After SEE Portal

निगरानी गर्न विद्यार्थीको सहयोग

Bridge Course

कञ्चनपुरको भीमदत्त नगरपालिकाले नेपालमै पहिलोपटक भारतसँग जोडिएका नाकामा नेपाली तथा भारतीय नागरिकको आवतजावतको निगरानी गर्नका निमित्त ड्रोन सर्भिलेन्स गर्ने भएको छ । क्यामेरा जडान गरिएको ड्रोन सञ्चालनमा ल्याउनका लागि भीमदत्त नगरपालिकाले रोबोटिक्स एसोसिएसन अफ नेपाल फारवष्टेसँग सम्झौता गरेको छ । यस कार्यमा सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरुको पनि प्राविधिक सहयोग रहने छ । ड्रोन सर्भिलेन्स गर्ने कार्यमा यस एसोसिएसनले ड्रोन र्यापिड रेस्पोन्स टिम (डीआरआरटी)मा रहेर कार्य सम्पादन गर्नेछ । 

डीआरआरटी फ्रेमवर्क शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मातहतमा रहनेछ । फ्रेमवर्क रोबोटिक्स एसोसिएसन अफ नेपालले तयार गरेको हो । पहिलो चरणमा ड्रोन सर्भिलेन्स र नागरिकमा सूचना प्रवाह लगायत भीमदत्त नगरपालिकालाई आवश्यक कार्य गर्ने छन् । यस्तो कार्य उदयपुर र धनगढीमा पनि चाँडै सम्झौता गर्ने तयारी गरिएको छ । 

सुदूरपश्चिमप्रदेशमा ड्रोनको कार्य सञ्चालन गर्न सुदूरपश्चिम विश्वविद्यालयका डिन डा. किसनदत्त भट्टको अगुवाइमा अगाडि बढीरहेको छ । नेपाल सरकारले कोरोना भाइरसको महामारीलाई न्यूनीकरण गर्न टेक कम्युनिटीलाई उत्तरदायित्व पनि दिएको हो । 

A Levels MA