After SEE Portal

जेम्सका विद्यार्थीबाट आश्रमलाई सहयोग

Bridge Course

दमक, ५ पुस (रासस) ः स्थानीय जेम्स स्कूलका विद्यार्थीहरूले दमकको हाम्रो बाल आश्रमलाई रु २६ हजार २५ सहयोग गरेका छन् । दमक–२ स्थित निर्माणाधीन आश्रममा आयोजित कार्यक्रममा बुधबार विद्यार्थीहरूले आश्रमका सञ्चालक समितिका अध्यक्ष प्रकाश थापालाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् । 

विद्यार्थीले रोपेको सयपत्री फूल बेचेर जुटाएको रकम आश्रम सञ्चालकलाई प्रदान गरिएको स्कूलका संस्थापक प्रिन्सिपल सागर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार विद्यार्थीले गएको तिहारमा ती फूल बिक्री गरेर उक्त रकम जुटाएका थिए । कार्यक्रममा उक्त स्कूलले पनि सोही बराबरको रकम उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो । 

सोही अवसरमा रोटरी क्लब दमकका अध्यक्ष मोहन ढकालले पनि आश्रमलाई व्यक्तिगत रु १० हजार सहयोग गर्नुभएको । स्थानीय युवाको सक्रियतामा दुई वर्षदेखि निर्माणाधीन आश्रम सञ्चालनको तयारीमा रहेको आश्रमका सचिव साजन श्रेष्ठले जानकारी दिनुभयो ।

A Levels MA
Thuprai - Books and E-books