A Levels MA

ख्वप इन्जिनियरिङ कलेजमा विषय थप गरिने

ख्वप इन्जिनियरिङ कलेजले विषय थप गर्ने भएको छ । स्नातकोत्तरको कम्प्युटर र इलेक्ट्रोनिक्स इन्जिनियरिङ र स्नातकमा मेकानिकल इन्जिनियरिङलगायतका विषयहरू थप गर्नका लागि छलफल थालेको छ ।

विषय थपका लागि क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तथा नगर प्रमुख सुनिल प्रजापति र पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायका डीन देवीप्रसाद भट्टराईका विच छलफल भएको छ ।

ख्वप इन्जिनियरिङ कलेजमा स्नातकोत्तर तहमा कम्प्युटर र इलेक्ट्रोनिक्स इन्जिनियरिङ र स्नातकमा मेकानिकल इन्जिनियरिङलगायतका विषयहरू थप गर्ने विषयमा छलफल भएको नगरपालिकाले जानकारी दियो ।

बैठकमा नगर प्रमुख प्रजापतिले देशभरिका विद्यार्थीहरूलाई सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्न भक्तपुर नगरपालिकाले सात वटा शैक्षिक संस्थाहरु सञ्चालन गरिरहेको बताए । नगरपालिकालाई ज्ञानविज्ञानको केन्द्र बनाउने उद्देश्यले उच्च शिक्षा प्रदायक शैक्षिक संस्थाको व्यवस्थापन गर्दै आएको बताए ।

भेटमा डीन भट्टराईले नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भए पनि पूर्वाञ्चल विविको आंगिक क्याम्पससरह मान्यता प्राप्त भएको बताए । एनले कलेजलाई आवश्यक विषयहरू थप गर्ने विषयमा आफू सकारात्मक रहेको जानकारी दिए ।

ख्वप इन्जिनियरिङ कलेजले सस्तोमा इन्जिनियरिङ शिक्षा प्रदान गर्दै आइरहेको चर्चा गर्दै उनले ख्वप इन्जिनियरिङ कलेजले नपासँग मिलेर कलेजका प्राध्यापक विद्यार्थीहरूको प्राविधिक सहयोग सराहनीय पक्ष भएको औंल्याए ।

भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र उपप्राचार्य रबिन्द्र फोँजुको सहभागिता रहेकेको थियो ।

Thuprai - Books and E-books