After SEE Portal

रोस्टर बन्न इच्छुक शिक्षकले माघ मसान्तभित्र आवेदन दिनु पर्ने

Bridge Course

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा ११ र १२ ले रोस्टरका लागि माघ मसान्तभित्र आवेदन माग गरेको छ ।

बोर्डलेप्रश्न पत्र निर्माण, प्रश्न पत्र परिमार्जन, उत्तर पुस्तिका परीक्षण र संपरीक्षण, परीक्षा पर्यवेक्षण, प्रयोगात्मक परीक्षाको बाह्य परीक्षक प्रशिक्षक प्रशिक्षणलगायत अन्य कार्यहरूमा सहभागी  गराउने उद्देश्यले आवेदन माग गरेको हो ।इच्छुक शिक्षकहरूले निर्धारित समयमा विवरण अद्यावधिक गर्ने सूचित गरेको छ ।

बोर्डद्वारा सम्पादन हुने परीक्षा सम्बन्धी कार्यहरुमा सहभागी हुन इच्छुक शिक्षकहरूको विवरण अद्यावधिक गर्न आवेदन माग गरेको छ ।विवरण अद्यावधिका लागि कक्षा ११ र १२ मा अध्यापनरत इच्छुक शिक्षकहरूले आफू सहभागी हुन चाहेको क्षेत्र, अध्यापनरत विषय, विशिष्टीकृत विषय र अध्यापन अनुभव वर्ष उल्लेख गरी नागरिकताको प्रतिलिपि एवं माथिल्लो शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि संलग्न गरी सम्बन्धित विद्यालयमा बुझाउनु पर्ने छ ।

A Levels MA
Thuprai - Books and E-books