After SEE Portal

विद्यार्थीले अन्तर्राष्ट्रियस्तरको कम्युटर शिक्षा पढ्न पाउने

Bridge Course

नेपालका विद्यार्थीले पनि अब अन्तर्राष्ट्रियस्तरको कम्युटर शिक्षा पढ्न पाउने भएका छन् । नेपालका विद्यार्थीलाई पनि अन्तर्राष्ट्रियस्तरको कम्युटर शिक्षा दिलाउन सफ्ट्वेरिका कलेज अफ आइ टि एण्ड इ कमर्सले बेलायतको ‘डिजिटल प्रोग्राम’ नेपालमा भित्र्याएको छ ।

बेलायत सरकार मातहत दर्ता भई विद्यालय र उच्च शिक्षासम्बन्धी पाठ्यक्रम निर्माण गर्ने एनसिसी एजुकेशनले तयार गरेको डिजिटल प्रोग्रामलाई नेपालमा ‘डिजी स्कुल’ नाम दिइएको हो । त्यसलाई नेपालका विभिन्न स्कुल तथा कलेजहरुको पाठ्क्रममा समावेश गरेर लैजाने तयारी भएको डिजी स्कुल नेपालका प्रबन्ध निर्देशक विज्ञान श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले पोखरामा सञ्चालित विभिन्न निजी स्कुलका संस्थापक एवं प्राचार्यहरुबीच अन्तरक्रियात्मक कार्यक्रम गरेर ‘डिजी स्कुल’को बारेमा जानकारी गराएको बताउनुभयो ।

नेपालका विद्यार्थीहरुले पनि अन्तर्राष्ट्रियस्तरको कम्युटर शिक्षा हासिल गर्न सकुन् भन्ने उद्देश्यले यसलाई काठमाडौँ, पोखरालगायत निजी स्कुलका प्राचार्यबीच अन्तरक्रिया गरेर जानकारी गराइएको श्रेष्ठले बताउनुभयो । एनसिसी एजुकेशन बेलायतका चिफ अपरेटिङ अफिसर एलन नोर्टनले ‘डिजी स्कुल’ को बारेमा जानकारी गराउनुभएको थियो । यो पाठ्ययक्रम पढ्ने विद्यार्थीले एनसिसी एजुकेशन बेलायतबाटै प्रमाणपत्र पाउने नोर्टनले बताउनुभयो । नोर्टनका अनुसार डिजी स्कुल सञ्चालन गर्न चाहने कुनै पनि स्कुलले सफ्ट्वेरिका कलेजसँग सम्पर्क गरी अध्यापन शुरू गर्न सक्छन् ।

यसको अध्यापन अनलाइन र अफलाइन दुवै प्रणालीबाट गर्न सकिने छ । कम्प्युटर प्रणालीमा हरेक विद्यार्थीको आआफ्नै लग इन हुने भएकाले उनीहरूको प्रगति विवरण शिक्षकले चाहेको बेला सजिलै हेर्न सक्छन् । कक्षा १ देखि ११ सम्मका विद्यार्थीका लागि तयार गरिएको कम्प्युटर शिक्षाको पाठ्यक्रम ‘डिजी स्कुल’ शुरू भएपछि नेपाली स्कुले विद्यार्थीले पनि अन्तर्राष्ट्रियस्तरको कम्प्युटर शिक्षा पाउने डिजी स्कुलका क्षेत्रीय निर्देशक ओम उपाध्यायले बताउनुभयो ।

उपाध्यायका अनुसार एसइई सकेर कम्प्युटर सिक्न चाहने विद्यार्थीहरूले डिजी स्कुलमा जाभा, पाइथन, सिउडोकोड, स्क्र्याच, डाटा साइन्स, साइबर सेक्युरिटी, फोटो भिडियो सम्पादन, कम्प्युटर हार्डवेयर मर्मतलगायत विषय सिक्ने पाउनेछन् । आजको डिजिटल संसारमा विद्यार्थीलाई डिजी स्कुलको अध्ययन निकै उपयोगी हुने विश्वास गरिएको उपाध्यायले बताउनुभयो ।

A Levels MA