर्दै  पाठ्यपुस्तक उपलब्धता सम्बन्धमा एकाइले अनुगमन गरी सोको प्रतिवेदन शिक्षा तथा मानव स्रोत विकास केन्द्र र पाठ्यक्रम विकास केन्द्रमा  पठाउन निर्देशन दिएको हो ।सो सूचनामा विद्यालय तहका पाठ्यपुस्तकको डिजिटल प्रति केन्द्रको वेबसाइटसमेत उपलब्ध रहेको उल्लेख गरेको छ । चालु शैक्षिक वर्षका लागि विद्यालय शिक्षा कक्षा १ देखि ३ सम्मका पाठ्यपुस्तक निजी मुद्रक तथा वितरक र कक्षा चारदेखि माथिका पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्र, लिमिटेडबाट छपाइ तथा वितरण भइरहेको छ ।केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेद्वारा हिजो जारी गरिएको सूचनामा मिति भने आजको लेखिएको छ । 

A Levels MA
Thuprai - Books and E-books