After SEE Portal

विद्यार्थीको सिप विकास गर्ने उद्देश्यले टेक्सास कलेजले तीन संस्थासंग सम्झौता गर्यो

Bridge Course

टेक्सास कलेज अफ म्यानेजमेन्ट र आईटीले स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुको सिपविकास र पुनर्ताजगी सिप तथा ज्ञानको प्रवर्धनका लागि तिन संस्थासंग सम्झौत गरेको छ ।

टेक्सासले मूल्यसहितको बैकल्पिक वैज्ञानिक तथा समाहित शैक्षिक वातावरणको निर्माण गर्ने विश्वाससहित फ्याङ्क्लिन कोभे, नेसनल ब्यैङ्किङ इन्टिच्युट र स्किल ल्याबसंग सम्झौता गरेको हो ।

उक्त सम्झौतापत्रमाटेक्सास कलेजका सिइओ तथा प्रिन्सिपल भेषराज पोखरेल, इन्टिच्युटका कुमार लम्सालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

दुवै तहका विद्यार्थीलाई ब्यैङ्किङ तथा विमा सम्बन्धि तालिम प्रदान गर्ने उद्देश्यले सम्झौता गरेको कलेजले जानकारी दियो । त्यस्तै फ्याङ्क्लिन कोभे नेपाल र भुटान तथा एपियानी स्क्वार्ड प्रालीका सिइओ नारायण प्रधानले कोभेका ‘सेभेन ह्याविट अफ हाइल्ली इफेक्ट पिपुल’ प्रस्तुत गर्ने प्रस्तावका साथै टेक्सास कम्युनिटीका उदाहरण स्वरुप उद्यमीहरुलाई प्रारम्भिक सिप विकास केन्द्र विकास गर्ने उद्देश्य सहित स्किल नेपालका किशोर मण्डलले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पत्रको मुख्य उद्देश्य लक्ष्य प्राप्ति अनुभवि र विकास प्रतिवद्ध संस्थाहरुसंग समन्वय कायम गराउने उद्देश्यले तीनै संस्थासंग सम्झौता गरेको हो । विद्यार्थीलाई सहयोग गर्न चाहने यस्ता उद्यमी तथा विशेषज्ञ हरुसंगको संस्थागत समन्वयले उनीहरुमा समकालीन प्रयोगात्मक ज्ञान र सिप वृद्धिको सुनिश्चितता गर्ने विश्वास गरिएको छ ।

A Levels MA
Thuprai - Books and E-books