After SEE Portal

मध्यपश्चिम विश्वविद्यालयमा भएको तोडफोड प्रति खेद, विद्यार्थी आक्रोशित

Bridge Course

मध्यपश्चिम विश्वविद्यालय, विज्ञान तथा प्रविधि केन्द्रिय क्याम्पस अन्तर्गत स्नातक तह दोस्रो, चौथो र छैटौ सेमेस्टरको सत्रांत परीक्षाका विषयमा लिएर भएको विवादले उग्ररुप लिएपछि विश्वविद्यालयले केही विद्यार्थीहरुलाई कारबाही गरेको छ ।

विश्वविद्यालयले कोभिडका १९ को संक्रमण तीव्र भएका कारण परीक्षा स्थगन गर्नै माग राखी परीक्षा व्यवस्थापन कार्यालयलगायत पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

विद्यार्थीहरुले वार्ताका लागि पटक पटक परीक्षा तत्काल स्थगत गर्न आग्रह् गदाए पदाधिकारीहरुले गैरजिम्मेवारीपूर्ण जवाफ दिएको बताए । त्यहि निर्णय गर्नुस भन्दा कसैले मलाइ थाह छैन भन्ने, कसैले आफू नसक्ने हुँदा रजिस्ट्रार सङ्ग जाउ भन्ने, रजिस्ट्रारले समय नभएको बताएर विद्यार्थीलाई उक्साएको विद्यार्थी कमल भट्टराईले बताए । विद्यार्थीहरुले विश्वविद्यालयले विदार्थीलाई झुक्याएर झुट बोलेर , ठगेको आरोप लगाए । विद्यार्थीलाई सम्झाई ,बुझाई गर्नुपर्ने नाममा धम्की दिनु र विद्यार्थीलाई निस्कासन गर्नु तानाशाही प्रवृत्ति भएको विद्यार्थी भट्टराइको आरोप छ ।

विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालय र पदाधिकारी कार्यकक्षमा विदार्थीले आक्रमणगरी भौतिक क्षति गराएको विश्वविद्यालयले जानकारी दियो । परीक्षा व्यवस्थापन कार्यालयद्वारा पूर्व निर्धारित समय तालिका अनुसार वैशाख १३ गते देखि सो सन्त्रातको परीक्षा सञ्चालन गरिरहेको थियो ।

सो परीक्षा स्थगतनको माग राख्दै सिवदार्थीहरुले केही दिन अघि परीक्षा व्यवस्थापन कार्यालयमा तालाबन्दी गरेका थिए । विश्वविद्यालयले भने सेमेस्टरको समय खेर नजाओस् भनी नेपाल सरकारले निर्धारण गरेको कोभिड १९ सम्बन्धी स्वास्थ्य सुरक्षा मापदण्ड तथा परीक्षा व्यवस्थापन कार्यालयले जारी गरेको कोरोना भाईरसको प्रभाव रहेको अवस्थामा परीक्षा सञ्चालन गर्दा अपनाउनु पर्ने सावधानीहरुको पूर्ण पालना गर्दै परीक्षा सञ्चलन गरेको जनाउँदै आएको थियो ।

विश्वविद्यालयका अनुसार सरकारको परीक्षा संचालन स्थगन सम्बन्धि निर्णय अगावै परीक्षा स्थगित गराउनुपर्छ भनि केहि अराजक र उद्दण्ड विद्यार्थीहरुले क्याम्पस पदाधिकारी, शिक्षक तथा कर्मचारी समक्ष क्याम्पस प्रशासनको क्षेत्राधिकार बाहिरको माग राखी दवाव, धम्की, अराजक र अभद्र व्यवहार गरी परीक्षा केन्द्र (विज्ञान तथा प्रविधि केन्द्रिय क्याम्पस) तोडफोड गरिनु निन्दनीय भएको जनाएको छ ।

क्याम्पस प्रशासनले बारम्बार नेपाल सरकार तथा परीक्षा व्यवस्थापन कार्यालयले निर्धारण गरेका स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गर्ने प्रतिवद्धता जानकारी गराउदा गराउदै पनि परीक्षा व्यवस्थापन प्रमुख, रजिष्ट्रार र उपकुलपति समक्ष अनावश्यक दबाव दिनु खेदपूर्ण भएको जनाएको छ ।

सार्वजनिक सम्पति माथि गरिएको तोडफोड तथा अराजक र अभद्र व्यवहार गर्ने उद्दण्ड विद्यार्थीहरुलाई ुक्याम्पस पदाधिकारी, शिक्षक तथा प्रशासनको पूर्ण बैठकले गरेको कारवाही प्रति मध्यपश्चिम विश्वविद्यालय पदाधिकारी, प्रशासन पूर्ण समर्थन जनाएको बताएको छ ।

यद्यपी, जिल्ला प्रशासन कार्यालय सूर्खेतले गत वैशाख १४ गते राति १२ बजेदेखि २१ गते सम्मका लागि निषेधआज्ञा जारी गरिसकेको छ । निषेधाज्ञाभरी विश्वविद्यालयले आफ्ना सम्पूर्ण शैक्षिक, प्रशासनीक तथा परीक्षा लगायत सबै गतिविधि स्थगित गरिसकेको छ ।

A Levels MA