After SEE Portal

पोखरा विश्वविद्यालयमा विद्यार्थीको रिले अनसन

Bridge Course
तस्बिर सौजन्य: रबिन्द्र घिमिरेको फेसबूक
तस्बिर सौजन्य: रबिन्द्र घिमिरेको फेसबूक

पोखरा विश्वविद्यालयमा उपकुलपति नियुत्तिका लागि सरकारको ध्यानाकर्षण गराउने भन्दै विद्यार्थीले रिले अनसन सुरु गरेका छन् । विश्वविद्यालयको केन्द्रीय कार्यालय अगाडि नेपाल विद्यार्थी संघको नेतृत्वमा विद्यार्थीहरुले हिजो देखि रिले अनसन सुरु गरेका हुन् ।

विश्वविद्यालयमा गत असोज ५ गते देखि रिक्त उपकुलपति पदमा अहिलेसम्म नियुक्ति हुन नसक्दा सरकारको ध्यानाकर्षण गराउने आफूहरुले बाध्य अनसन बसेको नेविसंघ विश्वविद्यालय इकाइले जानकारी दियो ।

विश्वविद्यालयमा उपकुलपति पद रिक्त हुँदा दैनिक कार्य सम्पादनमा समस्या भइरहेको विश्वविद्यालयका पदाधिकारीहरुले जानकारी दिए ।

A Levels MA