After SEE Portal

सानीभेरीमा एक हप्ता भित्र पाठ्यपुस्तक पुग्ने

Bridge Course

गत कात्तिक १७ गते राति ११बजेर ४७ मिनेट मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गयो । सो भूकम्पबाट सानीभेरी गाउँपालिका पश्चिम रुकुमका ४५ विद्यालय मध्ये ३२ ओटा विद्यालयमा पूर्ण क्षति पुगेको पालिकाका प्रशासकीय अधिकृत दिपक बुढाथोकीले बताए । पूर्ण रुपमा ध्वस्त भएका सरस्वती मावि अर्मडाँडा र  घामताप्ते आधारभूत विद्यालय सानीभेरीमा केही ढिला भए पनि अस्थायी सिकाइ केन्द्र निर्माण गरिएको अधिकृत वुढाथोकीले बताए ।

अधिकृत बुढाथोकीका अनुसार सो पालिकामा ४५ ओटा विद्यालय र पाँच ओटा वालविकास केन्द्रछन् । ११ हजारभन्दा बढी बालाबालिका अध्ययनरत सो पालिकाका अधिकांश बालबालिका अहिले अस्थायी सिकाइ केन्द्रमा पढिरहेका छन् । सो पालिकामा अहिले ७४ ओटा अस्थायी सिकाइ केन्द्र निर्माण गरिएको छ ।

सो पालिकाको वडा नम्बर १ र ५ मा भूकम्पले धेरै घर तथा विद्यालयमा क्षति पुर्याएको छ । पूर्ण रुपमा ध्वस्त भएका  घरमा बालबालिकाका पाठ्यपुस्तक लगायत सम्पूर्ण स्टेसनरी सामान पुरिएको शिक्षा शाखा अधिकृत भूपाल सिं विष्टले बताए । अधिकृत विष्टका अनुसार पालिकाले स्टेसनरी सामग्री प्रदान गरिसकेको छ ।

सो पालिकामा मात्र करिब ३०० बालबालिकाको पाठ्यपुस्तक पुरिएका छन् । सोको विवरण सहित प्रदेश सामाजिक विकास मन्त्रालयमा पाठ्यपुस्तक माग गरिसकिएको छ । सामाजिक विकास मन्त्रालयले तत्काल बजेट व्यवस्थापन नगरेमा पनि पालिकाले पछि सोध भर्ना गर्ने गरी एक हप्ता भित्र पाठ्यपुस्तक पुर्याउने गरी खरिद गर्ने अधिकृत विष्ट बताउँछन् । ‘मन्त्रालयबाट आउने गरी छलफल अघि बढेको छ, तत्काल बजेट विनियोजनमा समस्या भए हामी पालिकाले नै खरिद गरेर भए पनि पाठ्यपुस्तक एक हप्ता भित्र ल्याउँछौं ।’ उनले भने, ‘जनक शिक्षामा पाठ्यपुस्तक स्टक रहेन छ भने केही थान पाठ्यपुस्तक तयारी राख्न अनुरोध पनि गर्छौं ।’

३० प्रतिशत विद्यार्थी प्रभावित

मन्त्रालयका अनुसार प्रभावित विद्यालयमा अध्ययनरत कूल विद्यार्थीमध्ये ३० प्रतिशत भूकम्पबाट प्रभावित भएका छन् । भूकम्पबाट क्षति भएका जाजरकोट र रुकुमपश्चिमका विभिन्न विद्यालयमा अध्ययनरत एक लाख ३३ हजार ६८७ जनामध्ये ४० हजार ११० विद्यार्थी भूकम्पबाट प्रभावित भएको सामाजिक विकास मन्त्रालय शिक्षा अधिकृत बलबीर सुनारले बताए ।

सो भूकम्पमा परी ७३६ विद्यालयमा क्षति पुगेको छ । ती मध्ये २०८ ओटा विद्यालयमा पूर्ण रूपमा क्षति पुगेको छ भने ४१८ विद्यालय आंशिक रूपमा क्षति पुगेको छ ।

जाजरकोटमा १७३ पूर्ण रूपमा र ४०८ विद्यालयमा आंशिक रूपमा क्षति पुगेको छ । त्यसैगरी रुकुम पश्चिममा ३५ पूर्ण र १० विद्यालयमा आंशिक रूपमा क्षति पुगेको प्रदेश सामाजिक विकास मन्त्रालयले जानकारी दियो । अधिकृत सुनारका अनुसार जाजरकोटमा ७५ हजार ८५३ विद्यार्थीमध्ये २२ हजार ७५९ र रुकुम पश्चिममा ५७ हजार ८३४ विद्यार्थीमध्ये १७ हजार ३५१ जना भूकम्पबाट प्रभावित भएका छन् । भने भूकम्पले १४ हजार ६ सय  भन्दा बढीको पाठ्यपुस्तक पुरेको मन्त्रालयले जानकारी दियो ।

A Levels MA