After SEE Portal

शिक्षकलाई अबदेखि मासिक तलब खुवाइने

Bridge Course

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले शिक्षकलाई अबदेखि मासिकरुपमा तलब उपलब्ध गराउने भएको छ । शिक्षण पेशाका कर्मचारीलाई चौमासिक तलब भुक्तानी गर्दा सधैँ आर्थिक समस्यामा परिरहने अवस्थाको अन्त्य गर्न नगरपालिकाले उक्त निर्णय गरेको जनाएको छ । चौमासिक तलब भुक्तानीलाई अन्त्य गर्दै हरेक महीनाको ५ गतेभित्र मासिक तलब निकासा गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख अमानसिंह तामाङले बताउनुभयो ।

शिक्षक, कर्मचारी र बालविकासका सहयोगीसमेतलाई अबको आर्थिक वर्षबाट मासिकरुपमा तलब निकासा गर्ने बताइएको छ । “अबको चरण भनेको गुणस्तरीय शिक्षाको हुनेछ जसको पहिलो कडी शिक्षकको आर्थिक समस्यालाई हल गर्दै चौमासिक तलबलाई हामी मासिक गराउने छौँ । शिक्षा क्षेत्रमा केही नयाँ अभ्यास गर्ने चरणमा छौँ हामीले सधैँ शैक्षिक गुणस्तरका कुरा ग¥यौँ, यो भएन त्यो भएन भन्यौँ तर शिक्षकलाई हेरेनौँ”, नगरप्रमुख तामाङले भन्नुभयो ।

नगरपालिकाभित्रका सबै तहका गरेर ४५१ शिक्षक, लेखा कर्मचारी, कार्यालय सहयोगी र ६५ वटा बालविकासका सहयोगीसमेतलाई मासिक तलब भत्ताको व्यवस्था गर्न कठिन भए पनि शिक्षक, कर्मचारीको हितमा नयाँ अभ्यासको थालनी गर्ने निर्णय गरिएको नगरप्रमुख तामाङको भनाइ छ ।

हालसम्म पनि शिक्षकहरुले चौमासिक तलब भुक्तानी पाउँदै आएकामा सम्भवतः मासिक तलब भुक्तानीको निर्णय गर्ने चौतारा साँगाचोकगढी पहिलो नगरपालिका बनेको छ ।

A Levels MA