Thuprai - Books and E-books

विद्यार्थीको मूल्याङ्कन प्रमाणीकरण गर्नुपर्ने

कोभिड–१९ का कारण कक्षाभित्र पठनपाठन सम्भव नभएपछि विद्यार्थीको मूल्याङ्कन प्रक्रियालाई लिखित परीक्षाका साथै निरन्तर मूल्याङ्कनका अन्य तरिकाको प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।

विद्यालय तहको पाठ्यवस्तु समायोजन ढाँचामा यस्तो व्यवस्था गरिएको छ । शिक्षकले टेलिफोन वा सञ्चारको उपयुक्त विधिबाट नियमित अनुगमन र सिकाइ सहजीकरण गर्नुपर्ने, टेलिफोन पनि सम्भव नभएका ठाँउमा भौतिक दूरी कायम गरी विद्यार्थीसँग भेटघाट गरेर गृहकार्य एवं परियोजना कार्य दिने, अध्ययनका लागि परामर्श गर्ने जस्ता कार्य गराइ विद्यार्थीले सिकेका कुरा प्रमाणित गरी अभिलेखीकरण गर्नुपर्ने सो ढाँचामा स्पष्ट गरिएको छ ।

त्यसैगरी परीक्षा र परीक्षाबाहेकका साधनबाट परीक्षण, अनलाइन माध्यम वा टेलिफोनबाट मौखिक प्रश्नोत्तर, अनलाइनमा प्रश्न सोधी उत्तर लेख्न लगाउने, अभिभावक वा विद्यार्थीको मोबाइलमा खुला पुस्तकमा आधारित प्रश्न पठाइ उत्तर लेखेर शिक्षकसम्म पुर्‍याउने व्यवस्था गर्ने, वर्क सिट दिने लगायतका उपाय सुझाइएको छ ।

इडियुपत्र डट कमलाई प्राप्त भएको ढाँचाअनुसार प्रयोगशालामा नै गर्नुपर्ने प्रयोगात्मक कार्य भएमा विद्यार्थीको भौतिक दूरी कायम हुने व्यवस्था गरी न्यूनतम सङ्ख्यामा विद्यार्थीलाई बोलाइ शिक्षकले प्रयोगात्मक कार्य गराउन भनिएको छ ।

ढाँचामा विद्यार्थी मूल्याङ्कनसम्बन्धी गरिएको व्यवस्था तल दिइएको छ :

विद्यार्थी मूल्याङ्कन प्रक्रिया

विद्यार्थीको सिकाइको मूल्याङ्कन शिक्षण कार्यकलापको अभिन्न अङ्ग हो । मूल्याङ्कन प्रमाणका आधार (Evidence Based) मा गरिनुपर्छ भन्ने सैद्धान्तिक मान्यता रहेको छ  । शिक्षकले विद्यार्थीको मूल्याङ्कन गर्दा के आधारमा गरियो र कुन मापदण्डमा अङ्कन र श्रेणीकरण र स्तरोन्नति गरियो भन्ने कुरामा शिक्षक सुनिश्चित हुनुपर्छ अनि अभिभावक, विद्यार्थी र सम्बद्ध सरोकारवालालाई पनि सोको जानकारी गराउनुपर्छ । मूल्याङ्कनलाई वस्तुनिष्ठ, प्रामाणिक र गुणस्तरीय बनाउने जिम्मेवारी स्वयम् शिक्षकको हो ।

क) सिकाइ सहजीकरणका क्रममा गरिने मूल्याङ्कन (Ongoing Assessment)

सङ्क्रमण कालमा पाठ्यक्रमले तोकेको मौजुदा व्यवस्थामा परिमार्जन गरी लिखित परीक्षाका साथै निरन्तर मूल्याङ्कनका अन्य तरिकाको प्रयोग गर्ने र शिक्षण सिकाइको अभिन्न अङ्गका रूपमा निरन्तर विद्यार्थी मूल्याङ्कनलाई निरन्तरता दिई अभिलेखीकरण गर्ने गर्नुपर्छ ।

सिकाइ सहजीकरणका क्रममा गरिने मूल्याङ्कन प्रामाणिक हुनुपर्छ । विद्यार्थीको सिकाइ उपलब्धि पूरा भए नभएको परीक्षण गर्न शिक्षकले मूल्याङ्कनका तोकिएका प्रक्रिया र विशिष्टीकरण तालिकाबाहेकका आफूलाई उपयुक्त लागेका निम्नलिखित क्षेत्र सम्बद्ध विधिको समेत प्रयोग गरी सिकाइ उपलब्धि सुनिश्चित गर्नुपर्छ ।

शिक्षकले टेलिफोन वा सञ्चारका उपयुक्त विधिबाट नियमित अनुगमन र सिकाइ सहजीकरण गर्नुपर्छ । टेलिफोन पनि सम्भव नभएका ठाउँमा भौतिक दुरी कायम गरी विद्यार्थीसँग भेटघाट गरेर गृहकार्य एवम् परियोजना कार्य दिने, अध्ययनका लागि परामर्श गर्ने जस्ता कार्य गराई विद्यार्थीले सिकेका कुरा प्रमाणित गरी अभिलेखीकरण गर्नुपर्छ ।

परीक्षा र  परीक्षाबाहेकका साधनबाट परीक्षण, अनलाइन माध्यम वा टेलिफोनबाट मौखिक प्रश्नोत्तर, अनलाइनमा प्रश्न सोधी उत्तर लेख्न लगाउने, अभिभावक वा विद्यार्थीको मोबाइलमा खुला पुस्तकमा आधारित प्रश्न पठाई उत्तर लेखेर शिक्षकसम्म पुर्‍याउने व्यवस्था गर्ने, वर्क सिट दिने, अभिभावकबाट मूल्याङ्कन गराउने, माथिल्ला कक्षाका विद्यार्थी वा स्थानीय विज्ञबाट मूल्याङ्कन गराउने, विद्यार्थी स्वयम् वा साथीबाट मूल्याङ्कन गराउने जस्ता मूल्याङ्कनका उपाय पनि सङ्क्रमणकालका लागि उपयोगी हुन्छन् । 

(ख) प्रयोगात्मक मूल्याङ्कन (Practical Assessment)

प्रयोगात्मक कार्यका लागि विद्यालयहरूले विद्यार्थीले घरमै बसेर गर्न सक्ने कार्यहरू छनोट गरी आवश्यकताअनुसार कार्य गराई मूल्याङ्कन गर्नुपर्छ । प्रयोगशालामा नै गर्नुपर्ने प्रयोगात्मक कार्य भएमा विद्यार्थीको भौतिक दुरी कायम हुने व्यवस्था गरी न्यूनतम सङ्ख्यामा विद्यार्थीलाई बोलाई शिक्षकले प्रयोगात्मक कार्य गराउनुपर्छ । प्रयोगात्मक मूल्याङ्कनलाई प्रयोगात्मक कार्य, घरबाटै गर्न सकिने परियोजना कार्य, अध्ययन प्रतिवेदन तयारी, इन्टरनेट र सामाजिक सञ्जालबाट खोजी गर्ने कार्य वा अभिभावकको सहयोगमा सम्पादन हुने कार्यका रूपमा वर्गीकरण गरी सम्पन्न गराउनुपर्छ । प्रयोगात्मक मूल्याङ्कन प्रामाणिक हुनुपर्छ ।

विद्यार्थीको मूल्याङ्कनका लागि  स्थानीय तहले शिक्षा हेर्ने अधिकारीको समन्वयमा सम्बन्धित विद्यालयको प्रधानाध्यापक, विषय शिक्षक र स्थानीय विज्ञ सम्मिलित समिति गठन गर्ने छ । उक्तसमितिले  विद्यार्थीले गृह शिक्षा वा घरमै गरेको सिकाइ, रेडियो पाठशाला, टेलिभिजन शिक्षण र भर्चुअल कक्षामार्फत सिकेको सिकाइलाई आधारभूत तहको कक्षा १–३ मा दैनिक दुई घण्टा बराबरको सिकाइ र कक्षा ४–१० मा दैनिक चार घण्टा बराबरको सिकाइ मानी मूल्याङ्कन गर्न सक्ने छ ।  विद्यार्थीले बिदाका दिन र अतिरिक्त समयमा सिकेको सिकाइलाई पनि ल्याकत जाँच गरी प्रमाणीकरण तथा अभिलेखीकरण गर्न सकिने  छ । शिक्षकले विद्यार्थीको मूल्याङ्कनका लागि प्रयोग गरेका लिखित कार्यलगायत सम्पूर्ण विवरण सुरक्षित राख्नुपर्ने छ ।

(ग) प्रमाणीकरण मूल्याङ्कन (Assessment for Cetification)

विद्यार्थीको सिकाइ उपलब्धिको मूल्याङ्कन गर्दा  शिक्षकले सहजीकरण गरेका पाठ्यवस्तुबाट निश्चित प्रतिशत र शिक्षकको निर्देशन र अभिभावकको सहयोगमा सिकेका पाठ्यवस्तुबाट निश्चित  प्रतिशत भार दिई मूल्याङ्कन गर्नुपर्ने छ । शिक्षकले आन्तरिक र आवधिक मूल्याङ्कन गर्दा विद्यार्थीको लिखित कार्य, मौखिक कार्य, प्रयोगात्मक कार्य, परियोजना कार्य, पोर्टफोलियो व्यवस्थापन, अन्तर्वार्ताआदि जुनसुकै प्रक्रिया अपनाएको भए पनि ती विद्यार्थीको सहभागिताका गरिएको हुनुपर्ने छ । विद्यार्थीको मूल्याङ्कन र श्रेणीकरणका लागि प्रयोग गरिएका सबै साधन सुरक्षित राख्नुपर्ने छ र अनुगमनका बखत प्राप्त नभएका मूल्याङ्कन प्रक्रिया वास्तविक मानिने छैन । शैक्षिक वर्ष २०७७ का लागि विद्यार्थीको सिकाइ उपलब्धिलाई निम्म्नानुसार मूल्याङ्कन गरी प्रमाणीकरण गर्नुपर्ने छ :

(क) आधारभूत तह कक्षा १ –३ का लागि विद्यार्थीको मूल्याङ्कनका सम्भाव्य तरिका तथा साधनहरू : विद्यार्थीले गृह शिक्षा वा घरमै सिकेको सिकाइ, रेडियो पाठशाला, टेलिभिजन शिक्षण र भर्चुअल कक्षामध्ये जुनसुकै तरिकाले सिककेको भए पनि निम्नानुसारका सबै वा सम्भव भएका मूल्याङ्कनका तरिका र साधनको प्रयोग गरी सिकाइ उपलब्धि सुनिश्चित गर्नुपर्ने छ ।

क्रसं.

मूल्याङ्कनका तरिका

मूल्याङ्कनका साधन

स्तर

सिकाइमा सहभागिता

अवलोकन, रुजु सूची, श्रेणी मापन, मौखिक प्रश्न, फाराम, घटना वर्णन

 

मौखिक कार्य

अवलोकन, प्रश्न, चित्र, पठन सामग्री, सन्दर्भ, घटना, श्रव्य तथा दृश्य सामग्री

 

लिखित कार्य

प्रश्न, घटना, सन्दर्भ, पठन सामग्री, श्रव्य तथा दृश्य सामग्री

 

परियोजना तथा प्रयोगात्मक कार्य

अवलोकन, रुजु सूची, रुब्रिक्स र श्रेणी मापन, मौखिक प्रश्न

 

स्वमूल्याङ्कन

रुजु सूची, श्रेणी मापन, फाराम

 

अभिभावकको प्रतिक्रिया

रुजु सूची, श्रेणी मापन, फाराम

 

कुराकानी, छलफल

अवलोकन, रुजु सूची, श्रेणी मापन, फाराम

 

 माथिको तालिकाको स्तर खण्डमा निम्नानुसारको  विद्यार्थीको उपलब्धिस्तर र त्यसको सामान्य व्याख्या गरी १,२,३ वा ४ अङ्क उल्लेख गर्ने  औसत प्राप्ताङ्कका आधारमा श्रेणीकरण गर्नुपर्ने छ :

उपलब्धिस्तर

रेटिङ

  उपलब्धिस्तरको सामान्य व्याख्या

समान्यभन्दा कम (Below basic)

मुख्य सिकाइ उपलब्धि हासिल गर्न नसकेको, सबैजसो सिकाइ उपलब्धिका लागि सुधारात्मक सिकाइ आवश्यक 

सामान्य (Basic)

केही मुख्य सिकाइ उपलब्धि हासिल गरेको, अन्य सिकाइ  उपलब्धिका लागि सुधारात्मक सिकाइ आवश्यक     

प्रवीण (Proficient)

 मुख्य सिकाइ उपलब्धि हासिल गरेको

उच्च (Advanced)

 मुख्य सिकाइ उपलब्धिमा माथिल्लो स्तरको उपलब्धि हासिल गरेको 

(ख) आधारभूत तह कक्षा ४–८ का लागि विद्यार्थीको मूल्याङ्कनका सम्भाव्य तरिका तथा साधनहरू 

(अ) सिकाइकै क्रममा गरिने मूल्याङ्कन/आन्तरिक मूल्याङ्कन 

विद्यार्थीले गृह शिक्षा वा घरमै सिकेको सिकाइ, रेडियो पाठशाला, टेलिभिजन शिक्षण र भर्चुअल कक्षामध्ये जुनसुकै तरिकाले सिककेको भए पनि निम्नानुसारका सबै वा सम्भव भएका मूल्याङ्कनका तरिका र साधनको प्रयोग गरी सिकाइ उपलब्धि सुनिश्चित गर्नुपर्ने छ । कक्षा ४–८ मा  सिकाइको ५० प्रतिशत झार सिकाइ सहजीकरणका क्रममा गरिने मूल्याङ्कनमा आधारित हुने छ । यसका लागि कक्षा १–३ मा प्रयोग गरिएकै मूल्याङ्कनका तरिका र साधन प्रयोग गर्नुपर्ने छ । 

(आ) आवधिक मूल्याङ्कन

विद्यार्थीले गृह शिक्षा वा घरमै सिकेको सिकाइ, रेडियो पाठशाला, टेलिभिजन शिक्षण र भर्चुअल कक्षामध्ये जुनसुकै तरिकाले सिकेको भए पनि कक्षा ४–८ मा आवधिक मूल्याङ्कन गराउनुपर्ने छ  । आवधिक मूल्याङ्कन पहिलो पटक २०७७ साल मङ्सिर महिनासम्मको सिकाइलाई आधार मानी मङ्सिरको अन्तिम सातामा र दोस्रो पटक २०७७ चैतको अन्तिम सातामा सम्पन्न गर्नुपर्ने छ । आवधिक मूल्याङ्कन सम्भव भएसम्म लिखित परीक्षाका रूपमा सम्पन्न गर्नुपर्ने छ । लिखित परीक्षा विद्यालयमा आएर वा घरमै खुला प्रश्न पठाएर सिर्जनात्मकता जाँच्ने खालका वा अन्य उपयुक्त विधिबाट गर्न गराउन सकिने छ । प्रश्नहरू पाठ्यवस्तुमा आधारित (Textual) र सन्दर्भमा आधारित (Contextual) हुनसक्ने छन् । यसरी आवधिक मूल्याङ्कन गर्दा निम्नानुसारका प्रक्रिया अपनाउनुपर्ने छ : 

(१) अनलाइन कक्षा भएकामा अलाइन माध्यममा लिखित कार्य गर्न गारो कुनैे नक्साङ्कन, चित्राङ्कन जस्ता पक्षबाहेक अन्य पक्ष समेटी अनलाइन माध्यमबाटै प्रश्न दिई उत्तर दिन लगाउने । प्रश्नका प्रकारका बारेमा प्रधानाध्यापक र विषय शिक्षकले सल्लाह गरी  निर्धारण गर्ने

(२) गृह शिक्षा, रेडियो पाठशाला, टेलिभिजन शिक्षण र भर्चुअल कक्षाबाट सिकाइ भएका सन्दर्भमा स्थानीय परिवेशअनुकूल विद्यार्थीलाई साना समूहमा विद्यालय वा कुनै निश्चित ठाउँमा भेला गराई भौतिक सामाजिक दुरी कायम गरी सुरक्षाका उपाय अपनाएर लिखित परीक्षा गर्ने 

वा

विद्यार्थी र अभिभावकलाई पूर्व जानकारी गराई शिक्षकले खुला प्रकृतिका वा विद्यार्थीको उच्च दक्षता जाँच गर्ने खालका प्रश्न बनाई विद्यार्थीको घरसम्म पुर्‍याएर अभिभावकको सुपरिवेक्षणमा घरैमा उत्तर लेखी शिक्षकसम्म पुर्‍याएर मूल्याङ्कन गर्ने

३. कक्षा ८ को परीक्षाका लागि स्थानीय तहको शिक्षा हेर्ने अधिकारीको समन्वयमा प्रधानाध्याकहरूको छलफल गरी विशिष्टीकरण तालिकाका सम्भव भएसम्मका पक्ष समेटी  उल्लिखित (१) वा (२) मध्ये कुनै आधारमा परीक्षा सम्पन्न गरी अभिलेखीकरण गर्ने

(ग) माध्यमिक तह कक्षा ९–१० का लागि विद्यार्थीको मूल्याङ्कनका सम्भाव्य तरिका तथा साधनहरू

कक्षा ९ र १० मा आवधिक मूल्याङ्कन गर्दा निम्नानुसारका फ्रव्रिया अपनाउनुपर्ने छ : 

(१) अनलाइन कक्षा भएकामा अलाइन माध्यममा लिखित कार्य गर्न गारो कुनै नक्साङ्कन, चित्राङ्कन जस्ता पक्षबाहेक अन्य पक्ष समेटी अनलाइन माध्यमबाटै प्रश्न दिई उत्तर दिन लगाउने । प्रश्नका प्रकारका बारेमा प्रधानाध्यापक र विषय शिक्षकले सल्लाह गरी  निर्धारण गर्ने

(२) गृह शिक्षा, रेडियो पाठशाला, टेलिभिजन शिक्षण र भर्चुअल कक्षाबाट सिकाइ भएका सन्दर्भमा स्थानीय परिवेशअनुकूल विद्यार्थीलाई साना समूहमा विद्यालय वा कुनै निश्चित ठाउँमा भेला गराई भौतिक सामाजिक दुरी कायम गरी सुरक्षाका उपाय अपनाएर लिखित परीक्षा गर्ने 

वा

विद्यार्थी र अभिभावकलाई पूर्व जानकारी गराई शिक्षकले खुला प्रकृतिका वा विद्यार्थीको उच्च दक्षता जाँच गर्ने खालका प्रश्न बनाई विद्यार्थीको घरसम्म पुर्‍याएर अभिभावकको सुपरिवेक्षणमा घरैमा उत्तर लेखी शिक्षकसम्म पुर्‍याएर मूल्याङ्कन गर्ने

३. कक्षा १० को परीक्षाका लागि स्थानीय तहको शिक्षा हेर्ने अधिकारीको समन्वयमा प्रधानाध्याकहरूको छलफल गरी विशिष्टीकरण तालिकाका सम्भव भएसम्मका पक्ष समेटी  उल्लिखित (१) वा (२) मध्ये कुनै आधारमा जाँच सम्पन्न गरी अभिलेखीकरण गर्ने