After SEE Portal

विद्यालयमा १५ रुपियाँमा यस्तो खाजा पाइन्छ

Bridge Course

महंगो सहरमा हुर्किएकालाई १५ रुपियाँमा खाजा आउँछ भन्दा नाक खुम्चयाउनु स्वभाविक हो । किनकि सहरमा १५ रुपियाँमा खाजा त के एक कप चिया सम्म पिउन पाइँदैन । तर सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि १५ रुपियाँको महत्व ठुलो हुने देखिएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार देशभर २९ हजार ५८७ इसिडिमा ५ लाख ४१ हजार ४८० र २७ हजार ५४० विद्यालयका २३ लाख ९८ हजार ८०९ जना गरी जम्मा २९ लाख ४० हजार ७८९ जना विद्यार्थीले त्यही १५ रुपियाँमा पौष्टिक खाजा खान पाउने भएका छन् । यसका लागि सरकारले चालु आर्थिक वर्षको बजेटमा ७ अर्ब ७२ लाख ९३ हजार ३० हजार रुपियाँ बजेट विनियोजन गरेको छ ।

केन्द्रले तयार गरेको दिवा खाजा तालिकामा, इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, भोजपुर, खोटाङ, ओखलढुङ्गाका ४–१२ बर्ष उमेर समूहका लागि पोषण लक्ष्य ३० प्रतिशत आरडिए शक्ति चिल्लो पदार्थ प्रोटिन भिटामिन ए जिंक आइरन शक्ति युक्त खाजाको तालिका तयार गरेको छ ।

त्यस्तै, मध्य पहाडका सोही समूहका विद्यार्थीलाई पोषण लक्ष्य ३० प्रतिशत आरडिए शक्ति सहित चिल्लो पदार्थ प्रोटिन भिटामिन जिंक आइरन शक्ति सहित सिन्धुली, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक,मकवानपुर, धादिङ, नुवाकोट, काठमाडांै, भक्तपुर, ललितपुर र नवलपुर बर्दघाट, सुस्तापुर्व, पाल्पा, स्याङजा, तनहुँ, कास्की, पर्बत, लमजुङका विद्यार्थीलाई दिवा खाजा तयार गरेको छ ।

त्यस्तै गरी पूर्वी तराई सेट एक क्षेत्रका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, र पर्सामा सोही समूहका विद्यार्थीलाई पोषण लक्ष्य ३० प्रतिशत आरडिए शक्ति सहित चिल्लो पदार्थ प्रोटिन भिटामिन जिंक आइरन शक्ति सहित स्थानीय स्तरमा उपलब्ध पौष्टिक खाद्य पदार्थको सूची तयार गरेको छ । त्यसैगरी क्षेत्रः पूर्वी तराई सेट २ झापा, मोरङ, सुनसरी र उदयपुरका बालकालिकालाई सोही स्थानमा उपलब्ध खाजालाई सूचिकृत गरेको छ ।

त्यसैगरी क्षेत्रः पश्चिम तराई सेट १ चितवन, नवलपरासी (पश्चिम सुस्ता), रुपन्देही, कपिलवस्तु, दाङका बालाबालिकालाई सोही मात्राको पौष्टिक तत्व भएको साप्ताहिक खाजासूची सार्वजनिक गरेको छ ।

पश्चिम तराई सेट दुईमा पर्ने बाँके, बर्दिया, कैलाली, कन्चनपुरका ४–१२ बर्ष उमेर समूहका लागि पोषण लक्ष्य ३० प्रतिशत आरडिए शक्ति चिल्लो पदार्थ प्रोटिन भिटामिन ए जिंक आइरन शक्ति युक्त खाजाको तालिका तयार गरेको छ ।

केन्द्रले तयार गरेको दैशैभरिका सबै विद्यालयमा स्थानीय स्तरमा १५ रुपियाँमा पाइने खाजाको विवरण यस्तो छः

A Levels MA
Thuprai - Books and E-books