After SEE Portal

समाजसेवी वैद्यबाट सरस्वतीको मूर्ति हस्तान्तरण

Bridge Course

काठमाडौँ, २४ साउन (रासस): एक ख्यातिप्राप्त समाजसेवीका तर्फबाट पूर्वाञ्चल विश्वविद्यालयलाई आज यहाँ सरस्वतीको मूर्ति हस्तान्तरण गरिएको छ । 

समाजसेवी जगदीश वैद्य र राष्ट्रिय समाचार समिति (रासस)का महाप्रबन्धक ओपेन्द्र शर्माले संयुक्त रुपमा आज सो विश्वविद्यालयका उपकुलपति प्रा डा घनश्यामलाल दासलाई सरस्वतीको मूर्ति हस्तान्तरण गर्नुभयो । भारतको भोपालमा निर्मित उच्चस्तरको सिंहमर्मरबाट बनेको सो मूर्ति करीब ५५५ किलोको छ । उक्त मूर्ति रु पाँच लाख ५० हजार लागतमा निर्माण गरिएको विशिष्ट राष्ट्रिय समाजसेवी वैद्यले जानकारी दिनुभयो । 

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा घनश्यामलाल दासलाई बिहीबार राजधानीमा सरस्वतीको मूर्ति हस्तान्तरण गर्दै समाजसेवी जगदीश वैद्य र राष्ट्रिय समाचार समितिका महाप्रबन्धक ओपेन्द्र शर्मा । तस्वीर ः नवीन पौडेल, रासस


ललितपुर महानगरपालिका–१५ ताल्छिखेल निवासी उहाँले नेपाल संस्कृत विश्वविद्यालय दाङ र नेपाल प्रज्ञा–प्रतिष्ठान काठमाडौँमा सरस्वतीको मूर्ति र अधिकारी बन्धुको कुलदेवताको मन्दिर लमजुङमा बिन्ध्यवासिनीको मूर्ति हस्तान्तरण गरिसक्नुभएको छ । सरस्वतीका थप १०० मूर्ति हस्तान्तरणका क्रममा रहेको उहाँको भनाइ छ । ती मूर्ति विश्वविद्यालय तथा कलेजलाई हस्तान्तरण गरिने उहाँले जानकारी दिनुभयो । 

समाजसेवी वैद्यले प्राकृतिक प्रकोपबाट पीडित तथा प्रभावित, असहाय, अपाङ्गता भएकमा र पिछडिएका समुदायका व्यक्तिलाई पनि नगद, खाद्यान्न, लत्ताकपडालगायत सहयोग गर्दै आउनुभएको छ । विसं २०३५ को हरिबोधनी एकादशीदेखि वाग्मती सफाइमार्फत समाजसेवा शुरु गर्नुभएका वैद्यले विभिन्न सङ्घसंस्थालाई पनि सहयोग गर्दै आउनुभएको छ । उहाँले ११ वृद्धाश्रम, १३ बालआश्रम र ७३ वेदविद्याश्रमलाई खाद्यान्न तथा लत्ताकपडासमेत उपलब्ध गराउनुभएको छ । 

सरकारले २०५० सालको दैवीप्रकोपमा उद्धार तथा राहत सहयोग गर्दा तत्कालीन सरकारको कोषमा कूल राहतको ६० प्रतिशत राहत योगदान गर्नुभएकाले उहाँलाई विशिष्ट श्रेणीको राष्ट्रिय समाजसेवीको उपाधि प्रदान गरिएको थियो ।

A Levels MA
Thuprai - Books and E-books