CMAT

के.एम.सीमा टेक्नो फेस्ट ५.० सम्पन्न

Bachelors Portal

महालक्ष्मी नगरपालिका वडा नं. २ मा अवस्थित काठमाडौं मोडल सेकेन्डरी स्कुलमा एक दिवसीय टेक्नो फेस्ट भव्यताका साथ सम्पन्न भएको छ ।

महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा ललितपुर महानगरपालिका र आसपासका ५६ विद्यालयहरूको सहभागिता रहेको थियो ।

महालक्ष्मी नगरपालिका तथा रोबोटिक्स एसोसिएसन अफ नेपालसंगको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा ३५ वटा प्रोजेक्ट तथा २१ वटा रोबो रेस प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा सहभागीमध्ये रोबो रेसतर्फ भि.एस. निकेतन माध्यमिक विद्यालयले प्रथम स्थान, के.एम.सी स्कुल, बुद्धनगरले द्वितीय स्थान र काठमाडौं मोडल सेकेन्डरी स्कुल, बागबजारले तृतीय स्थान हात पार्न सफल भएका थिए । त्यसैगरी साइन्स एक्स्पोतर्फ त्रियोग स्कुलले प्रथम स्थान, के.एम.सी. स्कुल, बुद्धनगरले द्वितीय र काठमाडौंं कलेज अफ सेन्ट्रल स्टेटले तृतीय स्थान हासिल गरेका थिए ।

विजेता समूहहरूलाई क्रमश  नगद रु.  १० हजार, ७, हजार र हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

बङ्गलादेशबाट आएको अप्रतियोगी टिमले एटलसको प्रदर्शनी विद्यार्थीहरूको आकर्षणको केन्द्र बनेको थियो । उक्त कार्यक्रममा के.एम.सी., ललितपुरका विद्यार्थीहरूका सांस्कृतिक नृत्य तथा हस्तकला प्रदर्शनले विद्यार्थीहरूको मन जित्न सफल भएको थियो ।

कार्यक्रममा बोल्दै के.एम.सी. नेटवर्कका डाइरेक्टर तथा हिमालयन इन्जिनियरिङ कलेजका प्रिन्सिपल किशोर गौतमले के.एम.सी. नेटवर्कले आफ्ना विद्यार्थीहरूलाई युग सुहाउँदो शिक्षा दिँदै आएको र यस्ता कार्यक्रमहरू भविष्यमा पनि आयोजना गरिने जानकारी दिए ।

के.एम.सी. नेटवर्क का डाइरेक्टर तथा के.एम.सी. ललितपुरका अध्यक्ष डा. दुर्गाजङ्ग के.सी., के.एम.सी. नेटवर्कका डाइरेक्टर मुक्तिराम अर्याल, के. एम.सी. बाल कुमारीका पूर्व प्राचार्य सुरेन्द्र सुवेदी, काठमाडौं मोडल सेकेन्डरी स्कुल, बागबजारका प्राचार्य डा. नगेन्द्र अर्याल, के.एम.सी. एल्मुनाई एसोसियसनका अध्यक्ष अच्युतम गौतम लगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा मोडल इनिस्टिच्युट अफ टेक्नोलोजीका सिइओ आर.के ढकाल तथा रोबटिक्स एसोसिएसन अफ नेपालका अध्यक्ष ओमकार जैसवालको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै काठमाडौं मोडल सेकेन्डरी स्कुल, ललितपुरका प्राचार्य सुनिल गैरेले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको सिर्जनात्मक क्षमतालाई थप ऊर्जा प्रदान गर्ने भएकाले आगामी दिनहरूमा पनि यस्तै रचनात्मक कार्यक्रमहरू आयोजना गर्ने योजना रहेको जानकारी दिए ।

बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालित उक्त कार्यक्रमको उद्घोषण के.एम.सी. ललितपुरका विज्ञान सङ्कायका संयोजक किशोर जि.सी.ले गरेका थिए ।

Thuprai - Books and E-books
I Tech store