Bachelors Portal

इन्जिनियरिङ शिक्षामा आत्तिनु पर्ने अवस्था छैनः अध्यक्ष प्राडा अधिकारी

Managed Admission 2022

नेपालमा उच्च शिक्षा, गुणस्तर तथा विद्यार्थी टिकाउ तथा नेपालमा इन्जिनियरिङ शिक्षाको वर्तमान अवस्थाका विषयमा इडियुसञ्जालले विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीसंग गरेको कुराकानीको सारसंक्षेपः

उच्च शिक्षा कार्यक्रम (एनईएचईपी) मा पोषण उत्कृष्टता अन्तर्गत ईन्जिनियरिङ्को लागि कस्तो व्यवस्था गरेको छ ?

आयोगले इन्जिनियरिङ विधालाई महत्त्व दिन ल्याब र अनुसन्धानका लागि राम्रो लगानी गरेका छ । धेरै विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्दै आएको छ । सरकारले विशेष प्रवन्ध गरेर बार्षिक ३०० इन्जिनियर उत्पादन गरिरहेको छ । सरकारले छात्रवृत्ति प्रदान गरेका विद्यार्थीको सम्पूर्ण खर्च वेर्होदै आएको छ । कृषि इन्जिनियरिङ विधा बाहेक नै सरकारले ३०० विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको हो ।

इन्जिनियरिङ शिक्षामा पनि विद्यार्थी अभाव भयो भन्ने सुनिन्छ । आयोगले गराएका अनुसन्धानबाट विद्यार्थी घट्नुका कारण फेला पार्नु भएको छ ?

आयोगले अनुसन्धानका लागि अनुदान दिएको हो । हामीसंग कुन विश्वविद्यालयमा कति विद्यार्थी छन् भन्ने तथ्यांक छ । विश्वविद्यालयसंग आंगिक र सम्बन्धन प्राप्त क्याम्पस छन् । सम्बन्धन प्राप्त क्याम्पसको संख्या बढ्दै गएका छ । क्याम्पसको संख्या बढेअनुसार विद्यार्थी बढ्न सकेको छैन त्यो कारण केही कलेजमा विद्यार्थी संख्या कम हुनु स्वभाविक हो । तर विद्यार्थी हुँदै नभएका होइनन् । इन्जिनियरिङमा पढ्न चाहने सबैले अवसर पाएका छन् ।

इन्जिनियरिङमा पनि धेरै उपविधा छन् । बढी विद्यार्थीको आकर्षण भएको विधा कुन हो ?

विधा हेरी हेरी छ । सिभिल पछि कम्प्युटर विधामा विद्यार्थीको आकर्षण बढी छ । आवश्यकता र मागका आधारमा विद्यार्थीको आकर्षण देखिएको छ । सिभिलको माग बढी भएको हुनाले त्यो विधा विद्यार्थीले रोजेको हुन सक्छ ।

नेपालमा इन्जिनियरिङ क्षेत्रका लागि कति जनशक्ति आवश्यक पर्छ भनेर जनशक्ति प्रक्षेपण भएको छ कि छैन ?

अहिलेसम्म जनशक्ति प्रक्षेपण भएको छैन । वास्तवमा त्यो योजना आयोगले गर्नु पर्ने हो । तर अहिलेसम्म हुन सकेको छैन । हामीले जनशक्ति प्रक्षेपण हुनुपर्छ भनेर आवाज उठाइ रहेका छौं तर भएको छैन ।

सरकारले इन्जिनियर उत्पादन गर्नका लागि धेरै लगानी गर्दा पनि विद्यार्थी इन्जिनियरिङ पढ्नका लागि विदेशिएका छन् । गत आर्थिक वर्षमा मात्र ४४२६ जना इन्जिनियरिङ पढ्नका लागि विदेशिए । नेपालमा नै इन्जिनियरिङ शिक्षा गुणस्तरीय छ भन्न केही कार्यक्रम तय भएको छ ?

इन्जिनियरिङ पढ्न विदेश जानेको संख्या भाषा, म्यानेजमेन्ट भन्दा कम छ । यसरी हेर्दा इन्जिनियरिङमा आत्तिनु पर्ने अवस्था छैन । इन्जिनियरिङको पठनपाठन धेरै राम्रो छ । काउन्सिलको नतिजा हेर्दा विदेशबाट पढेर आएका धेरै इन्जिनियरिङ फेल भएका छन् भने नेपालमा पढ्ने धेरै पास भएका छन् । यसले पनि नेपालमा इन्जिनियरिङ शिक्षा गुणस्तरीय छ भन्ने पुष्टि हुन्छ ।

नेपालको इन्जिनियरिङ शिक्षा गुणस्तरीय छ भनेर प्रचार प्रसार गर्नुपर्छ भन्ने आवश्यकता महसुस गर्नुभएको छैन ।

नेपाललाई इन्जिनियरिङ शिक्षाको गन्तव्य बनाउन विश्वविद्यालयले अगाडि आएर विद्यार्थी अभिभावक तथा समाजमा विश्वास दिलाउन सक्नु पर्यो । विश्वविद्यालयले हाम्रो कलेज, शिक्षक तथा अन्य व्यवस्थापन राम्रो छ भनेर भन्नु पर्यो । हाम्रो इन्जिनियरिङ पढ्दा के हुन्छ भनेर अभिभावकलाई विश्वविद्यालयले भन्नु पर्यो । यसका अलावा विश्वविद्यालयहरूले समयमा भर्ना, समयमा परीक्षा र समयमा नै नतिजा सार्वजनिक गर्नु पर्यो । आयोगले प्राविधिक शिक्षामा विद्यार्थी बढाउनका लागि छलफल अन्तरक्रिया तथा अन्य कार्यक्रममा गरिरहेका छ । गुणस्तर अभिवृद्धि कार्यक्रममा आयोगका पदाधिकारी, विश्वविद्यालयका पदाधिकारीसंग छलफल गरेका छौं । यी सबैभन्दा महत्त्वपूर्ण कुरा विश्वविद्यालयले शैक्षिक क्यालेण्डर लागु गर्नुपर्यो ।

विश्वविद्यालय अहिले आफैं समस्या ग्रस्त छौं असुरक्षित छौं भनिरहेका छन् नि ?

यो सामान्य कुरा हो । कहिलेकाहीँ घट्ने घटना हुन् । सबै समाधान हुन्छ । यसले शैक्षिक क्यालेण्डर कार्यान्वयनमा असर गर्नु हुँदैन । गर्दैन । यसका लागि सबैले कमेटमेन्ट गर्नु पर्यो ।

अहिले पनि कतिपय निजी कलेजमा विद्यार्थी अभाव देखिएको छ । काउन्सिलको परीक्षामा पनि इन्जिनियरको उत्तीर्णदर न्यून नै पाइएको छ । यस्तो अवस्थामा विदेशबाट उच्च शिक्षा हासिल गरेर नेपाल भित्रिनेको संख्या कम छ अबको १० वर्ष पछि नेपालको इन्जिनियरिङ शिक्षा कस्तो होला !

काउन्सिलले लिने परीक्षामा नेपालका इन्जिनियरको उत्तीर्णदर ५०–६० प्रतिशत रहेको छ । विदेशी विश्वविद्यालयमा पढेका इन्जिनियर १५ प्रतिशत मात्र पास भएका छन् । यसरी हेर्दा नेपालको इन्जिनियरिङ शिक्षा गुणस्तरीय छ भन्ने सकिन्छ । तर पनि गुणस्तर बढाउन अझै कसरत गर्नुपर्छ । अझै गुणस्तरीय बनाउन उच्च शिक्षा प्रदायक संस्थाले अझै रचनात्मक कोशिष गर्नुपर्छ । यसो गरिएमा नेपालबाट उत्पादिन जनशक्ति विश्वबजारमा टिक्छन् । बिक्छन् ।  केही अन्तर्राष्ट्रिय शिक्षासंग पहल गरेर समन्वय गर्दै अघि बढ्नुपर्ने छ ।

नेपालको जनशक्ति वैद्धिक पलायनको समस्य डरलाग्दो छ । यसलाई नेपाल फर्काउन पहल गर्नुपदैन ।

विदेशमा उच्च शिक्षा हासिल गरेर  विदेशमा बसेका छन् । उनीहरुलाई नेपाल फर्काउन सजिलो छैन । उनीहरूको योग्यता क्षमता अनुसारको रोजगारी र अवसर सिर्जना नगरेसम्म भन्न सजिलो छैन ।

आयोगले २०७९ जेठ १८ गते जारी गरेको ‘गाइडलाइन फर हारमनाइजिङ बीई, बीआर्क इन्ट्रास एक्जामिनेसन’ को कार्यान्वयनको अवस्था कस्तो छ ।

यो निर्देशिका कार्यान्वयनमा आइसकेको छ । विश्वविद्यालयले निर्देशिका अनुसार प्रवेश परीक्षा लिइरहेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालको एनओसी शाखाले प्रदान गर्ने एनओसी पनि विस्तारै प्रवेश परीक्षा पास गरेका विद्यार्थीले मात्र  पाउने व्यवस्था कार्यान्वयन हुन्छ ।

नेपालमा उच्च शिक्षाको विकासका लागि प्रविधिले कस्तो भूमिका खेल्छ ? बढ्दो प्रविधिको विकाससंगै विश्वविद्यालयहरूलाई आयोगले कसरी तयार गरिरहेको छ ?

मुख्य कुरा उच्च शिक्षामा प्रविधिमा लगानी बढाउनु पर्छ । प्रविधिमैत्री कक्षाकोठा, ल्याब निमार्ण गर्नुपर्छ । उच्च शैक्षिक संस्थालाई प्रविधिमैत्री बनाउन पहल गरिरहेका छौं । संस्थाले पनि निजी प्रयासबाट पनि पहल गरिरहनु भएको छ । इन्जिनियरिङ शिक्षा प्रदायक संस्थाले पनि पुराना कार्यक्रमलाई परिमार्जन गर्दै लानु पर्ने आवश्यकता छ । इन्जिनियरिङ शिक्षामा पनि एआई भित्र्याउन सुरु गरिसकेका छन् । एआई विधामा पठनपाठन मदन भण्डारी प्रविधि विश्वविद्यालयले सुरु गरिसकेको छ । विश्वमा आएका परिरवर्तनको छिटा विश्वविद्यालयमा परिसकेको छ ।

केही विदेशी विद्यार्थी यी विधामा पढ्नका लागि आएका पछि छन् ।  अन्य विषयमा पनि गुणस्तर अभिवृद्धि गर्नुपर्छ । त्यसपछि पनि सजिलो भने छैन । नेपालको शिक्षा गुणस्तरीय छ भनेर हामीले प्रचारप्रसार गर्नु पर्यो । सरकारले पनि पहल गर्नु पर्यो । भिसा, आवास तथा अन्य कार्य सहज बनाइदिनु पर्यो । हिजोको दिनमा विकसित मुलुकले छात्रवृत्ति दिए । विश्वबाट विद्यार्थी पाए । गए । त्यसरी हामीले पनि छात्रवृत्ति दिनु पर्यो । अनि आउँछन् विदेशी विद्यार्थी ।

विदेशी विद्यार्थीलाई नेपाल ल्याउन विश्वविद्यालय तथा आयोगको भूमिका कस्तो रहन्छ ?

सबैभन्दा पहिला हाम्रो उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्नुपर्छ। केही विधामा राम्रो छ । जस्तै इन्जिनियरिङ, मेडिकल शिक्षामा राम्रो छ । केही विदेशी विद्यार्थी यी विधामा पढ्नका लागि आएका पछि छन् ।  अन्य विषयमा पनि गुणस्तर अभिवृद्धि गर्नुपर्छ । त्यसपछि पनि सजिलो भने छैन । नेपालको शिक्षा गुणस्तरीय छ भनेर हामीले प्रचारप्रसार गर्नु पर्यो । सरकारले पनि पहल गर्नु पर्यो । भिसा, आवास तथा अन्य कार्य सहज बनाइदिनु पर्यो । हिजोको दिनमा विकसित मुलुकले छात्रवृत्ति दिए । विश्वबाट विद्यार्थी पाए । गए । त्यसरी हामीले पनि छात्रवृत्ति दिनु पर्यो । अनि आउँछन् विदेशी विद्यार्थी ।

भएको लगानी पर्याप्त भएन भन्ने सुनिन्छ । उच्च शिक्षामा गुणस्तर अभिवृद्धि गर्न के गर्नु पर्ला ।

बजेट पर्याप्त छ । भएको बजेट खर्च हुन सकेको छैन । पाउने अनुदान सामुदायिक क्याम्पसले लिन सकेका छैनन् । त्यसका लागि विश्वविद्यालयले गुणस्तर अभिवृद्धि गर्नु पर्यो । त्यही अनुसारका व्यवस्थापन, शैक्षिक क्यालेण्डरको प्रयोग गरेर आर्थिक गतिविधि मुलुकमा कायम भएमा विद्यार्थी विदेश जाँदैनन् ।

नेपाल मै उच्च शिक्षामा भविष्य खोज्ने तथा सुनिष्चित भविष्यको खोजी गर्दै विदेशिने विद्यार्थीलाई केही सन्देस दिन चाहनु हुन्छ ?

हिजो चीनका विद्यार्थी पढ्न विदेशिए आफ्नै देशमा प्रशस्त रोजगारीका अवसर पाएपछि फर्किए । भारतमा पनि त्यस्तै भएको छ । त्यो अवस्था सिर्जना गर्न सकेमा विद्यार्थी अवश्य फर्कन्छन् ।

आफ्नै देशमा गुणस्तरीय डिग्री हासिल गर्न सकिन्छ भने यही बस्नु पर्यो । त्यसका लागि विश्वविद्यालयले अभिभावक तथा विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन सक्छौं भनेर विश्वास दिलाउनु पर्यो । विद्यार्थीलाई अवसर जुटाउनु पर्यो । विद्यार्थीलाई पढ्दै कमाउँदै गर्ने वातावरण गराउनु पर्यो । पढ्नका लागि विदेशिएका विद्यार्थी अवसर नपाएसम्म फर्कन्छन् भन्ने छैन । तिनीहरूलाई असर दिन सकेमा अवश्यै विद्यार्थी फर्कन्छन् । जस्तो हिजो चीनका विद्यार्थी पढ्न विदेशिए आफ्नै देशमा प्रशस्त रोजगारीका अवसर पाएपछि फर्किए । भारतमा पनि त्यस्तै भएको छ । त्यो अवस्था सिर्जना गर्न सकेमा विद्यार्थी अवश्य फर्कन्छन् ।

Select college / campus