After SEE Portal

प्रधानाध्यापकको कुटाइबाट छात्रा घाइते

Bridge Course

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटैनास्थित बैजनाथ माध्यमिक विद्यालयका प्रद्यानाध्यापकको कुटाइबाट एक छात्रा घाइते भएकी छिन् । प्रद्यानाध्यापक खड्कसिंह विष्टको कुटाइबाट कक्षा ९ मा अध्ययनरत छात्रा मनिका नाथ घाइते भएकी हुन् ।

प्रधानाध्यापक विष्टले सोमबार गरेको कुटपिटबाट छात्रा नाथको टाउकामा गम्भीर चोट लागेको छ । कुटपिटबाट घाइते भएकी छात्रा नाथलाई उपचारका लागि महाकाली अस्पतालमा भर्ना गरिएको थियो । सो अस्पतालले उनको थप उपचारका लागि कैलालीको धनगढी रेफर गरिएको छ ।

उनको बुबा पदमले छोरीमाथि प्रधानाध्यापक विष्टले कुटपिट गरी घाइते बनाएको बताए । “छोरी विद्यालय गएकी थिइन्”, उनले भने, “घर आउँदा बेहोस भइन् । अस्पताल ल्याएका छौँ, टाउकामा चोट लागेको छ ।”

अभिभावकको उजुरीका आधारमा प्रधानाध्यापक विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले छात्रामाथि कुटपिट गरेका प्रधानाध्यापकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जानकारी दिए ।

A Levels MA
Thuprai - Books and E-books