After SEE Portal

मध्यपश्चिम विश्वविद्यालयका शिक्षक विद्यार्थी आन्दोलित

Bridge Course

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले राजनीतिक पूर्वाग्रह तथा स्वेच्छाचारी रुपमा विश्वविद्यालयलाई सञ्चालन गर्न खोजेको आरोप लगाउँदै प्रध्यापकहरुले दोस्रो चरणको आन्दोलन सुरु गरेका छन् ।

नेपाल राष्ट्रिय प्राध्यापक संगठनले आजदेखि अर्को चरणको आन्दोलन थालेको हो । संगठनले अर्को चरणको आन्दोलन अन्तर्गत आजदेखि दैनिक दुई घण्टाको दरले केन्द्रीय क्याम्पसको गेटमा भण्डाफोर कार्यक्रम गर्ने, विश्वविद्यालयको केन्द्रीय क्याम्पसदेखि केन्द्रीय कार्यालय र विस्तारित कार्यालयसम्म प्लेकार्डका साथ र्‍याली गनुका साथै विश्वविद्यालयका कार्यक्रम बहिष्कार गर्ने संगठनका अध्यक्ष सिंहराज गुरुङले बताए ।

प्रशासनले संगठनको मागलाई पुनः वेवास्ता गरेमा रिले र आमरण अनसन गर्ने समेत चेतावनी दिएको छ । संगठनले विश्वविद्यालयका शिक्षक तथा कर्मचारीलाई गालीगलौज गर्ने, मानहानीको भाषा प्रयोग गर्ने तथा अमानवीय व्यवहार गर्ने गरेको र विश्वविद्यालयलाई आफन्तको भर्ती केन्द्र बनाएको आरोप अध्यक्ष गुरुङले लगाए । ‘उपकुलपतिज्यूको स्वेच्छाचारी र हुकुमी शैली पाच्य छैन, हाम्रा कुराप्रति विश्वविद्यालय प्रशासन मौन छ,’ उनले भने, ‘जसले गर्दा बाध्य भएर आजदेखि अर्को चरणको आन्दोलन शुरु गरेका हौं ।’

विद्यार्थीहरुले एक सातादेखि आन्दोलन गर्दै आएका छन् । विद्यार्थीको आन्दोलनका कारण विश्वविद्यालयले पूर्वघोषित परीक्षा कार्यक्रम स्थगित गरिसकेको छ । वार्ता र संवादबाट समस्या समाधान गर्ने भन्दै विश्वविद्यालयले आजदेखि सञ्चालन हुने सबै परीक्षा एक हप्ताका लागि स्थगित गरिसकेको छ ।

उपकुलपति सिंहले आस्थाका कारण कमैचारीलाई कारबाही गर्ने, लगायतका आरोप सहित विभिन्न १५ बुँदे माग राखेर संगठन तीन महिना अघिदेखि आन्दोलनमा उत्रिएको छ ।

A Levels MA
Thuprai - Books and E-books