A Levels MA

प्रमाणपत्र समयमा  प्रदान नगर्दा विद्यार्थी  अन्योलमा

चिकित्सा शिक्षा आयोगले  सञ्चालन गर्ने स्नातकोत्तर तहको प्रवेश परीक्षामा विद्यार्थीसंग आवश्यक कागजात नहुदा समस्या हुने देखिएको छ ।

नेपाल स्वास्थ्य व्यवसायी परिषदले लाइसेन्स वितरणमा ढिलाइ गर्दा बीपीएचका परीक्षार्थी स्नातकोत्तर तहको प्रवेश परीक्षाको फाराम भर्न बञ्चित हुने देखिएको हो ।

आयोगले जारी गरेको स्नातकोत्तर तहको प्रवेश परीक्षाका लागि विद्यार्थीले कार्तिक १६ गते भित्र आवेदन दिइसक्नु पर्ने छ तर परिषद्ले बीपीएचको लाइसेन्स प्रमाणपत्र अझै वितरण गरेको छैन ।

 बीपीएचको लाइसेन्स प्रमाणपत्र परीक्षा असोज १ गते सञ्चालन गरे पनि अझै प्रमाण पत्र वितरण नगरेको विद्यार्थीको गुनासो छ । विद्यार्थीका अनुसार,  परिषद्ले  उक्त परीक्षाको नतिजा  भने असोज ६ गते नै सार्वजनिक गरिसकेको छ ।

परिषद्ले पटक पटक प्रमाणपत्र वितरण गर्ने मिति धकेल्दै गएपछि विद्यार्थीहरू आफूहरू प्रवेश परीक्षामा नै सामेल हुन नपाउने हो कि भन्ने चिन्तामा परेको बताउँछन् ।  यसअघि  परिषद्ले दोस्रो पटक  असोज २४ गते सूचना जारी गर्दै कात्तिक १४ बाट मात्रै प्रमाणपत्र बितरण सुरु हुने  सार्वजनिक गरेको छ ।  तर परिषद्ले आन्तरिक तयारी पुरा नभएको भन्दै कार्तिक १७ गते देखि मात्र प्रमाणपत्र प्रदान गर्ने भनेको हुँदा समस्या भएको विद्यार्थीहरू बताउँछन् ।

Thuprai - Books and E-books