After SEE Portal

एलआरआइ स्कुलद्वारा अस्पताललाई सहयोग

Bridge Course

कलङ्कीस्थित एलआरआई स्कुलले कोभिड–१९ नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताललाई प्रदान गरेको छ ।

सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयले माहामारी रोकथामका लागि अग्रस्थानमा खटिने स्वास्थ्यकर्मीका लागि करिब दुई लाख रुपियाँ बराबरको सामग्री सहयोग गरेको हो । विभिन्न समयमा सामाजिक कार्यमा सहयोग गर्दै आएको विद्यालयले यस अगाडि स्थानीय तहका फोहरमैला सरसफाइ तथा व्यवस्थापनमा सहभागी कर्मचारीका लागि समेत यस किसिमका सामग्री उपलब्ध गराएको थियो ।

आज आयोजित कार्यक्रममा विद्यालयका संस्थापक गुठियार यसोधरा पन्तले अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गालाई व्यक्तिगत सुरक्षा सामग्री (पिपिआई) १७ थान, केएन ९५ मास्क ९२ थान, भाइजर १०७ थान, सर्जिकल मास्क तीन सय थान, साधारण मास्क ९० थान, सेनिटाइजर एक सय थानलगायत सामग्री हस्तान्तरण गरिन् । विद्यालयका अध्यक्ष शिवराज पन्तले परोपकारी कार्य निरन्तर गर्दै आएको आफ्नो संस्थाले विश्वमा महामारीका रूपमा फैलिइरहेको कोभिड–१९ ले नेपालमा पनि जोखिम बढाइरहेकाले अग्रस्थानमा निरन्तर कार्य गर्नुपर्ने स्वास्थ्य संस्था, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सहयोग गरेको बताए ।

अस्पतालका कार्यकारी निर्देशक खड्गाले करीब एक हजार चार सय कर्मचारी रहेको अस्पतालमा स्वास्थ्य सामग्रीको खपत हुने हुँदा त्यसको अत्याधिक माग बढेको अवस्थामा विद्यालयले गरेको सहयोगको सराहाना गरे । यसअघि विद्यालयले नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा एक लाख रुपियाँ सहयोग गरेको शिक्षक दीपक जोशीले जानकारी दिए । 

A Levels MA