After SEE Portal

शिक्षक सेवा आयोग अध्यापन अनुमति पत्रको परीक्षा मिति सम्बन्धी जरुरी सूचना

Bridge Course

नेपाल सरकार शिक्षक सेवा आयोग

सानोठिमी भक्तपुर अध्यापन अनुमति पत्रको परीक्षा मिति सम्बन्धी जरुरी सूचना यस आयोगबाट मिति २०७६/०३/०२ गते प्रकाशित अध्यापन अनुमति पत्रको विज्ञापन बमोजिम सञ्चालन हुने परीक्षा सम्बन्धमा देहाय बमोजिम हुने गरी सूचना प्रकाशित गरिएको छ ।


१. परीक्षा कार्यक्रम :

क्र.सं.

तह

परीक्षा मिति

समय विहान

प्राथमिक

२०७६/०६/०९

विहान ८.०० वजेदेखि

माध्यमिक

२०७६/०६/१०

विहान ८.०० वजेदेखि

निम्न माध्यमिक

२०७६/०६/११

विहान ८.०० वजेदेखि



२. प्रवेश पत्र पाउने तरिका र परीक्षा केन्द्रः अध्यापन अनुमति पत्रको परीक्षाका लागि प्रवेश पत्र ऑफै प्रिन्ट गर्न सकिनेछ । सो प्रवेश पत्र प्रिन्ट गर्नका लागि २०७६ भाद्र १५ गतेपछि सूचना प्रकाशित गरिनेछ । परीक्षा सञ्चालन हुने जिल्ला र केन्द्रहरु उक्त सूचनामा प्रकाशित गरिनेछ । 

३. वस्तुगत प्रश्नको की (Key) वा प्रश्न सेट र उत्तरमा सङ्केत गर्ने तरिका : वस्तुगत खण्डको उत्तर Optical Mark Reader (OMR) मेशिनद्वारा परीक्षण गरिने छ । त्यसैले, वस्तुगत उत्तरपानालाई मोइन वा कुच्याउनु हुँदैन । कुच्चिएको पानाको उत्तर मेशिनले नपढ्न सक्छ । परीक्षार्थीले वस्तुगत प्रश्नमा उल्लेख गरेको प्रश्नको की वा सेट (क, ख, ग वा घ मध्ये कुनै एक) आफ्नो वस्तुगत उत्तरपानामा अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ । जस्तै, तपाईको प्रश्नको की (ख) भए वस्तुगत उत्तरपानामा देहाय अनुसार गोलाकार सड़केतमा मसी भरी चिन्ह लगाउनु पर्नेछ । क. o ख. . ग. o घ. वस्तुगत प्रश्नको उत्तर सड़केत गर्दा समेत त्यसैगरी A,B,C वा D जनाउने कुनै एक गोलाकारभित्र मसी भर्नुपर्नेछ । 

४. मसीको प्रयोग : परीक्षामा अनिवार्य रुपमा कालो मसी मात्र प्रयोग गर्नुपर्नेछ । 

५. गलत उत्तरवापत अक कट्टा हुने : वस्तुगत प्रश्नको उत्तर गलत भएमा प्रत्येक गलत उत्तरको लागि २० प्रतिशत अइक कट्टा गरिनेछ । 

६. परीक्षाको विवरण : परीक्षा अवधि तीन घण्टाको हुनेछ । वस्तुगत प्रश्नको समय ४० मिनेट हुने र सो अवधिभित्र वस्तुगत प्रश्न हल गरी अनिवार्य रुपमा फिर्ता गर्नुपर्नेछ । तर ४० मिनेट अगावै वस्तुगत प्रश्न हल गरी बुझाएमा विषयगत प्रश्न वितरण गरिनेछ । विषयगततर्फ आफ्नो विषयको शिक्षण कलासम्बन्धी प्रश्न (खण्ड क) र सामान्य पेसागत ज्ञानसम्बन्धी प्रश्न (खण्ड ख) को उत्तर अलगअलग उत्तरपुस्तिकामा लेख्नुपर्नेछ ।


A Levels MA