After SEE Portal

प्रदेश शिक्षा नीति छिट्टै ल्याइने

Bridge Course

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले प्रदेश शिक्षा नीति छिट्टै ल्याउने बताउनुभएको छ । वीरेन्द्रनगरमा आज आयोजित निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपालको २९औँ स्थापना दिवसमा उहाँले सङ्घीय शिक्षा नीतिका आधारअन्तर्गत प्रदेश सरकार शिक्षा नीतिको मस्यौदा निर्माणमा जुटेको बताउनुभयो ।

मन्त्री रावलले प्रदेश शिक्षा नीतिलाई मन्त्रालयले प्राथमिकतामा राखेपनि सङ्घीय शिक्षा नीति बन्न ढिलाइले प्रभावित हुन पुगेको बताउनुभयो । सङ्घ सरकारले राष्ट्रिय शिक्षा नीति पारित गरेपछि प्रदेशलाई मस्यौदा निर्माणको बाटो खुलेको हो । प्रदेश शिक्षा नीति निर्माण गर्दा महत्वपूर्ण सरोकारवालाको राय सुझाव लिइने उहाँको भनाइ थियो । “शिक्षा क्षेत्रका सरोकारवालासँग छलफल गरिनेछ, निजी तथा संस्थागत विद्यालय झन् हाम्रा महत्वपूर्ण सरोकारवाला हुन्,” उहाँले भन्नुभयो, “निजी विद्यालयले सङ्कटको अवस्था सामना गर्न नपर्ने गरी नीति तर्जुमा गर्छौं ।”

वीरेन्द्रनगरका उपप्रमुख मोहनमाया ढकालले गुणस्तरीय शिक्षाका लागि विदेशिने समस्या कायमै रहेको भन्दै सरकार र निजी क्षेत्रले त्यसतर्फ ध्यान दिन आवश्यक रहेको बताउनुभयो । प्याब्सनका केन्द्रीय उपाध्यक्ष बालदीप कँडेलले सरकारले संस्थागत विद्यालयलाई सौतेनी व्यवहार गरेको गुनासो गर्नुभयो ।

कार्यक्रममा १३औँ दक्षिण एसियाली खेलकूद (साग) मा स्वर्णपदक विजेता दीपक हमाल, शिक्षा विकास निर्देशनालयका प्रमुख भक्तबहादुर ढकाल, प्याब्सनका पूर्वकेन्द्रीय सदस्यद्वय पूर्णबहादुर नेपाली र सीताराम पौडेललाई सम्मान गरिएको थियो ।

A Levels MA
Thuprai - Books and E-books