After SEE Portal

मुलुकको विकासमा प्रविधियुक्त शिक्षा आवश्यक

Bridge Course

काठमाडौँ, २६ भदौ (रासस): मुलुकको विकासका लागि प्रविधियुक्त शिक्षा आवश्यक रहेको आज यहाँ आयोजिक कार्यक्रमका वक्ताले बताउनुभएको छ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले आयोजना गरेको ‘रोबोटिक्स प्रदर्शनी तथा प्रमाणपत्र वितरण समारोहमा’का वक्ताले विज्ञान र प्रविधिमूलक शिक्षा प्रदान गर्दै मुलुकको विकासमा लाग्नुपर्नेमा जोड दिनुभएको हो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता नवीन्द्रराज जोशीले प्रविधिको सुरक्षित तवरले प्रयोग गरी समुन्नत नेपाल बनाउने अभियानमा लाग्नुपर्ने बताउनुभयो । “समयसापेक्ष विज्ञान, प्रविधिसँग मित्रता जोड्नुपर्छ”, उहाँले भन्नुभयो । उहाँले विज्ञान र प्रविधिको पहुँच स्थानीयस्तरसम्म पु¥याउन सरकार लाग्नुपर्ने बताउनुभयो ।

गणेशमान सिंह अध्ययन प्रतिष्ठानका सचिव डा भूपेन्द्र बस्नेतले विज्ञान र प्रविधितर्फ विद्यार्थीलाई जागरुक बनाउन उक्त प्रदर्शनी आयोजना गरिएको जानकारी दिनुभयो । शान्ति निकुञ्ज माध्यमिक विद्यालय वसन्तपुरमा भएको उक्त कार्यक्रममा गीतामाता मावि, ज्ञानोदय मावि, जनप्रभात मावि, नीलबाराही मावि, पञ्चकन्या मावि, परोपकार मावि, सीतापाइला मावि, युवा सहभागिता मावि र शान्ति निकुञ्ज माविका विद्यार्थीले रोबोटिक्स प्रदर्शन गरेका थिए । सो अवसरमा पूर्वमन्त्री जोशीले प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई प्रमाणपत्र वितरण गर्नुभयो ।

A Levels MA