After SEE Portal

भर्चुअल कक्षा सञ्चालन गर्दै टेक्सास कलेज

Bridge Course

विश्व कोरोना भाइरस (कोभिड –१९) को संक्रमणले आक्रान्त भई अधिकांश देशका विद्यालय तथा विश्वविद्यालय बन्द रहेको समयमा राजधानीको टेक्सास कलेजले चैत्र २३ गतेदेखि भर्चुअल कक्षा सञ्चालन गर्ने भएको छ ।

विद्यार्थीको आवश्यकतालाई महसुस गरी कलेजले अनलाइन कक्षा सञ्चालन गर्ने भएको हो । लक डाउनको अवस्थामा विद्यार्थीले घरैमा बसी बसी पढ्न पाउने र विद्यार्थीको पठनसंस्कृति यथावत कायम राख्न कलेजले भर्चुअल कक्षा सञ्चालन गर्न लागेको कलेजका प्रिन्सिपल भेष राज पोख्रेलले बताए । ‘विद्यार्थीको खाली समयलाई सही ढंगले उपयोग गरी जस्तो अवस्थामा पनि गुणस्तरीय शिक्षा प्रदान गर्न कलेजले अनलाइन कक्षा सञ्चालन गर्न लागेको हो ।’ कलेजका प्रिन्सिपल पोख्रेलले भने, ‘विद्यार्थीको स्वास्थ्य लार्इ मध्यनजर गर्दै पठनपाठनलाई निरन्तरता दिन यो सुविधा सुचारु गरेका हौं ।’

 भर्चुअल कक्षा सञ्चालनका लागि सम्पूर्ण तयारी सकिएको कलेजका आइटी इन्चार्ज ओमकार बस्नेतले जानकारी दिए । ‘हामी भर्चुअल कक्षा सञ्चालनका लागि तयारी अवस्थामा छौं ।’ इन्चार्ज बस्नेतले भने, ‘हाललाइ यो कक्षा ब्याचलर पढिरहेका आइटीका विद्यार्थीले दिनको एक घन्टाका दरले पढ्न पाउने र आगामी दिनमा सम्पूर्ण संकायमा यो कक्षा सञ्चालनमा ल्याउँछौं’ कलेजका आइटी प्रमुख सुमन थपलियाले भने ।

‘कोरोना भाइरस संक्रमणको यो विकराल अवस्थामा सम्पूर्ण विद्यार्थीले कलेजको कदमलाई सहर्ष अवलम्बन गर्ने पक्षमा कलेज परिवार निश्चिन्त रहेको कलेजका भाईस प्रिन्सिपल श्याम सुन्दर श्रेष्ठले बताए ।

कोरोना भाइरसको इपिसेन्टर चीनबाट अहिले युरोपमा सरेको छ । सबैजसो देशहरु यसबाट प्रभावित छन् ।कोरोनासँग लड्न देशहरुले अनेक रणनीति अवलम्बन गरिरहेका छन् । यसमा पनि सबैले अपनाएको साझा रणनीति हो लकडाउन । प्रायः देशहरुमा अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द छन्, नेपालमा पनि सोही अवस्था छ । यस कारण विद्यार्थीको पठनपाठनमा बाधा नपुर्याउने उद्देश्यले यो कक्षा सञ्चालन गर्न लागिएको कलेजले जानकारी दियो।

A Levels MA
Thuprai - Books and E-books