After SEE Portal

बीएमएसअध्ययन गरी प्रमाणपत्र प्राप्त गरेका विद्यार्थीहरूले नर्सिङ परिषदको परीक्षामा सहभागी हुन समस्या नहुने

Bridge Course

त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत नर्सिङ क्याम्पस महाराजगञ्जमा पठनपाठन सुचारू गर्न निर्देशन दिएको छ । ।

सो कलेजमा उत्पन्न पाठ्यक्रम सम्बन्धी विवादका विषयमा पदाधिकारीविच छलफल भएको छलफलले यस्तो निर्देशन दिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको संयोजकत्वमा बसेको पदाधिकारीको बैठकले नर्सिङ शिक्षातर्फ Bachelors in Midwifery Science (BMS) तर्फका विद्यार्थीहरूले उठाएका विषयमा छलफल गरेको छ ।

मन्त्री सुमना श्रेष्ठ, चिकित्सा शिक्षा आयोग अध्यक्ष, प्राडा अञ्जनीकुमार झा, त्रिभुवन विश्वविद्यालयका उपकुलपति, प्राडा केशरजङ्ग बराल, शिक्षा सचिव, सुरेश अधिकारी, चिकित्साशास्त्र अध्ययन संस्थान,डिन डा दिव्या सिंह शाह, नेपाल नर्सिङ परिषद अध्यक्ष,सरला केसीको सहभागिता रहेको थियो ।

बैठकले नर्सिङ शिक्षा तर्फ Bachelors in Midwifery Science (BMS) तर्फका विद्यार्थीहरूले BSC Midwifery र Bachelor in Midwifery Science (BMS) को पाठ्यक्रम एकै भएको र आफुहरूलाई फरक पाठ्यक्रममा नभई एकै पाठ्यक्रममा अध्यापन गराएको भनी उठाएको विषयमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेका विद्यार्थीहरूलाई BMS अध्ययनको लागि चिकित्सा शिक्षा अयोगले सिफारिस गरेको अध्यक्ष झाले जानकारी दिए ।

BSC Midwifery कै पाठ्यक्रम BMS को लागिसमेत लागु हुने र सो पाठ्यक्रम त्रिभुवन विश्वविद्यालयबाट अधिकारिक रूपमा स्वीकृत भएको त्रिविका उपकुलपति प्राडा बरालले जानकारी गराए ।

BSC Midwifery र Bachelor in Midwifery Science को पाठ्यक्रम एकै भई सोहीअनुसार पठनपाठन भएता पनि BMS तर्फका विद्यार्थीलाई BMs को उपाधि प्रदान गरिने संस्थानका डिनले जानकारी गराए ।

 BMS अध्ययन गरी प्रमाणपत्र प्राप्त गरेका विद्यार्थीहरूले नर्सिङ परिषदको परीक्षामा सहभागी हुन समस्या नहुने नर्सिङ परिषदका अध्यक्षले बैठकमा जानकारी गराएका थिए ।

A Levels MA
Thuprai - Books and E-books