After SEE Portal

कक्षा १० र १२ को टिकाउ दरमा १.८ प्रतिशतले बृद्धि

Bridge Course

आर्थिक वर्ष २०७६–०७७ मा कक्षा १०  र १२ को टिकाउदरमा १.८ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो शैक्षिक सत्रमा  कक्षा १० को टिकाउ दर ५८.५ प्रतिशत रहेको मा यो वर्ष वृद्धि भएर ६०.३ प्रतिशत पुगेको छ । त्यस्तैगरी कक्षा १२ को टिकाउ दरमा पनि यो वर्ष वृद्धि भएको देखिएको छ । आर्थिक वर्ष २०७६–०७७ मा कक्षा १२ को  टिकाउदर २४ प्रतिशत पुगेको छ । गतवर्ष कक्षा १२ को  टिकाउ दर २२.२ प्रतिशत रहेकोमा यो वर्ष वृद्धि भएर २४ प्रतिशत पुगेको हो ।

अर्थमन्त्रलयले सार्वजनकि गरेको आर्थिक सर्वेक्षण २०७६–०७७ मा दुवै कक्षाको टिकाउदरमा गतवर्ष भन्दा १.८ प्रतिशतले वृद्धि भएको  देखिएको हो ।

आर्थिक वर्ष २०७४–०७५ मा कक्षा १० को टिकाउ दर ५७.१ प्रतिशत र कक्षा १२ सम्मको १७.२ प्रतिशत मात्र रहेको थियो । माथिको तथ्याङ्कलाई हेर्दा कक्षा १२ सम्मको टिकाउ दर हरेक वर्ष क्रमशः वृद्धि हुँदै गएको देखिएको छ ।

यस्तै सर्वेक्षणले प्राथमिक तहको खुद भर्नादर ९७.१ प्रतिशत, आधारभूत तहको ९३.४ प्रतिशत र माध्यमिक तहको ४७.६ प्रतिशत पुगेको उल्लेख गरेको छ । शैक्षिक सत्र २०७५ मा प्राथमिक तहको खुद भर्नादर ९६.५ प्रतिशत, आधारभूत तहको ९२.२ प्रतिशत र माध्यमिक तहको ४६.४ प्रतिशत रहेको सर्वेक्षणमा उल्लेख छ ।

सर्वेक्षणले आर्थिक वर्ष ०७६–०७७ मा कुल ग्रार्हस्थ्य उत्पादनमा शिक्षा क्षेत्रको योगदान ७.७ प्रतिशत हुने अनुमान गरेको छ । गतवर्ष यो क्षेत्रको ग्रार्हस्थ्य उत्पादन ७.१ प्रतिशत मात्र रहेको थियो । यो वर्ष शिक्षा क्षेत्रको वृद्धिदर ४.९ रहने अनुमान सो सर्वेक्षणले गरेको छ ।

A Levels MA
Thuprai - Books and E-books