After SEE Portal

काठमाडौँ विश्वविद्यालयमा योगिक साइन्स र वेलविइङ  विषयको अध्यापन सुरु

Bridge Course

काठमाडौँ विश्वविद्यालयले स्नातक तहमा  योगसम्बन्धी  ‘योगिक साइन्स र वेलविइङ’ विषयको पठनपाठन सुरु गरेको छ । चार वर्षे उक्त कक्षा  ‘स्कूल अफ आर्ट्स र स्कूल अफ मेडिकल साइन्सेज’ले संयुक्तरुपमा सञ्चालन गर्न सुरु गरेका हुन् ।

उच्च क्षमतायुक्त योग विज्ञ तथा अन्वेषकबाट अध्यापन हुने यो कोर्सको सबै व्यवस्थापन स्कूल अफ आर्टस्ले गरेको विश्वविद्यालयले जानकारी दियो ।

अन्तर्राष्ट्रियरुपमै विश्वविद्यालय तहमा योगको अध्यापन हुनुपर्छ भन्ने मान्यता समेत विकसित भइरहेकाले त्यसलाई मध्यनजर गरेर विश्वविद्यालयले यस विषयको पठनपाठन सुरु गरेको हो ।

विश्वविद्यालयले योग शिक्षाका माध्यमद्वारा ज्ञान र विज्ञानलाई पूर्वीय र पाश्चात्य दर्शनसँगै संयोजन गर्दै सकारात्मक सोच, नैतिकता, निष्ठा र विश्वमा आत्मीय सौहार्दपूर्ण वातावरण सिर्जना र परिपूर्ति गर्ने उद्देश्य लिएको जनाएको छ । 

अध्ययनका क्रममा विद्यार्थीले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग सहकार्य गर्दै प्रयोगशाला, आरोग्य केन्द्र, आश्रम, गुरुकूल तथा योग संस्थामा प्रयोगात्मक प्रशिक्षण र इन्टर्नशिप तथा अनुसन्धान गर्ने अवसर पाउने विश्वविद्यालयले जनाएको छ ।

अरु विश्वविद्यालयको तुलनामा योगसँग सम्बन्धित व्यापक र गहन विषय समावेश गरी योगलाई अनुसन्धान र प्रविधियुक्त बनाउन लागिएकाले उच्च शिक्षामा गुणस्तरीय जनशक्ति उत्पादनमा सघाउ पुग्ने बताइएको छ ।

A Levels MA
Thuprai - Books and E-books