A Levels MA

छात्रवृत्तिमा भर्ना हुन बाँकी विद्यार्थीले सातदिन भित्र सम्पर्क गर्नुपर्ने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय प्राविधिक शिक्षा शाखाले निःशुल्क छात्रवृत्तिमा अध्ययन गर्ने र भर्ना हुन वाँकी रहेका विद्यार्थीहरुलाई सात दिन भित्र banshisapkota2012@gmail.com मा सम्पर्क गर्न निर्देशन दिएको छ ।

त्रिभुवन विश्वविद्यालय, कृषि र पशु विज्ञान अध्ययन संस्थानको सम्बन्धनमा सञ्चालन भएका तीन क्याम्पसमा अध्ययन गर्ने विद्यार्थील तत्काल सम्पर्क गर्नन मन्त्रबालयले निर्देशन दिएको हो ।

गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज, गोकुलेश्वर, बैतडी, क्याम्पस अफ लाइभ साइन्सेस, फुलवारी, दाङ र पृथु टेक्निकल कलेज, लमही, दाङमा शैक्षिक शत्र २०७६÷०७७ को लागि निःशुल्क छात्रवृत्तिमा मनोनयन भई भर्नाहुन वाँकी रहेका विद्यार्थीहरुले सात दिन भित्र सम्पर्क गर्नुपर्ने भएको हो ।

Thuprai - Books and E-books