After SEE Portal

‘टिचर्स इन पोखरा’ सम्पन्न

Bridge Course

पोखरा, २५ चैत (रासस) : शिक्षक तालीम तथा कार्यशाला गोष्ठी ‘टिचर्स इन पोखरा’ ले १५ बुँदे घोषणापत्र आइतबार सार्वजनिक गरेको छ । नेपालका शिक्षाविद्हरुको समेत संलग्नतामा तयार पारिएको सो घोषणापत्रमा शैक्षिक समुदाय तथा नीति निर्माण तयार गरी सम्बन्धित निकायसम्ममा ठोस सन्देश पु¥याउन र शिक्षालाई अझ आधुनिक गर्नुपर्नेलगायतका विषय उल्लेख गरिएको छ ।

एक्काइसौँ शताब्दीका चुनौतीलाई आत्मसात गर्न विश्व नागरिक तयार पार्ने अभियानमा घोषणापत्रको महत्वपूर्ण भूमिका रहने बताइएको छ । तालीममा शिक्षविद्् प्रा डा विद्यानाथ कोइराला, केपिज विश्वविद्यालय नेदरल्याण्ड्सका प्राध्यापकद्वय यान हाइमन्स तथा बट टोलले ‘वर्तमान सन्दर्भमा राष्ट्रिय तथा स्थानीय पाठ्यक्रमका ढाँचा’, ‘२१औँ शताब्दीमा शिक्षा तथा विद्यालय’ र ‘एक नैतिक समुदाय’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

राष्ट्रिय शिक्षक सीप विकास फाउण्डेशन कास्कीको आयोजना तथा कर्मफ्लाइटस् फाउण्डेशन कास्की र भाष्कर मेमोरियल स्कूलको सहआयोजनामा चैत १९ देखि २१ सम्म आयोजित सो सम्मेलनमा गण्डकी प्रदेशअन्र्तगत, कास्की, तनहुँ तथा बागलुङका ६० विद्यालयका १२० शिक्षक तथा ४० प्राचार्यको सहभागिता थियो ।

तालीममा आफूले सिकेका कुरा आ–आफना विद्यालयमा कसरी कार्यान्वयनमा लैजाने, त्यसका चुनौती तथा समाधान तरिका सम्बन्धमा तालीममा जानकारी गराइएको थियो । सोही अवसरमा शिवशक्ति क्याम्पस र केपिज विश्वविद्यालयका पदाधिकारीबीच शैक्षिक कार्यक्रम आदान–प्रदानसम्बन्धी सम्झौता भएको थियो ।

A Levels MA