शिक्षक लाइसेन्स बिज्ञापनको पेशी सरेको सरै

काठमाडौं । सर्वोच्च अदालतमा शिक्षक लाइसेन्स विज्ञापन खारेजीको माग गर्दै परेको मुद्दाको पेशी सरेको छ । अन्तिम फैसला हिजो २४ भदौंमा हुने भनिएपनि पालो नआएपछि २९ भदौका लागि सरेको छ।

 माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन)ले  शिक्षक लाइसेन्स विज्ञापन खारेजीको माग गर्दै गत साउन २८ गते सोमबार साढे १० बजे सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो ।

                                  


माध्यमिक विद्यालय शिक्षक युनियनका अध्यक्ष पुष्प न्यौपालेले भने, ‘दोस्रो नम्बरमा पालो परेपनि पहिलो नम्बरको मुद्दा लम्बिएपछि फैसला हुन सकेन । २९ गते विज्ञापनको खारेजीको फैसला आउनेमा ढुक्क छौं ।’


शिक्षक युनियनले दायर गरेको मुद्दामा गत आइतबार बहस भएको थियो । बहस सकिएपछि सर्वोच्चका न्यायधीश दिपककुमार कार्कीको एकल इजलाशले २४ भदौमा अन्तिम फैसला सुनाउने निर्णय गरेको थियो ।


यसअघिको इजलाशले शिक्षक सेवा आयोगका उच्च अधिकारीलाई झिकाउन आदेश दिएको थियो । आयोगले खोलेको लाईसेन्स परीक्षामा उल्लेखीत विज्ञापन नम्बर ३५ ले आफूहरुलाई समेट्न नसक्ने भन्दै शिक्षक यूनियनका अध्यक्ष न्यौपाने सहित ६ जना शिक्षकहरुले मुद्दा दर्ता गरेका थिए ।


Degrees offered in nepal
Counseling
Bachelors Portal