CMAT

टेक्सास इन्टरनेशनल स्कुलद्वारा सरस्वती पूजा तथा भवन उद्घाटन कार्यक्रम सम्पन्न

Bachelors Portal

टेक्सास इन्टरनेशनल स्कुल, सिफल, चाबहिलमा सरस्वती पूजा तथा नया भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

आधुनिक शिक्षा पद्धतिलाई  अवलम्बन गरी शैक्षिक क्षेत्रमा अग्रणी स्थानमा सफल विद्यालयले नयाँ भवन सरस्वती पूजाकै विशेष दिनमा उद्घाटन गरेको हो ।

भवन उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष प्रा. डा केशव कुमार श्रेष्ठ, सी. ई. ओ भेषराज पोखरेल तथा प्रिन्सिपल श्याम सुन्दर श्रेष्ठले नयाँ भवन निर्माणपछि टेक्सास स्कुलले शैक्षिक गुणस्तरमा गुणात्मक वृद्धि गरिने कुरालाइ विशेष जोड दिनुभयो ।

प्रविधि मैत्रि शिक्षण पद्धतिलाई व्यवहारिक शिक्षामा बिशेष जोड दिँदै आएको टेक्सास स्कुलले विद्यार्थीको सर्वाङ्गीण विकासलाई जोड दिँदै अतिरिक्त तथा शैक्षिक क्रियाकलापमा अगाडी बढाउदै काठमाडौं जिल्लाका मात्र नभई पूर्व मेचिदेखी पश्चिम महाकाली सम्म टेक्सासले अग्रणी स्थान स्थापना गर्नेछ । “बालमैत्री भवन आधुनिक शिक्षण पद्धति तथा प्रतिवद्ध शिक्षक, अभिभावकको साथ सहयोगले टेक्सास आज यो स्थानमा उभिन सफल भएको छ” कार्यकारी प्रमुख भेषराज पोखरेलले बताउनुभयो ।

स्कुलका प्रिन्सिपल श्याम सुन्दर श्रेष्ठले सम्पूर्ण उपस्थित अथिति, अभिभावक र विद्यार्थीहरुलाई स्वागत गर्दै टेक्सासको उचाई प्रत्येक वर्ष वढ्ने रहेको बताउनुभयो । कार्यक्रममा स्कुल र कलेजका झण्डै ५हजार विद्यार्थीले सरस्वती पूजामा सहभागीता भएका थिए।

Thuprai - Books and E-books
I Tech store