After SEE Portal

कृषि तथा वन विज्ञान विश्वविद्यालको एक वर्षदेखि रोकिएका परीक्षाफल प्रकाशन

Bridge Course

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा रोकिएका शैक्षिक तथा प्रशासनिक गतिविधि पुनः सञ्चालनमा आएका छन् । लामो समयदेखि पदाधिकारी विहीन विश्वविद्यालयमा उपकुपतिको नियुक्तिसंगै रोकिएको परीक्षाफल प्रकाशन तथा अन्य शैक्षिक गतिविधि सञ्चालनमा आएका हुन् ।

लामो समयसम्म कुरुक्षेत्र जस्तै बनेको विश्वविद्यालयले गत वर्षको कार्तिक महिनादेखि रोकिएको विभिन्न सेमेस्टरको परीक्षाफल प्रकाशित गर्नुका साथै अन्य शैक्षिक तथा प्रशासनिक गतिविधि पुनः सञ्चालनमा ल्याएको छ ।

छैटौँ सेमेस्टरको विद्यार्थीहरु नवौँँ सेमेस्टरमा पुग्दासम्म प्रकाशन हुन नसकेको परीक्षाफल प्रकाशन तथा रोकिएका परीक्षा र परीक्षाफल पुनः सञ्चालन गर्न लागिएको विश्वविद्यालयले जानकारी दियो ।

वर्तमान अवस्थाको अध्ययन गरी रोकिएका शैक्षिक गतिविधिहरु सही विकल्पको प्रयोग गरी पुनः सञ्चालनमा ल्याएका विश्वविद्यालयका उपकुलपति डा पुण्यप्रसाद रेग्मीले बताए । “अनलाइन पद्धतिबाट परीक्षा लिने गरी नयाँ निर्देशिका जारी गर्दैछौँ”, उनले भने, “अब कुनै पनि गतिविधि रोकिँदैन ।”

अनलाइनबाट पठनपाठन शुरु गरे पनि कोभिड–१९ का कारण परीक्षा विश्वविद्यालयले परीक्षा भने लिन सकिएको थिएन । उपकुलपति डा रेग्मीले विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न भारतलगायत अन्य देशका विश्वविद्यालयको शैक्षिक गतिविधि अध्ययन गरी यहाँ लागू गरिने जानकारी दिए ।

विश्वविद्यालयमा रहेका समस्यालाई समाधान गर्न डिन, प्राध्यापक, कर्मचारी एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेको उनको भनाइ छ ।

राससका अनुसार, नयाँ निर्देशिका जारी भएसँगै अनलाइन पद्धतिबाटै परीक्षा हुने लगभग पक्का भएको छ । विश्वविद्यालयमा दुई महिनादेखि विभिन्न माग राख्दै यहाँका कर्मचारीहरुले तालाबन्दी गरेका थिए ।

विश्वविद्यालय प्रशासन जायज माग सम्बोधन गर्न तयार देखिएसँगै ठप्प रहेको विश्वविद्यालयले गति लिएको हो । तेह्र महिनापछि विश्वविद्यालयले नयाँ उपकुलपति पाएसँगै अन्योलमा रहेका विद्यार्थीलाई राहत मिलेको छ । विश्वविद्यालयका भेटेरिनरी सङ्कायका डिन मातृका जमरकट्टेलले रोकिएका गतिविधिहरु शुरु भएको बताए ।

कार्यालय समयभन्दा एकदुई घण्टा बढी समय दिई यसको व्यवस्थापनमा जुटेको उनको भनाइ छ । “सैद्धान्तिक विषयमा परीक्षा लिन समस्या छैन”, उनले भने, “प्रयोगात्मक परीक्षाका लागि पनि व्यवस्थापन मिलाउनेबारे छलफल भइरहेको छ । भेटेरिनरीको प्रयोगात्मक अलि फरक हुने भएकाले विद्यार्थी उपस्थित हुनैपर्छ ।”

कोभिडका कारण ससानो समूह निर्माण गरेरै भए पनि प्रयोगात्मक परीक्षा लिनेबारे तयारी गरिरहेको डिन जमरकट्टेलले जानकारी दिए । भेटेरिनरी सङ्कायमा फिल्ड, ल्याब र क्लिनिकल प्रयोगात्मक हुने गर्दछ ।

A Levels MA
Thuprai - Books and E-books